• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १९:४८
1140x725

काठमाडौं- वि. स‌ं. २०७५ जेठ ३ गते तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को घोषणा भयो।

दुई पार्टी एक भएसँगै सहज बहुमतको नेकपा बन्यो। नेकपाको बहुमत प्राप्त सरकारले दुई नजिर समेत निर्माण गरेको छ।

अदालतमा विचाराधीन मुद्दा हुँदाहुँदै आफ्ना नेतालाई पदमा पुर्‍याउने नयाँ नजिर नेकपाले निर्माण गरेको हो।

दुई दुई नेतालाई अदालतमा मुद्दा विचाराधीन भएकै अवस्थामा नेकपाले सम्मानित पदमा पुर्‍याएको हो।

नेकपाको सभामुख पदमा सिफारिस गरेका अग्नि सापकोटा यस्तो सिफारिसमा दोस्रो नजिर हुन्।

यसअघि दोलखाबाट प्रतिनिधिसभा निर्वाचित महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङ हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्री पदमा विस्तार गर्दा गुरुङ अटाएका थिए। २०७६ मंसिर ८ गते गुरुङ महिला बालबालिकामन्त्री भएका छन्। 

नजिर-२ 
अन्तिम सुनुवाई चल्दाचल्दै सभामुख 

नेकपाले सर्वोच्च अदालतमा अन्तिम सुनुवाई चलिरहेका नेता अग्नि सापकोटालाई सभामुख पदमा उम्मेदवार बनाउने निर्णय गर्दै दोस्रो नजिर निर्माण गरेको छ। 

काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा अनुसन्धान हुनुपर्ने र कर्तव्य ज्यान जस्तो जघन्य अपराधको मुद्दा लागेको व्यक्तिलाई मन्त्री वा अन्य सार्वजनिक पद दिन नहुने जिकीर गर्दै दायर भएको मुद्दा सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुस २५ गते सुनुवाइमा रहेको मुद्दा स्थगित हुँदै माघ २२ गते सुनुवाई हुने भएको छ। २०६८ सालदेखि विचाराधीन मुद्दामा अन्तिम सुनुवाई चलिरहेका बेला उनको नाम सभामुखका लागि सिफारिस भएको हो।

द्वन्द्वकालमा विद्यालय व्यवस्थापन समितिको विवादमा काभ्रेका अर्जुन लामाको तत्कालीन विद्रोही नेकपा (माओवादी)ले अपहरण गरी हत्या गरेका थियो।

चन्दा नदिएको, सुराकी गरेर र माओवादीलाई अटेर गरेको भन्दै उनको हत्या भएको थियो। हत्यापछि लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटाविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

उनको जाहेरीमाथि अनुसन्धान नभएपछि उनले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरिन्। उक्त मुद्दामा सर्वोच्चले अनुसन्धान प्रतिवेदन पेस गर्न आदेश दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्चको आदेशअनुसार काभ्रे प्रहरीले एक/एक महिनामा अनुसन्धान प्रगति प्रतिवेदन पेस गर्दै आएको छ। अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता गाडेको अवस्थामा लामाको शव फेला परेका थियो।

श्रीमती पूर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिएकी थिइन्।

हालसम्म प्रहरीले गरेको काम अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र गर्ने कार्य भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ।

नजिर-१
साधारण तारेखमा छुटेको एक महिनामै मन्त्री 

जिल्ला अदालत काठमाडौंले कात्तिक ३ गते दोलखाका सांसद पार्वत गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा साधारण तारेखमा रिहा गर्ने आदेश गर्‍यो।

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई ज्यान मार्ने उद्योगको मुद्दामा जिल्ला अदालत काठमाडौंले ३५ दिने म्याद जारी गरेपछि उनी अदालत उपस्थित भएका थिए।

अदालतले पक्राउ गर्ने सूचनापछि अदालत उपस्थित हुँदै उनी तारेखमा रिहा भएका थिए। अदालतबाट साधारण तारेखमा रिहा भएका उनी मंसिर ४ गते महिला बालबालिका मन्त्री भएका थिए। 

अदालतमा म्याद जारी गरेपछि सांसद गुरुङले कात्तिक ३ गते अदालतमा उपस्थित भएर बयान दिएका थिए। 

उनको बयान सकिएपछि साधारण तारेखमा छाड्ने आदेश दिएको जिल्ला अदालतले  दिएको थियो।

अदालतले जारी गरेको म्याद जिल्ला प्रहरी कार्यालय दोलखाले तामेली गरेको थियो। 

सांसद गुरुङसहित ७ जनाविरुद्ध अदालतले म्याद जारी गरेको थियो। उनीहरूमाथि निर्वाचनका समयमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरेको भन्दै मुद्दा दायर भएको थियो।

गुरुङविरुद्ध दोलखाका वीरध्वज खड्काले किटानी जाहेरी दिएका थिए। उक्त जाहेरीका आधारमा नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गुरुङसहित ७ जनाविरुद्ध २९ वैशाख ०७६ मा काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर भएको थियो।

०७४ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खड्कामाथि काठमाडौँमा आक्रमण भएको थियो। त्यसमा गुरुङको पनि संलग्नता रहेको भन्दै उनीविरुद्ध खड्काले ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।

सम्बन्धित समाचारः
अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

सभामुखमा सापकोटा : काँडाको यात्रा

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १९:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्