• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

यसरी सुरु भएको थियो, विराटनगरको चर्चित महेन्द्र गोल्डकप

64x64
नेपाल लाइभ शनिबार, चैत १७, २०७४  ०८:४९
1140x725

सय वर्षअघि विराटनगरमा कालाज्वरको महाप्रकोप थियो। खेलकुदको कुरा छोडौं, त्यसबेला विराटनगरमा बसोबास गर्न पनि धेरै मान्छे डराउँथे। 

राणाशासनको अन्त्यतिर विराटनगर सामाजिक महत्वले मात्र होइन, राजनीतिक कारण पनि चर्चामा रह्यो। प्रजातान्त्रिक आन्दोलनका नायक बिपी कोइराला र यहाँका युवाको सक्रियतामा १९९७ सालदेखि नै विराटनगर नेपाली राजनीतिको केन्द्रबिन्दु बन्न पुग्यो। जतिबेला यहाँका युवा राजनीतिमा सक्रिय भए, त्यहीबेलादेखि यस क्षेत्रमा खेलकुदको पनि विस्तार भएको मानिन्छ। जसको सानो उदाहरण हो, २००७ सालअघि नै विराटनगरमा स्थापना भएको फुटबल टिम। 

भारतबाट बढेर फर्केका केही चेतनशील युवाले सात सालअघि नै विराटनगरमा फुटबल टिम गठन गरेका थिए। त्यसअघिसम्म यहाँका स्थानीय युवा भोगटेलाई बल मानेर खुट्टाले हान्दै आनन्द लिन्थे। त्यतिबेला विराटनगरे खेलकुदमा सक्रिय हुने युवामा केशवप्रसाद कोइराला, तारणीप्रसाद कोइराला, नरेन्द्रनाथ अधिकारी, बेनीबहादुर खत्री, शिवप्रसाद रिजाल, नरसिंह गोल्छा र रामजीप्रसाद जयसवाल थिए। उनीहरूको त्यतिबेलाको गतिविधि नै हुन्थ्यो, बिहान खेल गतिविधिमा सक्रिय हुने, अन्य समय 'राणा हटाऊ' आन्दोलनमा। उनीहरूकै सक्रियतामा सात सालअघि विराटनगरे फुटबल टोली भारतको फारविसगन्ज मात्र होइन, धरानसम्म मैत्रीपूर्ण खेल खेल्न पुग्थ्यो। 

सात सालको क्रान्तिपछि विराटनगरमा खेलकुदको महत्व झन् बढेर गयो, जसको प्रभाव यहाँका स्कुले ठिटामा पर्‍यो। प्रजातान्त्र स्थापनाकालमा विराटनगरमा गोपालबहादुर प्रधान, हिरा श्रेष्ठ, डिपी प्रधान, हृदयनाथ आचार्य, मुक्तिप्रसाद अधिकारी र हुलासचन्द गोल्छाजस्ता युवा दिनहुँ फुटबल खेल्थे। राणाकालमा जनता हुल बाँधेर राणाविरोधी अभियानमा सक्रिय हुन्छन् भन्दै क्लब खोल्न प्रतिबन्ध लगाइएको थियो। 

तर, सात सालपछि यी सबै प्रावधान खारेज गरियो। जसको कारण विराटनगरमा मात्र होइन, नेपालभर नै क्लब स्थापना गर्ने बाटो खुल्यो। यसैको परिणाम जनकमानसिंह राजभण्डारीको अध्यक्षतामा रंगेली रोडमा आदर्श क्लब गठन भयो। 

यसको केही महिनापछि नै मेनरोडका युवाले आफ्नो सक्रियतामा २००८ सालको अन्त्यतिर मोरङ स्पोर्टिङ क्लब स्थापना गरे, जसको अध्यक्ष थिए, मुलचन्द राठी। 

विराटनगरमा पहिलोपल्ट अस्तित्वमा देखिएको यी दुवै क्लबका अध्यक्षले क्लब स्थापनासँगै यो क्षेत्रमा खेल गतिविधिलाई निरन्तरता दिन कुनै कसुर बाँकी राखेनन्। तर, त्यो प्रभावकारी बन्न सकेन। 

यसैबीच, विराटनगरका पुराना खेलाडी खगेन्द्रबहादुर बस्नेत मेनरोड बसाइँ सरे। मेनरोडमा उनको आगमनसँगै यहाँको खेल गतिविधि थप सक्रिय बन्न पुग्यो। उनले नै आपसमा बाँडिएर खेल आयोजना गर्दा प्रभावशाली हुन नसकेको भन्दै मोरङ स्पोर्टिङ क्लब र आदर्श क्लबलाई एकजुट गर्ने प्रस्ताव ल्याए। जसको नतिजा २००९ सालमा दुवै क्लब विलय भएर नयाँ क्लब बन्यो। र, क्लबको नाम जुर्यो, विराटनगर टाउन क्लब।

