• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सर्वोच्चको नयाँ नजिर : पुरातात्विक र ऐतिहासिक क्षेत्रका जमिन नामसारी गर्न नमिल्ने

64x64
नेपाल लाइभ बुधबार, चैत १४, २०७४  ०९:२३
1140x725

काठमाडौं– सर्वोच्च अदालतले विभिन्न कालखण्डमा निर्माण भएमा ऐतिहासिक महत्वका भवन र त्यस क्षेत्रका जमिन टुक्रा पारी व्यक्तिको नाममा नामसारी, बिक्री वितरण गर्न रोक लगाउने आदेश गरेको छ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहको छाउनीको जग्गा विवादसम्बन्धी मुद्दाको पूर्णपाठमा सर्वाेच्चले यस्तो रोक लगाउने नयाँ नजिर निर्माण गरेको हो। २०७३ पुस २१ गते गरिएको फैसलाको पूर्णपाठ हालै मात्र सार्वजनिक गरिएको हो। पूर्णपाठमा देशभरका सांस्कृतिक महत्वका क्षेत्रहरुमा यो नजिर लागू हुने भनिएको छ।

सर्वोच्चको यो आदेशपछि राणाकाल, शाही शासनकाल, त्यसअघि र पछि निर्माण भएका ऐतिहासिक भवन वरिपरिका जमिनहरु बिक्री गर्न पाइने छैन। साथै, उक्त स्थानका जग्गा प्लटिङ जस्ता व्यावसायिक कार्यमा समेत रोक लाग्ने देखिन्छ। सर्वोच्चको यो नजिर पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक, पर्यटकीय र सांस्कृतिक क्षेत्रमा पनि लागू हुनेछ। 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशद्वय दीपकुमार कार्की र सपना प्रधान मल्लको इजलासले गरेको फैसलाको पूर्णपाठमा राष्ट्रको सम्पत्ति तथा सम्पदाहरुको प्रयोग र  उचित संरक्षणको अभाव हुनुका साथै यस्ता सम्पत्तिमा भू–माफिया तथा दलालबाट आक्रमण र दुरुपयोग हुनसक्नेतर्फ ध्यान दिनुपर्ने भनिएको छ।

ऐतिहासिकता बोकेका स्थानहरुको गरिमा नष्ट हुने र नेपालकै मौलिकता समेत गुम्नसक्ने भन्दै सर्वाेच्चले त्यस्ता स्थानहरुको संरक्षणका लागि जमिनहरुको विभाजन रोक्नुपर्ने भनेको छ।

सर्वोच्चले १३/१४औं  शताब्दीमा चीनमा शासन गरेका मिङ्ग वंशका शासकले निर्माण गरेको दरबार हालसम्म संरक्षण गरिएकोतर्फ ध्यानाकर्षण गराउँदै पुरातात्विक महत्वका वस्तुहरु बिक्रीका लागि नभई संरक्षणका लागि भएको उल्लेख गरेको छ।

विजयामलमा पार्क बनाउनू

छाउनीमा रहेको जग्गाको मोही वीरेन्द्रकी फुपू विजया राज्यलक्ष्मी देवी शाह र जग्गाधनी भीमसेन तथा वर्ष बन्धन गुठी थियो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रेरणाको नामबाट नेपाल ट्रष्टमा आएको छाउनीको विजयामलको जमिनमा पुरातत्वले भरिपूर्ण पार्क बनाउन सर्वाेच्चले निर्देशनात्मक आदेश समेत जारी गरेको छ।

‘विजया शाह तत्कालीन राजा त्रिभुवनकी छोरी अर्थात् इतिहासकी राजकुमारी हुन्। त्यसैले उनका जे–जस्ता ऐतिहासिक महत्वका वस्तु छन्, तिनको समेत संरक्षण गर्दै उक्त सम्पत्तिमा बागबगैंचा निर्माण गरी पर्यावरण सुधार गर्नू’, आदेशमा भनिएको छ।

काठमाडौंमा सार्वजनिक स्थानहरुको अभाव हुँदै गएकाले त्यसको संरक्षण गरी जनताले सेवा पाउने पार्कको रुपमा विकास गर्न सर्वोच्चको आदेशमा भनिएको छ। सर्वोच्चको यो आदेशपछि सरकारले उक्त जमिन र घरलाई अन्य सरकारी प्रयोजनमा ल्याउन नपाउने भएको छ।

यस्तो थियो प्रेरणाको दाइजो उल्टाउने निर्णय

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तत्कालीन राजा ज्ञानेन्द्रले छोरी प्रेरणालाई दाइजोस्वरूप दिएको काठमाडौंको छाउनीस्थित १५ रोपनी १ आना जग्गा सरकारी हुने फैसला पुस २१ गते सर्वोच्चले गरेको थियो। तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना प्रधान मल्लको इजलासले उनको नाममा नामसारी गर्न यसअघि सर्वोच्चले नै गरेको निर्णय उल्टाउँदै यस्तो फैसला सुनाएको थियो।

यसअघि पूर्वप्रधानन्यायाधीश रामकुमार शाह र न्यायाधीश चोलेन्द्र शम्शेर राणाको इजलासले पूर्वराजा वीरेन्द्रको नामको जग्गा उनकै भाइ ज्ञानेन्द्रकी छोरीले दाइजो पाएको भन्दै उनैको नाममा हुनेगरी फैसला गरेको थियो। 

