नुवाकोट- ऐतिहासिक स्थल नुवाकोट दरबार क्षेत्रमा सिन्दुरे जात्राको रौनक सुरु भएको छ। बैसाख पूर्णिमाको अवसरमा मनाइने यो जात्रा नुवाकोटकै प्रमुख धार्मिक जात्रा हो। महिना दिनसम्म नुवाकोटको भैरवी र जालपादेवी मन्दिरमा जात्राको रौनक चलिरहन्छ।
द्वारेले भैरवी मन्दिरका पुजारी धामीधमिनीलाई सिन्दुर हालेपछि २०७४ सालको सिन्दुरे जात्राको मुख्य रौनक सुरु भएको हो।
जालपादेवी भैरवी मन्दिरमा आएपछि दिदी आएको अवसरमा सिन्दुर जात्रा गरी हर्ष बढाइँ गरेपछि जात्राको सुरुवात भएको किंवदन्ती छ।
रथलाई भैरवी मन्दिरमा बोकेर लैजाँदै लच्याङका तामाङ समुदाय
जात्रा हेर्न नुवाकोट रसुवा र धादिङबाट आएकाहरुको भिड
जात्रामा बाजा बजाउँदै
जीवित भगवान्को रुपमा परिचित धामी एवं भैरवीदेवी मन्दिरका पुजारी ७८ वर्षीय हरिमानसिंह डंगोल
सिन्दुरे जात्राको अवलोकनका लागि आभएका प्रदेश नं ३ का सभामुख सानु श्रेष्ठ, उपसमामुख राधिका तामाङ र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।