काठमाडौं- राष्ट्रियसभाको बैठकमा माओवादी केन्द्रका सांसद रामनारायाण बिडारीले फेसबुक, टुइटर लगायतका सामाजिक सञ्चालमा नियन्त्रण गर्नुपर्ने* बताएका छन्।
'सामाजिक सञ्जाल अहिले खुब चलेको छ। फेसबुक नचलाउने मान्छे छैन। भन्याजस्तो भएको छ। ट्विटरहरु त व्यापक आइरहेको छ। भाइबर चलिराखेको छ। वाट्सएप नामका विभिन्न प्रकारका सञ्चार मिडियाहरुको रुपमा आइराखेको छ,' बैठकको विशेष समयमा बोल्दै बिडारीले भने, 'यसलाई सरकारले नियन्त्रण मात्रै होइन, यसलाई आचारसंहिता बनाएर, कानुन बनाएर,पारदर्शी, जनउत्तरदायी बनाएर अगाडि बढ्नुपर्छ। नत्र नेपाललाई यसले ठूलो नोक्सान पार्छ।’
*सच्याइएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।