• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सभामुखमा सापकोटा : काँडाको यात्रा

64x64
किशोर दहाल आइतबार, माघ ५, २०७६  १८:४०
1140x725

काठमाडौं- लामो रस्साकस्सीपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख उम्मेदवार टुंगो लगाएको छ। सचिवालयको आइतबार साँझ बसेको बैठकले सर्वसम्मत रूपमै अग्नि सापकोटाको नाम टुंगो लगाएको हो। 

प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेका कारण नेकपा उम्मेदवार सापकोटाको सभामुखको कुर्सीसम्मको यात्रा सहज छ। तर त्यसपछिका दिन भने सहज छैनन्। पदमा रहेकै कारण आइपर्ने परिस्थितिजन्य अप्ठ्याराका अतिरिक्त उनलाई विगतका कतिपय सन्दर्भले कठिनाइ थप्नेछ। 

विचाराधीन मुद्दा 
सापकोटाविरुद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा विचाराधीन छ। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। 

सभामुखमा सापकोटाको नाम चर्चामा आएदेखि नै उनलाई सोही मुद्दासँग जोडेर मतमतान्तर सुरू भइसकेको थियो। सभामुखको रूपमा उनले बिताउने अबको दिनमा पनि यो विषयले उनलाई छाड्ने छैन। 

त्यसो त द्वन्द्वकालीन मुद्दाको सहज अवतरणका लागि सोसँग सम्बन्धित दुई आयोगमा दलहरूले नयाँ नामहरूमा सहमति जुटाइसकेका छन्। त्यसैले सापकोटाका निम्ति त्यतातर्फबाट चुनौती हुनेछैन। तर, आम रूपमा उठ्ने प्रश्नले उनको पदीय नैतिकतालाई प्रहार गर्छ नै।

 शीरमाथि एमसिसी तरबार 
एमसिसी संसदबाट पारित गर्ने वा नगर्न विषयमा नेकपाभित्र मत विभाजित छ।

गुटकै आधारमा भन्दा, पूर्व माओवादी र माधव नेपाल समूहका धेरै नेता एमसिसीलाई संसदबाट पारित गर्न नहुने पक्षमा छन्। उनीहरूले एमसिसीलाई राष्ट्रियता र स्वाभिमानको विषय बनाइरहेका छन्। 

प्रधानमन्त्री केपी ओलीलगायत धेरै मन्त्रीहरूले एमसिसी संसदबाट पारित हुने र गर्नुपर्ने बताइरहेका छन्। प्रधानमन्त्री ओलीले त एमसिसी पारित नगरेकोमा पूर्व सभामुख कृष्णबहादुर महराप्रति सार्वजनिक रूपमै असन्तुष्टि जनाइसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आम मत पनि यो विषयमा विभाजित छ। कतिपयले महरालाई बलात्कार प्रयासको आरोपमा तिरस्कार गरे पनि एमसिसीको विषयमा प्रशंसा गरेको पाइन्छ। कतिपय त एमसिसीलाई संसदबाट अनुमोदन गराउन नमानेकै कारण उनलाई षडयन्त्रको सिकार बनाइएको बताउँछन्। सापकोटाको चुनौती यहीँबाट सुरू हुन्छ। 

एमसिसी पारित गराए उनलाई यही विषयसँग जोडेर धेरैले लामो समयसम्म लाञ्छित गर्नेछन्। त्यसो त, ओलीले लामो समयसम्म आफ्नो अनुकूलका  नेतालाई सभामुख बनाउने प्रयास गरेका थिए। त्यसको औचित्य एमसिसीजस्ता विषयमा सहजताका लागि नै थियो। 

सापकोटाको नाममा ‘ग्रिन सिग्नल’  दिनुअघि ओलीले यस्ता विषयमा सहयोगको प्रतिबद्धता गराएको अनुमान गर्न सकिन्छ। 

सभामुख बन्नुअघिको दौडधुपको असर 
सापकोटाको नाममा नेकपाले सहमति जुटाउनअघि नेकपा कठिन दिनबाट गुज्रियो। नेकपाभित्र पूर्व पार्टीको छाँया स्पष्ट देखियो। राष्ट्रपतिसमेत मुछिइन्। पूर्व माओवादीभित्रको अधिक दबाबका कारण यो प्रकरणमा प्रचण्डले कडा अडान राख्न सके। आफ्नो अडानमा सफल हुन पूर्व एमालेका मध्यमार्गी नेतालाई समेत साथमा लिएर गोप्य भेला गर्नुपर्ने बाध्यतामा पुगे। सभामुखकै रस्साकस्सीले अध्यक्षद्वयबीच दुरी बढाइदियो। 

