• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १९:२८
1140x725

काठमाडौं- पुस २५ गते संवैधानिक इजलासमा नेकपा नेता अग्नि सापकोटाको मुद्दामा अन्तिम सुनुवाइ हुने पेसी एक साता अघि नै तय भएको थियो।

सापकोटाको मुद्दा अन्तिम किनारा लगाउन सुनुवाइ भइरहेकै बेला संघीय संसद्तिर भने सभामुखको खोजी चलिरहेको थियो। पुस २५ गतेको पेसी एकाएक स्थगित भएको सूचना आयो। अदालतबाटै मुद्दा स्थगित भएपछि अर्को सुनुवाइ माघ २२ गतेका लागि तोकिएको छ। 

माघ २२ को सुनुवाइ हुनुअघि नै सापकोटाले प्रतिनिधिसभाको सभामुखमा सपथ लिई जिम्मेवारी सम्हाल्ने देखिन्छ। 

नेकपाका तत्कालीन सभामुख कृष्णबहादुर महरा आफ्नै कार्यालयकी महिलालाई बलात्कार प्रयास गरेको अरोपमा जिल्ला अदालत काठमाडौंबाट पुर्पक्षका लागि थुनामा गएपछि नयाँ उम्मेदवारको खोजी सुरु भएको हो।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको रोजाइमा सापकोटा पहिलो नम्बरमा परे।

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त पदका लागि पूर्व सभामुख सुवास नेम्बाङलाई अघि सारेका थिए। तर सभामुख पद पूर्व माओवादी पक्षले दाबी गरेकाले उनीहरूको दाबी कायमै थियो। यसकारण नेम्वाङ पछि हट्न बाध्य भए भने सापकोटाले बाजी मार्न सफल भए। 

२०६८ देखि विचाराधीन 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्रीसमेत रहेका अग्नि सापकोटासहितका नेताविरुद्धको कर्तव्य ज्यानसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन भएको लामै समय बितिसकेको छ। वि. सं. २०६८ असार ६ गते सापकोटासहितका नेताविरुद्धको मुद्दाले सर्वोच्चमा प्रवेश पाएको हो। ८ वर्षभन्दा बढी समय बितिसके पनि यो मुद्दाको अन्तिम किनारा भने लाग्न सकेको छैन। तत्कालीन समयमा सापकोटा सूचना तथा सञ्चारमन्त्री थिए। 

व्यक्ति हत्याको आरोप लागेको व्यक्ति सूचना तथा सञ्चारमन्त्री हुन नसक्ने जिकिर गर्दै कनकमणि दीक्षितसहितले अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त मुद्दामा सर्वोच्चले २०७० असार १९ गते फाइल मगाउने आदेश दिएको थियो।

उक्त मुद्दा विचाराधीन रहेकै समयमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते अर्को मुद्दा दायर गरिन्।

काभ्रे जिल्ला  प्रहरी कार्यालयमा विचाराधीन किटानी जाहेरीमा अनुसन्धान नभएको भन्दै उनले त्यसका लागि आदेश हुनुपर्ने माग गरेकी थिइन्। सापकोटासहित अन्यलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्नु भन्ने माग उनले रिटमा गरेकी थिइन्। 

उनको निवेदनपछि सापकोटामाथि सुशील प्याकुरेलसहित ८ जनाले अर्को मुद्दा थपे। २०७२ चैत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाउँदै उनीहरूले मुद्दा दायर गरेका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सापकोटाविरुद्ध ३ थान रिट पुगेपछि २०७२ वैशाख ८ गते सर्वोच्चले काभ्रे प्रहरीमा रहेको जाहेरीमा भइरहेको प्रगति विवरण पेश गर्न आदेश गर्‍यो। 

त्यसैगरी, २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले मुद्दालाई संवैधानिक इजलासमा पठायो।

२०७२ सालमा संवैधानिक इजलासमा पुगेको सापकोटाको सो मुद्दामा संवैधानिक इजलासले २०७६ असार २५ गते सत्य निरुपण तथा मेलमिलाप आयोगबाट द्वन्द्वकालीन मुद्दा भएको भन्दै फाइल मगाउने आदेश गरेको थियो। यो मुद्दाको सुनुवाइ यसअघि नै १२ पटक सरिसकेको थियो।  

सापकोटा र पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतका नेताविरुद्ध काभ्रेकी पूर्णिमाया लामा, कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेत ८ जनाले दायर गरेको निवेदन प्रधानन्यायाधीशसहित ५ न्यायाधीश हुने संवैधानिक इजलासमा विचाराधीन छ।

तत्कालीन नेकपा माओवादीका प्रवक्तासमेत रहेका तथा पूर्व सूचना तथा सञ्चारमन्त्री सापकोटा ‘हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटा विरुद्धको पहिलो अवहेलना मुद्दा थियो। २०६९ मंसिर ११ गते न्यायाधीश वैद्यनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५–१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।

