• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सामाजिक सुरक्षा योजनाप्रति बैंक तथा वित्तीय क्षेत्रको गुनासो किन?

‘सरोकारवालासँग छलफल नै गरिएन’
64x64
नेपाल लाइभ बुधबार, पुस १६, २०७६  १३:१०
1140x725

काठमाडौं- बैंक तथा वित्तीय क्षेत्र सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जानका लागि अझै तयार भइसकेको छैन। योजनामा आवद्ध हुन यस क्षेत्रले राखेका माग सम्बोधन गर्न सरोकारवाला निकायले अहिलेसम्म औपचारिक छलफलसमेत सुरु गरेकाे छैन।

सामाजिक सुरक्षा योजनाप्रति बैंकर्स संघले ७ बुँदे र वित्तीय संस्था कर्मचारी संघले ६ बुँदे असहमति राखेका छन्। त्यसको प्रतिक्रियामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस ३ गते प्रेस विज्ञप्तिमार्फत् ती दुई छाता संगठनले सामाजिक सुरक्षा योजनामाथि उठाएका प्रश्नमाथि स्पष्टिकरण दिएको थियो। सोही विज्ञप्तिमार्फत् सामाजिक सुरक्षा कोषका विषयमा उठेका समस्या समाधान गर्ने आश्वासन सरकारले दिएको छ। तर, सरकारको आश्वासनप्रति उनीहरु आस्वस्त भने छैनन्।

किन कि यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत सरोकारवाला निकायले बैंक तथा वित्त क्षेत्रसँग औपचारिक रुपमा छलफलसमेत गरेका छैनन्। ‘सामाजिक सुरक्षा व्यवस्थामा आवद्ध हुने विषयमा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको बढी चाँसो हो। राष्ट्र बैंकको निर्देशनपछि बैंकर्स संघ, वित्तीय संस्था कर्मचारीसँग आ-आफ्नो तरिकाले छलफल गरिरहेको भएपनि सबै सरोकारवाला निकाय एकै ठाउँमा राखेर पछिल्लो एक महिनायता यो विषयमा छलफल भएको छैन,’ बैंकर्स संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले भने।

बैंकर्स संघ र कर्मचारी संघले सामाजिक सुरक्षा योजनाप्रति जनाएका विमतिका बुँदा मुलभूत रुपमा समान छन्। जसमा कर्मचारीको सेवा सुविधाको सुरक्षा ग्यारेन्टी हुनुपर्ने, निवृत्तिभरण कोष ऐन २०७५ र सामाजिक सुरक्षा कोषको कार्यविधिमा देखिएको विभेद हटाउनुपर्ने, उमेरहदमा स्पस्टता, दोहोरो करको समस्या समाधान, सहुलियतपूर्ण ऋण सुविधा, बिमा तथा औषधोपचार सुविधा, योगदानकर्ताको उमेर ६० वर्ष नपुग्दै मृत्यु भएको अवस्थामा परिवारले कोषको रकम नपाउने व्यवस्थाको अन्त्य जस्ता विषय छन्।

बैंकर्स संघ र वित्तीय संस्था कर्मचारी संघले जनाएको असन्तुष्टिप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले केही विषय स्पस्ट पारिसकेको छ भने केही विषय तत्काल सम्बोधन गर्ने भनेको छ। केही विषयमा मन्त्रालयले आफ्नो धारणा सार्वजनिक नै गरेको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

मन्त्रालयले स्पष्ट पारेका विषयहरुमा कर्मचारीले खाइपाई आएको सम्बन्धमा सुविधा नघट्ने, सामाजिक सुरक्षा योजनाबाट प्राप्त हुने सेवा-सुविधा अन्य कोषको प्रतिफलसँग तुलना गर्न नमिल्ने, नेपालको सन्दर्भमा औषत आयु ७१ वर्ष रहेकाले ६० वर्षको उमेरलाई सक्रिय उमेरका रुपमा लिइएको र ६० वर्षअघि सक्रिय उमेरमा कोषमा जम्मा भएको रकम पूर्णरुपमा उपयोग गर्नु सामाजिक सुरक्षाको मूल्य-मान्यता विपरीत हुन जाने कुरा उल्लेख छ। त्यस्तै, दोहोरो करसम्बन्धी व्यवस्थाका सम्बन्धमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी यस विषयलाई यथाशीघ्र स्पष्ट पारिने मन्त्रालयको भनाई छ।

कर्मचारी संचय कोष र नागरिक लगानी कोषजस्ता संस्थाले उपलब्ध गराउने कर्जा सुविधा सामाजिक सुरक्षा कोषमार्फत् पनि पाउनुपर्ने भन्ने विषयलाई मन्त्रालयले स्पष्ट पारिसकेको छ।  मन्त्रालयका अनुसार ‘सामाजिक सुरक्षा कोष कर्जा प्रवाहका लागि स्थापित कोष नभए तापनि योगदानकर्ताको तत्कालको खाँचो टार्न कर्जा सुविधा उपलब्ध गराइनेछ’। यस योजनाका लागि लगानी योजनासम्बन्धी निर्देशिका तर्जुमाको प्रक्रियामा रहेको र सो नेपाल सरकारबाट स्वीकृत हुने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ। 

तर, यो योजना अनिवार्य नभई स्वेच्छिक हुनपर्ने, निवृत्तीभरण कोष ऐन २०७५ र सामाजिक सुरक्षा कोष कार्यविधिमा रहेको विभेद हटाउनुपर्ने, सेवाबाट अवकास लिँदा पाउने उपदानबापतको रकम ५ वर्ष पुगेपछि सहजै पाउने व्यवस्था हुनुपर्ने, र औषधाेउपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्त सुरक्षा योजनासमेत योगदानको आधारमा हुनुपर्ने व्यवस्था मिलाउनुपर्ने विषय टुंगो लागिसकेको छैन। त्यस्तै बैंकका कर्मचारी र तिनका परिवारले गर्ने बिमाका विषयमा देखिएका अस्पष्टता पनि कायमै छन।

नेपाल राष्ट्र बैंकले गत मंसिर २४ गते बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन भन्दै सूचना प्रकाशित गरेको थियो। राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन निर्देशनात्मक सूचना जारी गरेपछि बैकर्स संघ र वित्तीय संस्था कर्मचारी संघ दुवैले यो विषयमा राष्ट्र बैंक आफ्नो कार्य क्षेत्रभन्दा बाहिर गएर सूचना प्रकाशित गरेको आरोप लगाएका थिए। 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला पनि बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध गराउने भनेर मन्त्रालय र कोषको कार्यालयले नै छलफल अगाडि बढाउनुपर्ने बताउँछन्। ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन गर्ने जिम्मा राष्ट्र बैंकको होइन। उहाँहरुका असहमति टुंग्याउन त राष्ट्र बैंकको केहि भूमिका रहँदैन,’ निरौलाले भने, ‘तर राष्ट्र बैंकले नियमन तथा सुपरीवेक्षण गर्ने संस्थाहरुलाई सरकारले अबलम्बन गरेको नीतिमा आवद्ध हुनुहोस् है मात्र भनेको हो।’

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दीपेन्द्रको शतकमा नेपालले यूएईलाई दियो २९० रनको लक्ष्य शुक्रबार, वैशाख १८, २०८३
बुद्ध जयन्तीकै दिन भत्काइयो बल्खुको साङ्गे छोइलिङ्ग गुम्बा शुक्रबार, वैशाख १८, २०८३
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै शुक्रबार, वैशाख १८, २०८३
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
‘साँचो क्रान्ति ज्ञानबाट शुरू हुन्छ’ : प्रधानमन्त्री शाह शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्