सबै कसरतको असर सापकोटाको बाँकी कार्यकाललाई पर्न सक्छ। तत्कालीन एमाले र माओवादी केन्द्रले भागबन्डा गरेर लिएको पदको स्वभाविकता यसअघि थियो। अब पार्टीको एउटा हिस्साका लागि हाम्रा नेताभन्दा पनि पूर्व माओवादी केन्द्रका नेता सभामुख हुन् भन्ने सोच्न सक्छ। त्यस्तै, प्रचण्डलाई पनि नेकपा अध्यक्षको रूपमा अस्वीकार गरिरहेको र भावी दिनमा पनि देख्न नचाहने समूहलाई यो प्रकरणले थप दृढ बनाउन सक्छ। 

प्रचण्डकै विश्वासपात्र हुनुको कारण सापकोटामा पनि त्यसको असर पर्छ नै।

 द्वन्द्व मैदानको नेतृत्व 
सरकारले ल्याएका अधिकांश विधेयकहरू विवादमा पर्ने गरेका छन्। प्रमुख प्रतिपक्षी दलका सांसदहरू मात्रै नभई, सञ्चार माध्यममा पनि सरकारको आलोचना भइरहेको छ। सरकारले दिनहरू बिताउँदै गर्दा पनि उत्साहजनक काम गर्न सकेको छैन। बरू, कतिपय काम र निर्णयका कारण आलोचना खेप्दै आएको छ।

यस्तो पृष्ठभूमिका बीचमा संसदमा प्रतिपक्षी समूह संख्यात्मक र मुद्दागत रूपमा बलियो बन्दै गएको छ। संसदमा त्यसको असर पर्ने नै छ। निवर्तमान सभामुख महराले यस्तो मामलामा कुशल व्यवस्थापन गर्न नसकेको भनेर सत्तापक्ष र प्रतिपक्ष दुवैले आलोचना गर्ने गरेका थिए। प्रतिनिधिसभा थप द्वन्द्व मैदान बन्ने पूर्वानुमानका बीच सापकोटाको चुनौती पनि पूर्वानुमानको विषय हो।

 नयाँ हुनुको दु:ख
सांसदका रूपमा सापकोटा नयाँ अनुहार होइनन्। पछिल्ला तीन सभामा उनको उपस्थिति छ। त्यसैले संसदीय अभ्यास उनका लागि नयाँ विषय होइन। तर, सभामुखका रूपमा उनी नयाँ पात्र हुन्। यसअघि, नयाँ पात्र भएकै कारण महराले सभालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लाग्ने गरेको थियो। अनुभवजन्य कमजोरी पनि उनमा देखिएको थियो। जनयुद्धको अवधिभर सहयोद्धाले झैं सापकोटाले पनि संसदीय प्रक्रियाको आलोचना गरे,र अविश्वास देखाए। आफ्नो जीवनको महत्त्वपूर्ण समयमा सैद्धान्तिक रूपमै अस्वीकार गरेको प्रक्रियामा खरो उत्रनु उनका निम्ति चुनौतीपूर्ण छ। 

आफ्नै दल नेकपाको शक्ति पनि सापकोटाको निम्ति चुनौतीपूर्ण हुनसक्छ। कारण, सोही शक्तिको आधारमा सरकारले बेलाबखत संसदलाई लतार्ने र बलमिच्याइँ गर्ने विगतमा पनि देखिएको थियो। तसर्थ, सभा सञ्चालनका क्रममा आइपर्ने कठिनाइलाई किनारा लगाउन, प्रतिपक्षसँग संवाद र सहमति कायम गर्न उनी कसरी प्रस्तुत हुन्छन्, त्यसले उनलाई सभामुखको रूपमा सफलताको नम्बर दिलाउने छ।

सम्बन्धित समाचारः
अग्नि सापकोटाविरुद्ध ३ थान मुद्दा सर्वोच्चमा विचाराधीन, अब के होला?

अग्निलाई सभामुख बनाउन प्रचण्डका अनेक उपाय

द्वन्द्वकालीन आयोगमा ‘सजिला मान्छे’ ल्याएर अग्निलाई सभामुख बनाउने सहमति

अग्नि सापकोटा : 'हेड सर'देखि सभामुख उम्मेदवारसम्म

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

नेकपाका २ नजिर : मुद्दा अदालतमा, नेता पदमा

प्रकाशित मिति: आइतबार, माघ ५, २०७६  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन यसका लागि गठित ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण समितिको पहिलो बैठक आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। महामन्त्री एव... आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने पार्टी सचिवालयको आइतबार बसेको बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्र... आइतबार, असोज ४, २०८३
यूएन महासभामा सहभागी प्रधानमन्त्री शाह मंगलबार जाने, परराष्ट्रमन्त्री आजै न्यूयोर्क उडे, यस्तो छ कार्यतालिका संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत सेप्टेम्बर २२ देखि २८ सम्म महासभाको सामान्य बहस हुनेछ। यस क्रममा विश्वक... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्