न्यायाधीशद्वय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको संयुक्त इजलासले प्रत्येक १५/१५ दिनमा अनुसन्धानको प्रगति विवरण महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनेको थियो। 

सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ। सर्वोच्चले लामा हत्यामा सापकोटा संलग्न भए/नभएको अनुसन्धान गर्न र संलग्न भएको भए पक्राउ गर्न २०६८ असार ६ गते आदेश दिएको थियो। तर, जिल्ला प्रहरी कार्यालयले  एक/एक महिनामा प्रगति विवरण बुझाउँदै आएको छ।

अपहरणमा परेको एक महिनापछि असार दोस्रो साता गाडेको अवस्थामा लामाको शव फेला परेका थियो।

लामाकी श्रीमती पूर्णिमायाले सापकोटा र दोङसहित माओवादी कार्यकर्ताहरू यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिएकी थिइन्।

हालसम्म प्रहरीले गरेको अनुसन्धान अनुसार अनुसन्धान अधिकृत तोक्ने, कृष्ण माविका शिक्षकहरूसँगको बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई उपलब्ध गराएको छ। शिक्षकहरू शिवनारायण यादव, भीमबहादुर तामाङ, मुकुन्दप्रसाद अधिकारी र राधेश्याम श्रेष्ठसँग बकपत्र लिने काम भएको विवरण सर्वोच्चलाई प्रहरीले उपलब्ध गराएको छ।  

नैतिक प्रश्न
सञ्चार मन्त्री हुदाँ उनीमाथि 'अनुसन्धान गर्नु पर्ने भए गर्नू' भनी आदेश जारी भएको र सभामुखजस्तो नैतिकवान् चरित्र अपेक्षा गरिने जिम्मेवारीमा जाने भएकाले यो नैतिक प्रश्न भएको कानुनका जानकारहरूको तर्क छ।

सभामुखको चर्चा सुरु हुँदाकै अवस्थामा नागरिक समाजको नाममा सापकोटाको विपक्षमा तर्क आइसकेको छ।

माघ ३ गते नागरिक समाजका १७ सदस्यको नाममा विज्ञप्ति जारी गर्दै ३ नम्बर बुँदा सभामुखको उम्मेदवारको उच्च नैतिक चरित्र हुनुपर्ने माग गरेका थिए।

यसको एक मात्र आशय के थियो भने सापकोटाका नाममा कर्तव्य ज्यान मुद्दा विचाराधीन रहेकाले  कानुन बनाउने संस्थानको नेतृत्वमा उनी पुग्नु उचित हुँदैन। 

कर्तव्य ज्यान मुद्दा दाबी प्रमाण पुर्याउनु पर्ने मुद्दा भएकाले  यसमा दोषी ठहर नभएसम्म निर्दोष मान्नु पर्ने केही कानुनविदहरूको टिप्पणी छ।

तर हाम्रो मुलुकी संहिता र कानुनले कर्तव्य ज्यानलाई जघन्य अपराध मान्ने भएकाले नमिल्ने उनीहरूको तर्क छ। 

जघन्य अपराधको विचाराधीन मुद्दा रहेको अवस्थामा राजनीतिक नैतिकता देखाउन पनि सापकोटाको सिफारिस गर्न नहुने उनीहरूको मत थियो। 

के हुन्छ सापकोटाविरुद्धको मुद्दा?
संवैधानिक इजलासमा अन्तिम सुनुवाइ चलिरहेको समय भएकाले सापकोटाविरुद्धको मुद्दामा यसै हुन्छ भनी ठोकुवा गर्न सकिने अवस्था नरहेको कानुनका जानकारहरू बताउँछन्। 

उनीहरूका अनुसार यो मुद्दाको सुनुवाइ सभामुख भएका कारण बाधा नहुने छ।

अदालतमा विचाराधीन मुद्दामा अनुमान गर्न नमिल्ने भएकाले यसमा कुनै तर्क गर्न उपयुक्त देखिँदैन। तर सापकोटाको नियुक्तिअघि द्वन्द्वकालीन मुद्दा हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस भएकाले 'न्यायचित निर्णय गर्नू' भनी खारेज हुने सम्भावना छ।

अन्तरिम संविधानले पनि द्वन्द्वकालीन मुद्दा यिनै २ आयोगले किनारा गर्ने भएकाले यसैको निर्णयलाई आधार लिइने देखिन्छ। तर उक्त मुद्दामा संलग्नविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गरी अनुसन्धान गर्न आदेश दिन सक्ने अधिकार अदालतसँग सुरक्षित हुन्छ।

सम्बन्धित समाचारः
सभामुखमा सापकोटा : काँडाको यात्रा

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १९:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्