काठमाडौं– बुधबारको मन्त्रीपरिषद्को बैठकले संघका २१ वटा मन्त्रालयको संगठन, संरचना र दरबन्दी सम्बन्धि प्रस्ताव पारित भएको छ। जसमा अधिकांश मन्त्रालयमा कर्मचारीको संख्या कटौती भएको छ। २१ वटा मन्त्रालयबाट ६ सय जना कर्मचारीको दरबन्दी कटौती भएको छ।
पहिला ३२ सय ६० कर्मचारी रहेकोमा अब २६ हजार ५४ कर्मचारी रहनेछन्। १८)५९ प्रतिशतले कर्मचारी कटौती भएको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल वाँस्कोटाले बताए। प्रधानमन्त्री कार्यालयमा केही कर्मचारी थपिएका छन् भने रक्षा र परराष्ट्र मन्त्रालयबाट कटौती गरिएको छैन।
स्थानीय तहको अन्तरीम संगठन, संरचना र दरबन्दीको प्रस्ताव पारित गरेको छ। स्थानीय तह र जिल्ला समन्वय परिषद्मा गरेर ५७ हजार ३ सय ५४ कर्मचारी रहने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।