काठमाडाैं- ‘नेपाल भ्रमण वर्ष २०२०’ आजदेखि सुरु भएको छ। भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालाबाट हुँदैछ।
रंगशालामा हुने भव्य समारोहमार्फत् भ्रमण वर्षकाे उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्। प्रधानमन्त्री ओलीले भिडियाे कन्फ्रेसबाट उद्घाटन गर्ने छन्।
उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रमुख, सुरक्षानिकायका प्रमुखहरुकाे सहभागिता रहने छ। यसका साथै उद्घाटन कार्यक्रममा भारत, चीनलगायत ५ भन्दा बढी देशका पर्यटनमन्त्रीको समेत उपस्थिति रहने बताइएको छ।
भ्रमण वर्षको औपचारिक उद्घाटनमा उपत्यका आसपासका १९ वटै नगरपालिका झाँकीसहित विशेष प्रस्तुति लिएर फरक-फरक स्थानबाट उद्घाटनस्थल दशरथ रङ्गशाला प्रवेश गर्नेछन्। यस्तै सातै प्रदेशमा यसको औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ। त्यसबाहेक प्रदेशको विशेषताअनुसार पनि फरक फरक समयमा पर्यटकलाई नयाँ अनुभव गराउने कार्यक्रम राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।