• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

ल्यान्ड रोभरको अवैध आयातमा भन्सार मौन बस्दा निम्तिएको जोखिम

64x64
शिव बोहरा शुक्रबार, माघ १७, २०७६  ०८:१९
1140x725

काठमाडौं- भन्सार ऐनमा सवारी उत्पादकले आधिकारिक बिक्रेताको प्रमाण पत्र नभई सवारी आयात गर्न नपाइने व्यवस्था गरेको छ। यो व्यवस्था गत आर्थिक वर्ष वा चालू आर्थिक वर्षको बजेटमा गरिएको होइन। व्यवसायीहरुकै आग्रहमा सरकारले ११ वर्षअघिदेखि उक्त व्यवस्था ऐनमै गरेको हो। 

नेपालमा ल्यान्ड रोभरको गाडी बिक्री गर्दै आएको किशोर गेयरले सन् २०१६ अगस्ट (२०७३ भदौ)देखि नै आधिकारिक बिक्रेताको प्रमाण पत्रविनै गाडी आयात गरेको तथ्य नेपाल लाइभले लेखेको थियो। ल्यान्ड रोभरको गाडी आधिकारिक बिक्रेताको प्रमाणपत्र विना नै आउनुले भन्सार कार्यालयको काममा समेत गम्भीर प्रश्न उठेको स्वयं व्यवसायीहरुले नै बताएका छन्। 

ज्यागुअर ल्यान्ड रोभर (जेएलआर)का अनुसार नेपालमा २०१६ अगस्ट (२०७३ भदौ १५)पछि आधिकारिक बिक्रेता छैनन्। त्यसअघि दिइएको आधिकारिक बिक्रेताको अवधि सकिएको र नयाँ नियुक्त नभएको कम्पनीले जनाएको छ। नेपाली बजारमा त्यसअघि र अहिले पनि किशोर गेयर्स प्रालिले ल्यान्ड रोभरका सवारी आयात गरी बिक्री गर्दै आएको छ।

जेएलआरका अनुसार नेपाली बजारमा हाल ल्यान्ड रोभरका गाडीको अवैध आयात (ग्रे इपोर्ट) भइरहेको हो। ज्यागुअर ल्यान्ड रोभर एशिया प्यासिफिक रिजनले नेपाल लाइभलाई इमेलमार्फत दिएको जानकारीअनुसार नेपालमा ज्यागुअरका सबै सवारीसाधनको ग्रे इम्पोर्ट भएको हो।

ल्यान्ड रोभरकै शैलीमा नयाँ कम्पनी खडा गरेर विभिन्न व्यवासयिक घरानाले तेस्रो पक्षसँग गाडी खरिद गरेर उसैबाट आधिकारिक बिक्रेता प्रमाणपत्र बनाई सवारी आयात गर्ने गरेको खुलेको हो। यसको पछिल्लो उदाहरणको रुपमा प्रिन्सा अटोमोटिभ्सले ल्याएको अउडीको इ-ट्रोन, ग्यालेक्सी अटोमोटिभ्स र श्रीमा डिस्ट्रिब्युटर्सले भिन्दाभिन्दै कम्पनीसँग खरिद गरी ल्याएका टेस्लाका इलेक्ट्रिक कारलाई लिन सकिन्छ। 

२०७६/७७ को आर्थिक ऐनमा सवारीसाधन पैठारीसम्बन्धी विशेष व्यवस्था गरिएको छ। उक्त व्यवस्थाअनुसार सवारी आयात गर्नुपर्नेमा केही व्यवसायीले गलत मनसायसहित नक्कली कागजातका आधारमा सावरी भित्र्याउँदा भन्सार चनाखो नहुनु नै पछिल्लो घटनाक्रममा कारक भएको एक अटो व्यवसायीले बताए। 

‘व्यवसायीहरुकै पहलमा उत्पादक कम्पनीले आधिकारिक बिक्रेता नियुक्त गरेकाले मात्र सवारी आयात गर्न पाइने कानुन बन्यो,’ ती व्यावसायीले भने, ‘तर ल्यान्ड रोभरले ३ वर्षदेखि आधिकारिक बिक्रेता नभइकनै गाडी ल्याउँदा अन्यलाई समेत प्रोत्साहन मिलेको देखिन्छ।’ भन्सारका कर्मचारीले यस्तो विषयमा चासो नदेखाउनु भनेको यसको पछाडि केही खेल छ भन्ने बुझ्न गाह्रो नभएको ती व्यवसायीले बताए। 

विगत ११/१२ वर्ष अघिदेखिको आर्थिक ऐनमा आधिकारिक बिक्रेता चाहिने व्यवस्था स्पष्ट रुपमा लेख्दा समेत ल्यान्ड रोभरका गाडी निर्वाध रुपमा आउनु गम्भीर विषय भएको अर्का एक अटो व्यवसायीको राय छ। आर्थिक ऐनको दफा १२ मा सवारी वा ढुवानीका साधन पैठारी गर्दा देहायका सर्तहरु पालना गर्नुपर्नेछ भनी लेखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

