काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्ने भएको छ। आजको बैठकमा शुक्रबार दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन अध्यादेश पेस हुँदैछ।
यसैगरी आजको बैठकमा गृह मन्त्रालयले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र शिक्षा मन्त्रालयले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश दर्ता गर्ने भएका छन्।
राष्ट्रपतिद्वारा जारी अध्यादेश संसद् अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्ले अनुमोदन गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदको अधिवेशन फागुन २० बाट सुरु भएको हो। संसद्बाट ६० दिनभित्र प्रतिस्थापन नभए अध्यादेश स्वत: निष्क्रिय हुने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।