Ncell 2
Ncell 2
nimb
nimb

विराटनगरमा खेल अभियानलाई सक्रिय पार्न ‘टाउन क्लब’ को ठूलो महत्व छ। यो क्लब स्थापनासँगै २०१० सालमा हिरण्यमान सिंहले आफ्नी आमाको नाममा फुटबल प्रतियोगिता आयोजना गर्न टाउन क्लबलाई ‘अनन्त मेमोरियल शिल्ड’ प्रदान गरेका थिए। जुन अहिले विराटनगरको पहिलो आधिकारिक फुटबल प्रतियोगिता मानिन्छ। 

प्रतियोगिता खेल्न त्यतिबेला विराटनगरका मात्र होइन, भारत विहारबाट पनि फुटबल टोली आउँथे। तर, विराटनगरको आदर्श स्कुलले लगातार तीनपल्ट प्रतियोगिता जित्दै शिल्ड पच पार्‍यो। ‘त्यसपछि यो प्रतियोगिता हुन सकेन। हामीले तीनैपल्ट जितिदियौं,’ आदर्श स्कुलका तत्कालीन खेलाडी शालिग्राम अधिकारी सम्झन्छन्। उनी पाकिस्तानबाट बंगलादेश विभाजन नहुँदै सन् १९६३ ढाकामा आयोजना भएको आगा खाँ गोल्डकप खेल्न जाने थोरै भाग्यमानी नेपाली खेलाडीमा पर्छन्। नेपाली राष्ट्रिय टोलीले यसैबेला भारतबाहेक पहिलोपल्ट तेस्रो मुलुकमा खेलेको थियो। 

शालिग्राम जतिबेला विराटनगरमा फुटबल खेल्थे। त्यतिबेला यो ठाउँमा व्यवस्थित मैदान थिएन। फुटबल खेल्न सरस्वती टोल जानुपर्थ्यो। अहिले सरस्वती टोल बसेको ठाउँमा त्यतिबेला ठूलो मैदान थियो। जहाँ एक इन्जिनको ‘प्लुटस प्लाटर’ हवाईजहाज अवतरण गर्थ्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सात सालको क्रान्ति सफल भएपछि पहिलोपल्ट विराटनगर आउँदा बिपी कोइराला यहीँ सरस्वती टोल बसेको पुरानो हवाईफिल्डमा अवतरण गरेका थिए। 

‘त्यतिबेला हाम्रो खेल्ने मैदान सरस्वती टोल बसेको ठाउँ हो,’ विराटनगरका चर्चित गोलकिपर विष्णु बराल भन्छन्। उनी पनि १९६३ आगा खाँ गोल्डकप खेल्दा नेपाली टोलीका गोलकिपर थिए। 

सरस्वती टोलको यो मैदानको अवस्था पनि यति दयनीय थियो, प्रायः खेलाडी भकुन्डोलाई हिर्काएपछि बल खोज्न नजिकैको नदीमा जान्थे। ‘हैरानै हुन्थ्यो,’ बराल सम्झन्छन्। यहाँका युवा खेलाडी केही वर्षभित्रै सरस्वती टोलमा फुटबल खेल्न नसकिने निर्णयमा पुगेका थिए। 

निर्क्यौल त निकाले तर यसको सट्टा खेल्ने अर्को ठाउँ खोज्ने कता? बडा आपत् परेको थियो, यतिबेला यहाँका युवा खेलाडीलाई। ‘तर, हामीले सरस्वती टोलको विकल्प सहिद मैदानलाई अघि सार्‍यौं,’ बराल भन्छन्। 

त्यतिबेला सहिद मैदानको अवस्था पनि खासै राम्रो थिएन। चारैतिर फैलिएको रुख। पूर्वपट्टि इनार। मैदानमा खाल्डाखुल्डी उस्तै। यतिबेला पूर्वमा बसेको नेपाल बैंक लिमिटेड आफ्नो छुट्टै अफिस बनाएर सरे पनि एउटा कोठामा नगरपालिका र अर्कोमा टेलिफोन अफिसको कार्यालय थियो। यसैले खेलाडीलाई सामान राख्न पनि समस्या थियो। तर, स्थानीय खेलाडीले जुक्ति निकाले, दुई वटा कोठामा बसेको सरकारी कार्यालयमै आफ्नो सामान राख्ने। र, खेलका लागि मैदान सम्याउने। 

