• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

64x64
नेपाल लाइभ आइतबार, माघ ५, २०७६  १८:२८
1140x725

काठमाडौं- निकै लामो माथापच्छिपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २ अध्यक्ष सभामुख बनाउने व्यक्तिको नाम चुन्न सहमत भएका छन्। 

आइतबार बिहान नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफलपछि नयाँ सभामुख टुंगो लागेको हो। 

प्रचण्ड निकट एक नेताका अनुसार नेकपा नेता अग्नि सापकोटालाई सभामुख बनाउन दुई अध्यक्ष सहमत भएका छन्। दुई अध्यक्षको सहमतिलाई दिउँसो ४ बजे बालुवाटारमै बोलाइएको नेकपाको सचिवाले बैठकले अनुमोदन गर्नेछ। 

सापकोटालाई खासगरी प्रचण्डले सभामुखका लागि अघि सारेका थिए भने ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए। दुई नेताको परस्परविरोधी चाहानाकै कारण ४ पुसमा बोलाएको प्रतिनिधिसभाको बैठक पटकपटक स्थगित हुन पुग्यो। 

‘राजनीतिक गतिरोध’कै कारण पुस ११, १६ र २७ गतेको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। अन्ततः ओली नेम्वाङलाई सभामुख बनाई छाड्ने मोहबाट पछि हटेपछि सापकोटाको नाममा सहमति भएको हो। 

ओली र प्रचण्डबीच सापकोटालाई नै सहमति बनाउनुअघि २ पृष्ठ भूमिलाई भने भुल्न सकिँदैन। नेकपा स्रोतका अनुसार ‘भैंसेपाटी भेला’मा द्वन्द्वकालीन दुई आयोगमा पठाउने नामको टुंगो लगाएपछि मात्रै अग्निलाई सभामुख बनाउने सहमतिले सहज स्वरुप पाएको हो। 

सभामुखबारे ओलीलाई दबाब दिन प्रचण्डको अगुवाइमा वामदेव गौतम निवास भैंसेपाटीमा भेला भएको थियो, जहाँ प्रचण्डसहित नेताहरू झलनाथ खनाल, माधव नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए।

पार्टीभित्रकै प्रभावशाली नेताहरू नेम्वाङलाई सभामुख बनाउने आफ्नो चाहनाविपरीत उभिएको देखेपछि ओलीले केही समय सभामुख चयनको विषयलाई पार्टी बैठकबाट ‘बाइकट’ गरेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘भैंसेपाटीको भेलामा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा को–को नेतालाई पठाउने भन्ने टुंगो लगाइयो,’ नेकपाका एक नेता भन्छन्, ‘सापकोटालाई अप्ठ्यारो नपार्ने मान्छे पठाउने निश्चित भएपछि सभामुखमा सहमति भयो।’

शनिबार बसेको सिफारिस समितिको बैठकले दुई आयोगमा दलीय भागबन्डाका आधारमा नाम सिफारिस गरेको छ। 

सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेसका तर्फबाट गणेशदत्त भट्ट तथा सदस्यमा प्रचण्डमान श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट सदस्यहरूमा गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेलको नाम सिफारिस गरिएको छ।

त्यस्तै दलीय भागबन्डाकै आधारमा बेपत्ता व्यक्तिको छानबिन आयोग अध्यक्षमा नेकपातर्फका युवराज सुवेदी तथा सदस्यमा विष्णु भण्डारी एवं कांग्रेसका तर्फबाट सदस्यहरूमा सुनीलरञ्जन सिंह, डा. गंगाधर अधिकारी र सरिता थापाको नाम सिफारिस भएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रमुख दुई दलको शनिबार बालुवाटारमा बसेको बैठकले ऐन संशोधनको काम अघि बढाउने र  सिफारिस समितिलाई नाम सिफारिस गर्न आग्रह गर्ने निर्णय गरेको थियो। 

द्वन्द्वपीडितहरूले भने दुई आयोगमा ‘दलका खेताला’ ल्याएको आरोप लगाएका छन्। 

‘हिजो (विगतमा) आयोग असफल हुनुको एक प्रमुख कारण त्रुटिपूर्ण ऐन हो भन्ने जान्दाजान्दै ऐन संशोधन र आयोग गठन प्रक्रियामा पीडितलगायत सरोकारवालाहरूको विरोधका बाबजुद बिना कुनै प्रक्रिया र मापदण्ड दलका खेताला सत्य र बेपत्ता आयोगमा जागिर खुवाउनका लागि विगत ४ वर्षका आयोगको असफलताको कुनै समीक्षासमेत नगरी सिफारिस भएको छ,’ द्वन्द्वपीडित साझा चौतारीले आइतबार विज्ञप्ति निकाल्दै भनेको छ, ‘यी आयोगहरूले नेपालको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्पक्ष र स्वतन्त्र ढंगबाट अघि बढाउन नसक्ने भएकाले यसबाट सत्य, न्याय र परिपूरणजस्ता पीडितका आधारभूत अधिकारको सुनिश्चिता हुन नसक्ने फेरि पनि निश्चितप्रायः भएको छ।’

सापकोटाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

कतिपयले कर्तव्य ज्यानसम्बन्धी मुद्दा लागेका व्यक्तिलाई सभामुख बनाउन नहुने आवाज उठाउँदै आएका थिए। 

द्वन्द्वकालीन आयोगले यो मुद्दामा सापकोटालाई अप्ठयारो नपार्ने अवस्था सिर्जना गरिएपछि उनलाई सभामुख बनाउन सहमति जुरेको नेकपा नेताकै भनाइ छ। 

स्रोतका अनुसार बालुवाटारमा ‘कुरा टुंग्याएर’ प्रचण्ड सिधै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। त्यहाँ ‘भैंसेपाटी भेला’ सार्थक रहेको भन्दै दुई नेताले खुसी साटासाट गरेका थिए।

सम्बन्धित समाचारः
अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

सभामुखमा सापकोटा : काँडाको यात्रा

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

 

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्