नयाँ दिल्ली (एजेन्सी)- पाकिस्तानको कराचीमा हुने पाकिस्तान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा ब्लकबस्टर फिल्म 'बाहुबली' प्रदर्शन हुने भएको छ। महोत्सवमा आफ्नो फिल्मको प्रदर्शन हुने कुरामा निर्देशक एसएस राजामौली निकै उत्साहित छन्। उनले बुधबार ट्विट गरेका छन्, 'बाहुबलीले मलाई कैयौं देशमा यात्रा गर्ने अवसर दिएको छ। ती सबैमध्ये रोमाञ्चक यात्रा अब पाकिस्तानको हुनेछ। यो निम्ताका लागि पाकिस्तान अन्तर्राष्ट्रिय फिल्म महोत्सव कराचीलाई धन्यवाद!'
चार दिनको फिल्म महोत्सव बिहीबारदेखि सुरु भएर अप्रिल १ सम्म चल्नेछ। महोत्सवमा 'बाहुबली'का साथै 'डियर जिन्दगी', 'आँखों देखी', 'हिन्दी मिडियम', 'कडवी हवा', 'निल बटे सन्नाटा', 'सोङ अफ द स्कोर्पियन्स' र मराठी फिल्म 'सैराट' पनि प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।