नभन्दै, उनीहरूले धेरै छिटो सहिद मैदान फुटबल मात्र होइन, भलिबल र ब्याडमिन्टनजस्ता अन्य खेल खेल्नका लागि पनि तयार पारे। 

यसैक्रममा २०१० सालमा पद्मबहादुर क्षेत्रीको आगमन भयो, विराटनगरमा। भारतीय सेनाका अवकासप्राप्त सैनिक उनी देहरादुनमै कार्यरत रहँदा खेलकुदमा गिनेचुनेका खेलाडी मानिन्थे। उनमा खेलकुदप्रति यति ठूलो लगाव थियो, रानीस्थित मिल्स एरियामा स्थायी रुपमा बस्न आएपछि विराटनगरको खेलकुदमै नयाँ तरंग आयो। 

‘विराटनगरको खेलकुदमा उहाँ (पद्मबहादुर) को विशिष्ठ योगदान छ,’ शालिग्राम भन्छन्। 

पद्मले विराटनगर पाइला टेकेको वर्ष नै आफ्नो सक्रियतामा केमिकल ग्राउन्ड, रानीमा बृहत् खेलकुद आयोजना गरेका थिए। उनी यो प्रतियोगिता प्रजातन्त्र दिवसको अवसर पारेर सधैं फागुन ७ गते आयोजना गर्थे। यतिबेला उनलाई तत्कालीन बडाहाकिम भूपालमान सिंह कार्कीले ठूलो सहयोग गरेका थिए। उनले प्रतियोगितालाई तीन वर्ष निरन्तरता दिए। उनले आयोजना गरेको खेल प्रतियोगितामा पहिलो दुई वर्ष खगेन्द्रबहादुर बस्नेत सर्वोत्कृष्ट खेलाडी घोषित भए। तेस्रो वर्ष रामप्रसाद प्रधानले उछिने। 

पद्मबहादुरले आयोजना गरेको बृहत् खेलकुदको प्रभाव पछि बडाहाकिम भएका शेरबहादुर शाहीमाथि यस्तो पर्‍यो, उनले २०१२ सालमा ‘बडाहाकिम च्यालेन्ज शिल्ड’ गर्ने प्रस्तावलाई अनुमोदन गरे।।

यो प्रतियोगितालाई विराटनगरे खेलकुदको ‘टर्निङ प्वाइन्ट’ मानिन्छ। कारण, प्रतियोगिताको फाइनलमा मोरङ–११ र वीरपुर (भारत) टोली पुगेको थियो। तर, फाइनल राजनीतिक तथा विविध कारण आयोजना हुन सकेन। प्रतियोगिताको फाइनल अर्को वर्ष, २०१३ सालमा सम्पन्न भयो। रोचक कुरा, फाइनल हेर्न तत्कालीन राजा महेन्द्र स्वयं सहिद मैदानमा उपस्थित भए। त्यतिमात्र होइन, महेन्द्रले फाइनल खेलका विजेतालाई पुरस्कारसमेत वितरण गरे। 

प्रतियोगितालाई लिएर महेन्द्रमा गहिरो छाप परेछ। उनले फाइनल हेरिसकेपछि आयोजक टाउन क्लबका पदाधिकारीलाई मैदान बनाउन त्यतिबेलै एक हजार रुपैयाँ उपलब्ध गराएका थिए। 

‘सहिद मैदानको नक्सा इन्जिनियर एससी हल्डरले बनाएका हुन्। राजा महेन्द्रले रकम उपलब्ध गराएपछि मैदानमा ६ देखि १८ इन्चसम्म माटो भर्ने काम भयो। आज सहिद मैदानको जुन स्वरुप देखिन्छ। यो यसैको कारण भएको हो,’ ६१ वर्ष अगाडिको कुरा सम्झन्छन्, बराल। पछि सहिद मैदान घेर्न वन कार्यालयले काठ नै उपलब्ध गरायो। 

२०१३ सालमा ‘बडाहाकिम च्यालेन्ज शिल्ड’ सम्पन्न भयो। तर, यसले निरन्तरता पाउन सकेन। तर पनि टाउन क्लबले आफ्नो गतिविधिलाई पूर्णविराम दिएन। अर्को साल भारताको मालदाबाट एउटा व्यावसायिक क्लब झिकाएर स्थानीय विराटनगरे खेलाडीलाई अभ्यास गराउने मौका उपलब्ध गरायो। 