उनीहरुको इजलासले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको १५ रोपनी १ आना जग्गा र त्यसमा बनाइएको घर नेपाल ट्रष्टमा गाभ्न सरकारले गरेको निर्णय बदर गरी पूर्वराजकुमारी प्रेरणाको नाममा गरिदिएको थियो। 

आफ्नो अवकासको पूर्वसन्ध्यामा साहले २०७२ असार ६ गते योे फैसला गरेका थिए।  फैसलाको पूर्णपाठ भने झन्डै एक वर्षपछि जेठमा मात्रै तयार भएको थियो। यो फैसला चित्त नबुझेपछि नेपाल ट्रष्टले पुनरावलोकनको निवेदन दिएको थियो। सरकारले पूर्वराजा वीरेन्द्रको सम्पत्ति भन्दै छाउनीमा रहेको सो जग्गा र घर नेपाल ट्रष्टमा गाभ्ने निर्णय २०६४ सालमा पुस १ गते निर्णय गरेको थियो।

त्यस विरुद्ध प्रेरणा २०७१ माघ २५ सर्वोच्च पुगेकी थिइन्। त्यो जग्गा आफूले दाइजोमा पाएको र सरकारले आफूलाई थाहै नदिई ट्रष्ट अन्तर्गत ल्याउन  निर्णय गरेको उनको जिकिर थियो।

सरकारले राजतन्त्र हटेपछि दरबार र राजा वीरेन्द्रसहित उनका परिवारको सम्पत्तिलाई नेपाल ट्रष्टको नाममा राख्ने निर्णय गरेको थियो। अन्तरिम संविधानको धारा १५९ को उपधारा १ मा पनि यही लेखिएको थियो। संविधान अनुसार २०६४ सालमा नेपाल ट्रष्ट ऐन बनेको थियो।

सरकारले निर्णय गर्नुभन्दा अगाडि नै छाउनीको उक्त जग्गा आफूले दाइजो पाएकाले ट्रष्टमा गाभ्ने अधिकार सरकारलाई नभएको प्रेरणाको जिकिर थियो। उनको जिकिरलाई सही ठहर गर्दै न्यायाधीशद्वय साह र राणाको इजलासले फैसला गरेको हो। 

उनीहरुले प्रेरणाको पक्षमा फैसला गर्नुका तीन कारण उल्लेख गरेका थिए।

पहिलो, छाउनीको कित्ता नम्बर २५ को १५ रोपनी १ आना जग्गा र घर २०६२ सालमा ज्ञानेन्द्रका नाममा रैकर दर्ता भएको र राजाका रुपमा ज्ञानेन्द्र रहेकाले उनैले सो जग्गा छोरीलाई दाइजो दिएको तर्क गरिएको थियो। यो जग्गा वीरेन्द्र र उनका परिवारको नाममा भएको कसैले देखाउन नसकेको उक्त फैसलामा भनिएको थियो। वीरेन्द्रकै नाममा रहेको जग्गा नारायणहिटीको नाममा मालपोत कार्यालयबाट नामसारी भएको कुरा लुकाउँदै फैसलामा यस्तो तर्क गरिएको थियो।

दोस्रो, दाइजो बकस पाइसकेपछि बनेको कानुन देखाएर ट्रष्टले उक्त सम्पत्ति आफ्नो स्वामित्वमा ल्याउन नपाउने तर्क गरिएको थियो।

‘राजा वीरेन्द्र, रानी ऐश्वर्य समेतको नाममा रहेको सम्पत्ति मात्र नेपाल ट्रष्टमा ल्याउन बनेको कानुनका आधारमा तत्कालीन श्री ५ महाराजधिराज ज्ञानेन्द्र शाहबाट आफ्नी छोरीलाई दाइजो दिइसकेको सम्पत्ति पछि बनेको कानुन देखाएर ट्रष्टको स्वामित्वमा ल्याउन र निवेदिकाको हकको सम्पत्ति हरण गर्न मिल्दैन’, फैसलामा भनिएको थियो।

तेस्रो, नेपाल ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गर्नुपूर्व उक्त सम्पत्तिको हकभोगवाला प्रेरणालाई जानकारी नदिएको र आफ्ना कुरा राख्ने मौकै नदिएको तर्क गरिएको थियो।

छाउनीमा रहेको कित्ता नम्बर ३७, ३८, ४० र ४१ का ती जग्गा राजा वीरेन्द्रले नापी गराएर ‘श्री ५ महाराजधिराज’ नारायणहिटी राजदरबारको नाममा नामसारी भएको थियो। ती कित्ता भिडाएर नयाँ नापी हुँदा कित्ता नम्बर २५ बनाइएको थियो। २०६२ सालमा रैकरमा दर्ता हुँदा ज्ञानेन्द्र राजा थिए।

लोकतन्त्रको आन्दोलन उत्कर्षमा पुग्ने बेला ज्ञानेन्द्रले छाउनीस्थित करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा छोरी प्रेरणालाई दाइजोस्वरूप बकस दिएका थिए। त्यसलाई नेपाल ट्रस्टले आफ्नो नाममा दर्ता गरेपछि प्रेरणाले सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। उक्त घरजग्गाको क्षेत्रफल ०७६६४.६० वर्गमिटर छ।

प्रकाशित मिति: बुधबार, चैत १४, २०७४  ०९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्