• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

व्यवसायी सेठिया गोलीकाण्ड : हुण्डी कारोबारमा कुरा नमिल्दा निशाना

64x64
नेपाल लाइभ सोमबार, चैत १२, २०७४  १२:४२
1140x725

भैरहवा– भैरहवाका व्यवसायी हरिस सेठियामाथि गत फागुन २८ गते भएको गोली प्रहारका घटना हुण्डीको अवैध कारोबारसँग जोडिएको पाइएको छ। 

गोली प्रहारको घटनाबारे प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्दै हुण्डी कारोबारकै कारण सेठियामाथि गोली प्रहार भएको बताएको छ। 

एक भारतीय नागरिकले हुण्डी कारोबार वापत व्यवसायी सेठियालाई दिनुपर्ने ३५ लाख भारु दिनु नपरोस् भनेर निशाना साँधेको खुलेको छ। 

‘भारतीय नागरिक सद्दाम भनिने मोहम्मद अफ्जलले सेठियालाई लक्षित गरी गोली प्रहार गर्न लगाएको अनुसन्धानबाट खुल्न आएको छ’, रुपन्देहीका एसपी श्यामलाल ज्ञवालीले बताए।

सेठियामाथि गत फागुन १ गते र २८ गते गरी २ पटक गोली प्रहार भएको थियो। फागुन १ को घटनामा सेठियाका ‘बिजनेस पाटर्नर’ भैरहवाका आलु व्यापारी मोहन बनियाँले चलाएको मोटरसाइकलको पछाडि बसेका सेठियामाथि सुटरले गोली प्रहार गरी फरार भएका थिए। उनको शरीरमा गोली छर्रा भेटिएको थियो। प्रहरीले घटना भएको ५ दिनपछि घटनाको जानकारी पाएर सेठियासँग घटनाबारे बुझ्न खोज्दा जानकारी दिन आनाकानी गरेर असहयोग गरेको रुपन्देहीका एसपी ज्ञवालीले बताए।

त्यसपछि फागुन २८ गते राति करिब ९ बजे आफ्नो घरतर्फ जाँदै गर्दा सेठियालाई लक्षित गरी गोली प्रहार भएको थियो। उनलाई गोली भने लागेन। घटनालगत्तै भाग्ने क्रममा मोटरसाइकलबाट लडेपछि स्थानीयको सहयोगमा प्रहरीले भारत महाराजगन्ज नौतनवाका ४६ वर्षीय रमजान मुसलमान (रोजन) लाई पक्राउ गरेको थियो। मोटरसाइकल चालक फरार भएका थिए। घटनाको दुई दिनपछि प्रहरीले मोटरसाइकल चालक भारत जिल्ला महराजगन्ज नौतनवाका ३० वर्षीय मन्जुर मुसलमानलाई पक्राउ गरेको थियो।

मन्जुरले प्रारम्भिक बयानमा सेठियाको हत्या गर्न उनकै ‘बिजनेस पार्टनर’ मोहन बनियाँले आफूलाई सुपारी दिएको दिएपछि प्रहरीले बनियाँलाई पक्राउ गरेको थियो। तर, बनियाँले सुपारी दिएको विषय अस्वीकार गरेपछि प्रहरीले मन्जुरलाई थप केरकार गर्दै अनुसन्धान अघि बढायो।

त्यस क्रममा मन्जुरले आफ्नो बयान फेर्दैै सेठियाको सुपारी बनियाँले नभई भारत जिल्ला महाराजगञ्ज नौतनवा का २७ वर्षीय सद्दाम भनिने मोहम्मद अफजलले दिएको बताएको एसपी ज्ञवालीले जानकारी दिए। प्रहरीले अफजललाई ९ चैतमा पक्राउ गर्न सक्यो।

Ncell 2
Ncell 2
nimb
nimb

अफजलले सेठियाको हत्या गर्न मन्जुरलाई १० लाख भारु दिनुका साथै हतियार, गोली, सुटर लगायत सम्पूर्ण जिम्मा दिएको पाइएको एसपीले ज्ञवालीले बताए।