जसको बुँदा ‘क’मा निर्माता कम्पनी वा निजको आधिकारिक बिक्रेताबाट खरिद गरिएका नयाँ सवारी वा ढुवानीका साधन नेपालस्थित आधिकारिक बिक्रेताले मात्र पैठारी गर्न पाउनेछन्। 

त्यस्तै सोही उपदफाको बुँदा ‘ङ’ मा ‘यस उपदफाको खण्ड ‘क’ वा खण्ड ‘ख’ मा उल्लिखित सर्तहरू उल्लंघन गरी पैठारी गरिएको सवारी वा ढुवानीका साधनहरु जफत गर्न सकिनेछ’ भनी  उल्लेख छ। यो कानुनअनुसार २०७३ भदौयता नेपाल भित्र्याइएका ल्यान्ड रोभरका सबै गाडी अवैध हुन्। तर पनि भन्सार तथा अर्थ मन्त्रालय यस विषयमा मौन रहेको छ। 

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि आधिकारिक बिक्रेताविना भित्रिइरहेकाले अन्य कम्पनीहरुले पनि त्यही बाटो पहिल्याएको देखिन्छ। प्रिन्सा अटोमोटिभलाई अउडीले नेपालका लागि आधिकारिक बिक्रेता पनि नियुक्त नगरेको र प्रिन्साले उक्त कार अउडीबाट वा आधिकारिक बिक्रेताबाट नकिनेको समेत तथ्य फेला परेको थियो।

त्यसैगरी, ज्यागुअरको इलेक्ट्रिक कार आइपेस र टेस्लाको इलेक्ट्रिक कारसमेत आधिकारिक बिक्रेताविना नै आयात गरी वीरगञ्ज भन्सार आइपुगेर असोजदेखि त्यहीँ अड्किएका छन्। अझ रोचक कुरा त के भने टेस्लाका इलेक्ट्रिक कार हङकङको कम्पनीबाट समेत खरिद गरेर ल्याएको पाइएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साउथ चाइना एक्जिम लिमिटेडसँग श्रीमा डिष्ट्रिब्युटर्स प्रालिले टेस्लाका दुई इलेक्ट्रिक कार मोडल एक्स खरिद गरेर ल्याएको हो। उक्त कार मंगलबार भन्सार पास भएर आएपछि अर्थ मन्त्रालयले आशंका व्यक्त गर्दै नियन्त्रणमा लिएर पुनः रिचेकका लागि वीरगञ्ज भन्सार नै पठाइसकेको छ। 

यी र यस्ता प्रवृत्ति रोक्न अर्थमन्त्रालयले भन्सारलाई चनाखो बनाउनुपर्ने व्यवसायीहरुको भनाइ छ। गलत मनसायले यसरी सवारी ल्याउन दिने हो भने आधिकारिक बिक्रेता चाहिने कानुनी व्यवस्थाको कुनै अर्थ नभएको उनीहरु बताउँछन्। विलासी कार उत्पादकहरुले नेपालमा बाटोको अवस्था, सर्भिसलगायत विषयलाई हेरेर आधिकारिक बिक्रेता नियुक्त गर्ने अवस्था छैन। त्यसैले सरकारले भएको कानुन प्रयोग गरेर गलत प्रवृत्ति रोक्नुपर्ने व्यवसायीहरुको माग छ। 

के गर्ने भन्नेमा सरकार अन्यौलमा 
एक पछि अर्को कम्पनीले आधिकारिक बिक्रेताबिना नै सवारी आयात गर्दै आएपछि भन्सार विभाग र अर्थमन्त्रालय अन्यौलमा परेका छन्। श्रीमा डिष्ट्रिब्युटर्सले ल्याएको गाडी नियन्त्रणमा लिएर पुनः भन्सारमै पठाएको अर्थ मन्त्रायल अब के गर्ने भन्ने ठोस निर्णयमा पुग्न सकेको छैन। 

यसबारे प्रतिकृया लिन खोज्दा अर्थका अधिकारीहरु तत्काल केही भन्न सक्ने अवस्थामा नरहेको बताउँछन्। ‘धेरैवटा कम्पनीले अवैध रुपमै सवारी ल्याएको देखिन्छ,’ अर्थका एक सहसचिवले भने, ‘नयाँ आर्थिक ऐनमा केही व्यवस्था गरेर त्यतिन्जेलसम्म गाडी भन्सारमै रोक्ने वा अगाडि नै ठोस निर्णय गर्ने भन्ने छलफलकै क्रममा रहेको छ।’

यो पनि

ल्यान्ड रोभरका गाडी ३ वर्षदेखि अवैध आयात : सरकार मौन, प्रवृत्ति मौलाउँदो

प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्