काठमाडौं– शिक्षा ऐन नवौं संशोधनको विरोधमा आन्दोलनका घोषणा गरेका प्रमुख तीन विद्यार्थी संगठनहरुले आज बिहान देशभरका क्याम्पसअगाडि प्रदर्शन गरेका छन्।
अनेरास्ववियु, नेविसंघ र अनेरास्ववियु (क्रान्तिकारी) ले बिहीबार राति संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै अनिश्चितकालिन शैक्षिक हड्ताल सहितको कार्यक्रम घोषणा गरेका हुन्।
लाखौं विद्यार्थीको भविष्य अन्धकारमय बनाउने गलत मनसायले शिक्षा ऐनको नवौं संशोधन ल्याइएको उनीहरुको ठहर छ।

आज विद्यार्थीहरुले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गर्दै चक्काजाम गरेका छन्। आफ्ना माग सुनुवाइ नभए चैत १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने कार्यक्रम रहेको अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन्।

यसअघि ऐन संशोधनको विरोध तथा आगामी चैत २३ गतेका लागि शिक्षक सेवा आयोगले तोकेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न विद्यार्थीहरुले गत चैत १३ गते शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए।
माइतीघर मण्डलमा विद्यार्थीको प्रदर्शनका थप तस्बिरहरु-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।