हुण्डीको रहस्य गर्भमै

गोली प्रहार भएको घटना अवैध हुण्डी कारोबारसँग जोडिए पनि प्रहरीले हुण्डीको विषयमा केही सार्वजनिक गर्न चाहेन। प्रहरीका अनुसार, विगत दुई वर्षदेखि व्यवसायी सेठिया र अफजलबीच हुण्डी मार्फत आर्थिक कारोबार हुँदै आएको थियो। त्यस्तै, बनियाँ पनि हुण्डी कारोबारी रहेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यी तीनै जना हुण्डी कारोबारमा ‘पार्टनर’ रहेको र हुण्डी कारोबारकै कारण घटना भए पनि प्रहरीले भारतीय नागरिक अफजललाई मात्र पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ। 

पक्राउ परेका अफजल र व्यवसायी सेठिया हुण्डी कारोबारी रहेको विवरण मात्र सार्वजनिक गरेको प्रहरीले पक्राउ परेका अर्का हुण्डी कारोबारी बानियाँ निर्दोष देखिएकाले उनलाई तत्काल छाड्ने तयारी गरिएको बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘पक्राउ परेका बनियाँ निर्दोष देखिएका छन्। उनलाई छाड्ने तयारी हुँदै छ’, एसपी ज्ञवालीले भने। प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दामा म्याद थप गर्दै थुनामा राखेको छ।

घटनामा संलग्न रहेको भन्दै हचुवाको भरमा पक्राउ गर्ने र पछि बयान फेरिएको भन्दै छाड्ने खेलमा ठूलो रकमको चलखेल भएको स्रोत बताउँछ। पक्राउ परेका बनियाँ भैरहवाका धनाड्यका व्यक्ति हुन्। स्रोतका अनुसार, उनी पक्राउ परे लगत्तै उनलाई छुटाउन चलखेल सुरु भएको र त्यो सफल हुने क्रममा छ।

हुण्डी कारोबारी अफजलको बयानको आधारमा प्रहरीले अनुसन्धान गरेको भए मुद्रा सहटी काउन्टर व्यवसायीदेखि भैरहवाका ठूला उद्योगी व्यवसायीहरु समेत पक्राउ पर्ने प्रहरी स्रोतको दाबी छ। तर, प्रहरीले हुण्डी कारोबारको विषयमा प्रवेश नै नगरी गोली प्रहारको घटना मात्र सार्वजनिक गरेको छ। 

पक्राउ परेका अफजलले नेपालको को–कोसँग अवैध हुण्डी कारोबार गरिरहेका थिए, कारोबारमा को–को संलग्न छन् भन्नेबारे दिएको बयान सम्बन्धमा प्रहरीले मुख खोल्न चाहेको छैन। 

नाम ६ जनाको, सार्वजनिक ४ जना

गोली प्रहार घटनामा ६ जना संलग्न रहेको प्रहरीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराए पनि पत्रकार सम्मेलनमा चार जना आरोपितलाई मात्र सार्वजनिक गरेको छ।

प्रहरीले गोली प्रहारका लागि सुपारी दिने मोहम्मद अफजल, घटनामा संलग्न रहेको भनी दोस्रो गोली घटनाका सुटर भारतीय नागरिक रमजान मुसलमान, पहिलो र दोस्रो घटनाका मोटरसाइकल एवं घटनाको सुपारी लिने मन्जुर मुसलमान, दोस्रो घटनामा प्रयोग भएको हतियार र गोली घरमा राखेको भैरहवाका नजाबुद्दिन मुसलमानलाई सार्वजनिक गरेको छ। 

त्यस्तै, पहिलो गोली घटनाका सुटर भारतीय नागरिक अजय जयसवाल फरार रहेको प्रहरीले जनाएको छ। यस्तै, अभियोग नखुलाइएका मोहन बनियाँको नाम र तस्बिर प्रेस विज्ञप्ति मार्फत मात्रै सार्वजनिक गरियो।

सार्वजनिक गरिएका चारै जनामाथि ज्यान मार्ने उद्योग र हातहतियार खरखजानामा मुद्दा दायर भएको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १२, २०७४  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्