• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १८:३६
1140x725

काठमाडौं– सभामुखका लागि नेकपाभित्रको रस्साकस्सी सकिएको छ। सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटालाई सभामुखका रुपमा अघि सार्ने नेकपा सचिवालयको निर्णयसँगै सभामुखको विवाद सकिएको हो। 

पूर्व एमाले, वर्तमान उपसभामुख र पूर्व माओवादी पक्षबीचको लामो शक्ति संघर्षपश्चात् सापकोटा सभामुख पद हासिल गर्न सफल भएका हुन्। पूर्व एमालेकै आफूअनुकुल व्यक्तिलाई संसदको जिम्मा लगाउने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाले नेकपामा सभामुखको उम्मेदवार टुंगो लगाउन सकस परेको थियो।

तर, पूर्व माओवादी नेताहरुको निरन्तर खबरदारीका कारण अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चाहनाअनुसार निर्णय लिन अस्वीकार गरिरहे। पार्टी एकीकरणको समयमा शक्ति सन्तुलन मिलाउँदा सरकारको नेतृत्व पूर्व एमाले र संसदको नेतृत्व पूर्व माओवादीले गर्ने सहमति भएको थियो।

प्रधानमन्त्री आलोपालो गर्दा सभामुख पनि छाड्ने सहमति त्यो समय भएको थियो। तर प्रधानमन्त्री पूरै कार्यकाल ओलीलाई दिने भन्ने भएपछि सभामुख पूर्व माओवादीकै हुनुपर्ने अडान प्रचण्डले राखेका थिए । 

यहीकारण प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन लामो प्रयास गरे। नेकपा नेता सुवास नेम्वाङलाई उपयुक्त जिम्मेवारी दिनुपर्ने भएकाले सभामुखका लागि अनुभवी र योग्य रहेको बताएका थिए। पार्टी एक भइसकेकाले पूर्व एमाले वा माओवादी भन्ने छाडेर नेम्वाङलाई जिम्मेवारी दिँदा उपयुक्त हुने ओलीको भनाइ थियो। नेम्वाङ सभामुख हुँदा आफूलाई काम गर्न सहज हुने भन्दै उनले शक्ति सन्तुलन अरु विकल्पबाट गर्न सकिने बताइरहे। प्रचण्डले अघि सारेका सापकोटालाई ज्यान मुद्दाको आरोपसमेत लागेकाले विवादित हुने भन्दै उनलाई बनाउन नहुने ओलीनिकट एमाले नेताहरुको दबाब थियो।

सापकोटालाई सभामुखको उम्मेदवार बनाउँदा पार्टीकै साख गुम्ने भएकाले राजी नहुन एमाले नेताहरुले प्रधानमन्त्री ओलीलाई सुझाइरहे। प्रचण्ड भने कृष्णबहादुर महरालाई बलात्कार मुद्दा लागेर सभामुख पद रिक्त भएदेखि नै सापकोटालाई सभामुख बनाउने तयारीमा लागेका थिए। प्रचण्डले सापकोटालाई ‘ग्रिन सिग्नल’ समेत दिइसकेका थिए। 

प्रचण्डले सभामुख बनाउन चाहेका सापकोटाविरुद्ध संवैधानिक इजालाशमा मुद्दा छ। उक्त मुद्दा मिलाउनसमेत केही समय लाग्यो। २०७५ फागुन ३ गतेदेखि हेर्दा हेर्दैमा रहेको मुद्दालाई पुस २५ गते पेशी सार्न सफल भए। आगामी २२ गतेका लागि पेशी तोकिएको छ। तर, त्यतिन्जेल सापकोटा सभामुख निर्वाचित भएर संसद चलाइरहेका हुनेछन्। उनी सभामुखको चर्चामा रहेका बेला मुद्दा फैसला गर्दा अप्ठ्यारो पर्ने भएकाले पेशी सारिएको थियो। 

यता मुद्दा मिलाएपछि प्रचण्ड सापकोटालाई लिएर सिन्धुपाल्चोक पुगेका थिए। महत्वपूर्ण निर्णय लिनुअघि वा धेरै तनाव हुँदा सापकोटासँगै प्रचण्ड सिन्धुपाल्चोक जाने गरेको २०६३ सालेदेखि नै हो। यसपल्ट सापकोटाकै विषयमा निर्णय लिन उनीसँगै त्यहाँ पुगेका थिए। अन्य समय सुकुटे बिचमा बस्ने अध्यक्ष प्रचण्ड चौतारा साँगाचोकगढी नगरपालिका ९ कदमबासका स्थानीय नेकपा कार्यकर्ता बलराम गिरीको घरमा बसेका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