यसैक्रममा २०१६ सालमा भारतको कोलकातामा बसोबास गर्दै आइरहेका नेपाली युवाहरुको एउटा क्लब प्रदर्शनी खेलका लागि विराटनगर आयो। क्लबको नाम थियो, योङ गोर्खा संघ, जसमा नेपाली फुटबलका दुई हस्ती अमर थापा र आइएस सुब्बा समावेश थिए। यी दुवै यतिबेला कोलकातामा बसेर व्यावसायिक फुटबल खेलिरहेका थिए। तर, विराटनगर आगमनसँगै यी दुवै खेलाडीलाई तत्कालीन बडाहाकिम लगायत पद्मबहादुर क्षेत्रीले विराटनगरमै बसेर फुटबल खेल्न आकर्षक प्रस्ताव राखे।

‘बुवालाई जुटमिलमा बस्ने र जागिरको व्यवस्था गर्ने प्रस्ताव भयो। कोलकातामा जति खेल्दा पनि नेपाली भनेर राष्ट्रिय टिममा उहाँहरू पर्नुहुन्थेन। उहाँहरूलाई प्रस्ताव मन पर्यो। त्यसपछि अर्को वर्ष कोलकाता छोड्ने निर्णयमा पुग्नुभयो,’ नेपाली राष्ट्रिय टिमका पूर्वखेलाडी तथा स्वर्गीय अमर थापाका जेठा छोरा पुनम थापा भन्छन्। अमर थापा र आइएस सुब्बाले पनि १९६३ मा आगा खाँ गोल्डकपमा नेपालको प्रतिनिधित्व गरेका थिए। 

विराटनगरको खेलकुद, त्यसमा पनि विशेषत: फुटबल निकै सक्रिय भएको बेला २०१८ सालमा तत्कालीन बडाहाकिम दामोदरशमशेरले अर्को प्रस्ताव ल्याए। राजा महेन्द्रको नाममा ‘श्री ५ महेन्द्र गोल्डकप’ स्थापना गर्ने। 

यो प्रतियोगिता त्यतिबेला विराटनगरको मात्र होइन, काठमाडौंपछि नेपालकै महत्वपूर्ण फुटबल प्रतियोगिता मानिन्थ्यो। पहिलो महेन्द्र गोल्डकप खेल्न काठमाडौंबाट एनआरटी र संकटा क्लबजस्ता नामूद फुटबल क्लब भारतको रक्सौल हुँदै दुई दिन लगाएर विराटनगर पुगेका थिए। त्यतिबेला काठमाडौंबाट विराटनगर जाने बाटो बनिसकेको थिएन। 

‘हामी रक्सौल हुँदै दुई दिनमा विराटनगर पुगेका थियौं,’ २०१८ सालमा पहिलोपल्ट विराटनगरमा फुटबल खेल्न गएका एनआरटीका पूर्व खेलाडी दामोदर सुवाल भन्छन्। 

पहिलो महेन्द्र गोल्डकपमा रेफ्री गर्न नेपाली खेलकुदका पिता नरशमशेर राणा आफै विराटनगर पुगेका थिए। प्रतियोगिता भारतको भागलपुरस्थित इलेभेन ज्वेल्सले जितेको थियो। 

प्रतियोगिताको दोस्रो संस्करण २०१९ सालमा आयोजना हुँदा मोरङ–११ विजयी भयो। उसले पूर्वविजेता इलेभेन ज्वेल्सलाई २–१ गोलले पराजित गर्दै गोल्डकप घर फर्काएको थियो। यो सफलताले विराटनगरको फुटबललाई यति उचाइमा पुर्यायो, त्यही वर्ष बंगलादेशमा आयोजना भएको आगा खाँ गोल्डकपका लागि नेपालको राष्ट्रिय टोली छानिँदा पूर्वाञ्चलबाट ७ खेलाडी परे।

५६ वर्ष लामो इतिहास बोकेको यही महेन्द्र गोल्डकपको २९ औं संस्करण २०६८ सालमा हुँदा यसको नाम परिवर्तन गरेर विराट गोल्डकप राखियो। 

पाँच दशक लामो इतिहास भएको यो प्रतियोगिता शनिबार विराटनगरको सहिद मैदानमा सुरु हुँदैछ। यसपालि प्रतियोगितामा नयाँ प्रयोगको रुपमा सबै खेल ‘डे–नाइट’ हुँदैछ।

प्रकाशित मिति: शनिबार, चैत १७, २०७४  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्