• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक १, २०८२ Sat, Oct 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ल्यान्ड रोभरको अवैध आयातमा भन्सार मौन बस्दा निम्तिएको जोखिम

64x64
शिव बोहरा शुक्रबार, माघ १७, २०७६  ०८:१९
1140x725

काठमाडौं- भन्सार ऐनमा सवारी उत्पादकले आधिकारिक बिक्रेताको प्रमाण पत्र नभई सवारी आयात गर्न नपाइने व्यवस्था गरेको छ। यो व्यवस्था गत आर्थिक वर्ष वा चालू आर्थिक वर्षको बजेटमा गरिएको होइन। व्यवसायीहरुकै आग्रहमा सरकारले ११ वर्षअघिदेखि उक्त व्यवस्था ऐनमै गरेको हो। 

नेपालमा ल्यान्ड रोभरको गाडी बिक्री गर्दै आएको किशोर गेयरले सन् २०१६ अगस्ट (२०७३ भदौ)देखि नै आधिकारिक बिक्रेताको प्रमाण पत्रविनै गाडी आयात गरेको तथ्य नेपाल लाइभले लेखेको थियो। ल्यान्ड रोभरको गाडी आधिकारिक बिक्रेताको प्रमाणपत्र विना नै आउनुले भन्सार कार्यालयको काममा समेत गम्भीर प्रश्न उठेको स्वयं व्यवसायीहरुले नै बताएका छन्। 

ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)का अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५)पछि आधिकारिक बिक्रेता छैनन्। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्त नभएको कम्पनीले जनाएको छ। नेपाली बजारमा त्यसअघि र अहिले पनि किशोर गेयर्स प्रालिले ल्यान्ड रोभरका सवारी आयात गरी बिक्री गर्दै आएको छ।

जेएलआरका अनुसार नेपाली बजारमा हाल ल्यान्ड रोभरका गाडीको अवैध आयात (ग्रे इपोर्ट) भइरहेको हो। ज्यागुअर ल्यान्ड रोभर एशिया प्यासिफिक रिजनले नेपाल लाइभलाई इमेलमार्फत दिएको जानकारीअनुसार नेपालमा ज्यागुअरका सबै सवारीसाधनको ग्रे इम्पोर्ट भएको हो।

ल्यान्ड रोभरकै शैलीमा नयाँ कम्पनी खडा गरेर विभिन्न व्यवासयिक घरानाले तेस्रो पक्षसँग गाडी खरिद गरेर उसैबाट आधिकारिक बिक्रेता प्रमाणपत्र बनाई सवारी आयात गर्ने गरेको खुलेको हो। यसको पछिल्लो उदाहरणको रुपमा प्रिन्सा अटोमोटिभ्सले ल्याएको अउडीको इ-ट्रोन, ग्यालेक्सी अटोमोटिभ्स र श्रीमा डिस्ट्रिब्युटर्सले भिन्दाभिन्दै कम्पनीसँग खरिद गरी ल्याएका टेस्लाका इलेक्ट्रिक कारलाई लिन सकिन्छ। 

२०७६/७७ को आर्थिक ऐनमा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार सवारी आयात गर्नुपर्नेमा केही व्यवसायीले गलत मनसायसहित नक्कली कागजातका आधारमा सावरी भित्र्याउँदा भन्सार चनाखो नहुनु नै पछिल्लो घटनाक्रममा कारक भएको एक अटो व्यवसायीले बताए। 

‘व्यवसायीहरुकै पहलमा उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेकाले मात्र सवारी आयात गर्न पाइने कानुन बन्यो,’ ती व्यावसायीले भने, ‘तर ल्यान्ड रोभरले ३ वर्षदेखि आधिकारिक बिक्रेता नभइकनै गाडी ल्याउँदा अन्यलाई समेत प्रोत्साहन मिलेको देखिन्छ।’ भन्सारका कर्मचारीले यस्तो विषयमा चासो नदेखाउनु भनेको यसको पछाडि केही खेल छ भन्ने बुझ्न गाह्रो नभएको ती व्यवसायीले बताए। 

विगत ११/१२ वर्ष अघिदेखिको आर्थिक ऐनमा आधिकारिक बिक्रेता चाहिने व्यवस्था स्पष्ट रुपमा लेख्दा समेत ल्यान्ड रोभरका गाडी निर्वाध रुपमा आउनु गम्भीर विषय भएको अर्का एक अटो व्यवसायीको राय छ। आर्थिक ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्नेछ भनी लेखिएको छ।

