काठमाडौं - नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो ।
समितिका तर्फबाट प्रा.डा. शशांक कोइरालाले गिरीलाई पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय र पार्टीको विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ ।
गिरीलाई आगामी ६ महिनाभित्र नेपाल सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गरी संगठनलाई मजबुत बनाउन जिम्मेवारी दिइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।