काठमाडौं– करिब १२ करोड रुपैयाँ हिनामिना आरोपमा मञ्जुश्री फाइनान्स लिमिटेडका पूर्वसिईओ नवराज थापालाई प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई पक्राउ गरी बैंकिङ कसुर मुद्दा दायर गरेको हो।
कमसल धितोमा कर्जा प्रवाह गरी संस्थालाई करिब १२ करोड रुपैयाँ नोक्सान पुर्याेएको आरोपमा सिआईबीले उनलाई पक्राउ गरेको हो। थापाविरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भइसकेको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
बैंकका ऋणी रामशरण भण्डारीलाई २ वर्षअघि नै सिआईबीले पक्राउ गरी मुद्दा दायर गरेको थियो। थापा त्यसबेलादेखि फरार रहदै आएका थिए। आफुमाथि राष्ट्र बैंकले अनुसन्धान थालेपछि उनी बिदेश गएका थिए।
सो घोटलामा संलग्न अन्य केही व्यक्तिहरु फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।