Ncell 2
Ncell 2

जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। 

त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफाको खण्ड ‘क’ वा खण्ड ‘ख’ मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिनेछ’ भनी  उल्लेख छ। यो कानुनअनुसार २०७३ भदौयता नेपाल भित्र्याइएका ल्यान्ड रोभरका सबै गाडी अवैध हुन्। तर पनि भन्सार तथा अर्थ मन्त्रालय यस विषयमा मौन रहेको छ। 

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि आधिकारिक बिक्रेताविना भित्रिइरहेकाले अन्य कम्पनीहरुले पनि त्यही बाटो पहिल्याएको देखिन्छ। प्रिन्सा अटोमोटिभलाई अउडीले नेपालका लागि आधिकारिक बिक्रेता पनि नियुक्त नगरेको र प्रिन्साले उक्त कार अउडीबाट वा आधिकारिक बिक्रेताबाट नकिनेको समेत तथ्य फेला परेको थियो।

त्यसैगरी, ज्यागुअरको इलेक्ट्रिक कार आइपेस र टेस्लाको इलेक्ट्रिक कारसमेत आधिकारिक बिक्रेताविना नै आयात गरी वीरगञ्ज भन्सार आइपुगेर असोजदेखि त्यहीँ अड्किएका छन्। अझ रोचक कुरा त के भने टेस्लाका इलेक्ट्रिक कार हङकङको कम्पनीबाट समेत खरिद गरेर ल्याएको पाइएको छ। 

साउथ चाइना एक्जिम लिमिटेडसँग श्रीमा डिष्ट्रिब्युटर्स प्रालिले टेस्लाका दुई इलेक्ट्रिक कार मोडल एक्स खरिद गरेर ल्याएको हो। उक्त कार मंगलबार भन्सार पास भएर आएपछि अर्थ मन्त्रालयले आशंका व्यक्त गर्दै नियन्त्रणमा लिएर पुनः रिचेकका लागि वीरगञ्ज भन्सार नै पठाइसकेको छ। 

यी र यस्ता प्रवृत्ति रोक्न अर्थमन्त्रालयले भन्सारलाई चनाखो बनाउनुपर्ने व्यवसायीहरुको भनाइ छ। गलत मनसायले यसरी सवारी ल्याउन दिने हो भने आधिकारिक बिक्रेता चाहिने कानुनी व्यवस्थाको कुनै अर्थ नभएको उनीहरु बताउँछन्। विलासी कार उत्पादकहरुले नेपालमा बाटोको अवस्था, सर्भिसलगायत विषयलाई हेरेर आधिकारिक बिक्रेता नियुक्त गर्ने अवस्था छैन। त्यसैले सरकारले भएको कानुन प्रयोग गरेर गलत प्रवृत्ति रोक्नुपर्ने व्यवसायीहरुको माग छ। 

के गर्ने भन्नेमा सरकार अन्यौलमा 
एक पछि अर्को कम्पनीले आधिकारिक बिक्रेताबिना नै सवारी आयात गर्दै आएपछि भन्सार विभाग र अर्थमन्त्रालय अन्यौलमा परेका छन्। श्रीमा डिष्ट्रिब्युटर्सले ल्याएको गाडी नियन्त्रणमा लिएर पुनः भन्सारमै पठाएको अर्थ मन्त्रायल अब के गर्ने भन्ने ठोस निर्णयमा पुग्न सकेको छैन। 

यसबारे प्रतिकृया लिन खोज्दा अर्थका अधिकारीहरु तत्काल केही भन्न सक्ने अवस्थामा नरहेको बताउँछन्। ‘धेरैवटा कम्पनीले अवैध रुपमै सवारी ल्याएको देखिन्छ,’ अर्थका एक सहसचिवले भने, ‘नयाँ आर्थिक ऐनमा केही व्यवस्था गरेर त्यतिन्जेलसम्म गाडी भन्सारमै रोक्ने वा अगाडि नै ठोस निर्णय गर्ने भन्ने छलफलकै क्रममा रहेको छ।’

यो पनि

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
चीनमा जेनेरेटिभ एआई प्रयोगकर्ताको सङ्ख्या दोब्बर शनिबार, कात्तिक १, २०८२
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
बेपत्ता छानबिन आयोगका सचिवको सरुवा शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्