



काठमाडौं– हिन्दी फिल्ममा खेलाउने भनेर ठगी गर्ने २ जना भारतीय पक्राउ परेका छन्। २४ वर्षिय विजय ठाकुर र करिष्मा बोहारा त्रिवेदीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।
उनीहरुले हिन्दी फिल्मका लागि कलाकार छनोट भन्दैर्याडिसन होटलमा बोलाएर ठगी गरेका हुन्। प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर उनीहरुले ठगी गरेका हुन्।
ललितपुरको सानेपामा चन्दन झाले संञ्चालन गरेको केटिएम फिल्म्मार्फत उनीहरुले १० जना नेपालीबाट पैसा उटाएका हुन्। उनीहरुलाई होटलमा अडिसनका लागि भनेर बोलाइएको थियो। ‘बोर्ड टाईस’ नामक हिन्दी फिल्ममा खेलाउने भन्दै ठगी गरिएको अपराध महाशाखाले जनाएको छ। पछि उनीहरुले आफुरु ठगिएको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका हुन्।
युवराज त्रिवेदी र करिष्मा बोहाराले आफुहरु भारतीय डाइरेक्टर भएको भन्दै केटिएम फिल्म्मा सम्पर्क राखेका थिए। सो कम्पनीका सञ्चालक झाले कलाकार खोज्न सहयोग गरेका थिए। पछि उनीहरु ठग भएको खुलेपछि झाले नै उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएर पक्राउ गराएका हुन्। युवराज भने भाग्न सफल भएका छन्। उनीहरु नक्कली डाइरेक्टर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। केही पीडितहरुले पनि प्रहरीमा उजुरी गरेका छन्।
पक्राउ परेका ठाकुर झालाई चिनाइदिने व्यक्ति हुन्।
पक्राउ परेका २ जनालाई प्रहरीले ठगी मुद्दामा कारबाही अघि बढाएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।