काठमाडौं– फर्पिङमा यात्रुबस दुर्घटनामा परेको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको र २२ जना घाइते भएको प्रहरीले जनाएको छ।
फर्पिङभञ्याङमा भएको दुर्घटनामा घाइते २२ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको महानगरीय ट्राफिक महशाखाकाका डिएसपी मुकुन्द मरासनीले जानकारी दिए।
प्रहरीका अनुसार दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा१ख ९९९९ नम्बरको बस दुर्घटनमा परेको हो।
प्रहरीले मृतकको सनाखत भइनसकेको जनाएको छ। दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।