सभामुख कसलाई बनाउने भन्ने विषयमा तीव्र छलफल भइरहेका बेला सापकोटालाई लिएर त्यहाँ पुग्नुको विशेष अर्थ थियो। उनी सापकोटालाई विश्वस्त बनाउन चाहन्थे र हरेक दिन दबाब दिन आइरहेका पूर्व माओवादी नेताहरुलाई आफू नगलेको संकेत दिन उनी त्यहाँ पुगेका थिए। सापकोटाका विषयमा निर्णय लिन गएकाले स्थानीय नेता र कार्यकर्तालाई समेत प्रचण्डले भेटेनन्। 

सापकोटालाई उम्मेदवार बनाएर अर्का अध्यक्ष ओलीसँग छलफल गर्दा सहमति जुटाउन मुस्किल परेपछि उनले अर्को चाल चले। आफूहरुबीच सहमति नहुँदा विषयले सचिवालयमा प्रवेश गर्ने प्रचण्डको अनुमान थियो। पूर्व एमाले–माओवादी हुँदा सचिवालयमा आफ्नो पक्षमा बहुमत जुटाउन उनलाई सहज थिएन। 

आफ्नो पक्षमा माहोल बनाउन प्रचण्डले प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको सहारा लिए। बामदेव निवासमा ओली इतरका नेताहरूको गोप्य भेला भयो। भैंसेपाटीस्थित गौतम निवासमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल सहभागी थिए। सचिवालय सदस्य गृहमन्त्री रामबहादुर थापा चीन भ्रमणमा रहेकाले उपस्थित भएनन् । उक्त बैठकमा सभामुख आफूले नछाड्ने र यो विषय सचिवालयमा प्रवेश गर्न आफूलाई सघाउनु पर्ने अध्यक्ष प्रचण्डको धारणा थियो। 

सभामुखका विषयमा एमालेकै अन्य शीर्ष नेतासँग प्रधानमन्त्री ओलीले कुनै परामर्श गरेका थिएनन्। असन्तुष्ट रहेका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमले पूर्व माओवादीले सभामुख प्राप्त गर्नु स्वाभाविक रहेको बताएर सकारात्मक संकेत गरे। यो भेलाबाट प्रचण्डलाई थप आत्मविश्वास बढ्यो । उनले प्रधानमन्त्री ओलीसँगको भेटमा दाबेदारको नाम सचिवालयमा लगेर बहुमतबाट पारित गर्न सकिने संकेत गरे। अध्यक्ष प्रचण्डलाई पूर्व एमालेका नेताहरुले समेत साथ दिने अवस्था निर्माण भइरहेको प्रधानमन्त्री ओलीले चाल पाइसकेका थिए। उनी सभामुख पूर्व माओवादीलाई नै दिने विषयमा लचिलो भए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, अध्यक्ष प्रचण्डले अघि सारेका अग्नि सापकोटाको नाममा उनी सहमत हुन सकेनन्। सापकोटाविरुद्ध संवैधानिक इजालासमा मुद्दा रहेकोमात्रै होइन, आफूलाई संसदमा सहयोग रहने कुरामा समेत अविश्वास उनले व्यक्त गरेका थिए। प्रचण्डले सापकोटाबाट प्रधानमन्त्रीलाई अप्ठ्यारो नपर्ने विश्वास दिलाए। अप्ठ्यारो पर्न सक्ने विषयमा सभामुखका उम्मेदवारलाई राखेर कुरा गर्न सकिने बताएपछि ओली सापकोटालाई सभामुख स्वीकार्न तयार भएका हुन्। 

पूर्व एमालेकै नेताहरुका कारण आफू सभामुख पाउन सफल भएको अध्यक्ष प्रचण्डलाई महसुस भएको छ । त्यसैले सापकोटालाई सभामुख बनाउन अध्यक्ष ओलीलाई राजी गराएपछि प्रचण्ड सिधै कोटेश्वरस्थित माधव नेपालको घर पुगेका थिए। उनले सापकोटा नै सभामुखको उम्मेदवारका रुपमा स्वीकार्न प्रधानमन्त्री राजी भएको जानकारी गराए। साथै पार्टीभित्रका शक्ति सन्तुलनका अन्य विषयमा समेत कुराकानी गरेका छन्।

सम्बन्धित समाचारः
अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

सभामुखमा सापकोटा : काँडाको यात्रा

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त दलेला यसअघि भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए। भारतको विदेश मन्त्रालयमा सचिवस्तरमा काम गरिरहेका कू... शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शनिबार बडादशैंको सातौँ दिन (फूलपाती) का अवसर पारेर अपराह्न २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ल... शुक्रबार, असोज ३०, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल स... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्