काठमाडौं– गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ। विभिन्न कारणले रिक्त रहेका जिल्लाहरुमा सिडिओ पठाइएको हो।
मन्त्रालयका अनुसार उदयपुरमा बिष्णुबहादुर कार्की, सिरहामा रुद्र प्रसाद पण्डित र तनहुँमा भरत शर्मालाई पठाइएको छ। उनीहरु तीनै जना उपसचिव हुन्। तिनै जनालाई कामु सिडिओका रुपमा ती जिल्लामा पठाइएको हो। सहसचिव सिडिओको दरबन्दी भएका ती जिल्लामा उपसचिवलाई कामु बनाएर पठाइएको छ। मन्त्रालयमा केही सहसचिवहरु जिम्मेवार विहिन रहेको अवस्थामा उपसचिवलाई कामु दिनु गलत भएको मन्त्रालयका अधिकारीहरु बताउँछन्।
त्यस्तै रोल्पामा गञ्जबहादुर एमजी, हुम्लामा माधव प्रसाद ढुङगाना र बझाङमा प्रेमसिं कुँवरलाई सिडिओका रुपमा सरुवा गरिएको छ। रिक्त रहेका जिल्लाहरुमा सिडिओ पठाइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।