• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चिनियाँविरुद्धको फितलो अपरेसन, करिब २ सय चिनियाँ फरार भएपछि रित्तो घरमा छापा

64x64
नारायण अधिकारी आइतबार, पुस १३, २०७६  २०:४९
1140x725

काठमाडौं– प्रहरीले गत सोमबार मध्य-दिउँसो काठमाडौं उपत्यकामा अपरेसन गरेर १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो।

मध्य-दिउँसो प्रहरीले चलाएको अपरेसनबाट हालसम्मकै सर्वाधिक बढी चिनियाँ पक्राउ परेको भन्दै प्रहरी अपरेसनको चर्चा भयो। तर त्यसको केही दिनपछि नै फितलो अपरेसन भएको भन्दै प्रहरीभित्रै आलोचना हुन थालेको छ। 

नेपालमा बसेर चीनमा अपराध गरेको आरोपमा ठूलो मात्रामा चिनियाँ नागरिक पक्राउ गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पत्रकार सम्मलेन गरेर प्रहरी महानिरीक्षक (आइजी)कै योजनामा अपरेसन भएको भन्दै आइजी सर्वेन्द्र खनालको प्रशंसा गरेको थियो। तर पक्राउ गर्नुपर्ने चिनियाँ नागरिकसँगै आइजीको फोटो नेपाल साप्ताहिकले सार्वजनिक गरेपछि यसको चौतर्फी आलोचना भएको छ।

सन् २०१७ को अगस्टमै नेपाल सफ्टवेयर कम्पनी खोल्ने भनेर नेपाल प्रवेश गरेका चिनियाँहरूले त्यसको केही समयपछि नै आफ्नो 'नेक्सस' पहुँच भएका व्यक्तिसम्म विस्तार गरेपछि नेपालमै बसेर चीनमा अपराध गर्न सफल भएका थिए।

विदेशमा बसेर चीनका विभिन्न बैंकको रकम निकाल्ने, अनलाइन जुवा खेलाउने, अनलाइन अश्लिल सामाग्री देखाएर रकम लिने, व्यक्तिका गोप्य सूचना चोरेर धम्क्याउँदै रकम असुल्ने काममा चिनियाँ गिरोह सक्रिय भएको थियो। 

चिनियाँ गिरोह यस किसिमको अपराधमा संलग्न भएको पाइएपछि सन् २०१६ को अन्तिमदेखि चीनले थाइल्यान्ड, मलेसिया, लाओस, भियतनाम, कम्बोडियालगायतका देशबाट सयौं संख्यामा आफ्ना नागरिकलाई पक्राउ गरेर चीनले स्वेदश लैजाँदै सजाय दिँदै आएको छ।

अन्य देशमा प्रहरी कारबाही तीव्र भएपछि चिनियाँ गिरोहले नेपाली भूमिलाई आश्रयस्थल बनाएर चीनमा साइबर अपराधका गतिविधि बढाएका थिए। यससम्बन्धी सूचना नेपाल प्रहरीलाई आएपछि प्रहरीको एक टोलीले विगत ७/८ महिना अघिदेखि नै यस विषयमा गहन अनुसन्धान सुरु गरेको थियो।

चिनियाँको गतिविधिविरुद्ध लामो समय रेकी गरेका प्रहरीका एक अधिकारीका अनुसार पक्राउ गर्नुपर्ने चिनियाँ नागरिकको संख्या करिब ३ हजारको हाराहारीमा थियो।

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौं उपत्यकाका करिब ७० घरबाट ३ हजारको हाराहारीमा पक्राउ गर्नुपर्नेमा जम्मा १ सय २२ जना मात्रै चिनियाँ पक्राउ गर्न प्रहरी सफल भएको छ। ती चिनियाँ पक्राउ गर्न ५० जनाको हाराहारीमा चिनियाँ टोलीसमेत काठमाडौं आएको थियो। तर सानो संख्यामा चिनियाँ पक्राउ परेपछि उनीहरुले असन्तुष्ट भएका थिए। 

अझ कतिसम्म भने त करिब २ सय जना चिनियाँ बसेको भनिएको मनमैंजुको ७ तले घरमा सबै बाहिरिएपछि प्रहरीले छापा हानेको थियो। प्रहरी स्रोतअनुसार सो घरको तल्लो तलालाई मेसको रुपमा प्रयोग गरिएको थियो। त्यसदेखि माथिल्लो एक तलामा अफिस र अर्को तलामा बेडसहितको सुत्ने व्यवस्था थियो।

यो घर मुख्य अफिसमध्ये एक थियो। एकै उमेर समूहका चिनियाँ युवायुवतीहरु ठूलो संख्यामा देखिएपछि स्थानीयहरू नै अचम्ममा पर्दै चिनियाँ आर्मी आएको हुन सक्ने शंका गर्थे।

अपरेसन सञ्चालन हुने दिन गत सोमबार बिहान ८ बजे नै उक्त घर नजिक सादा पोसाकमा प्रहरी पुगेका थिए। त्यतिन्जेलसम्म उक्त घरबाट चिनियाँहरु एक/दुई जना गर्दै बाहिरिरहेका थिए। अन्तमा दिउँसो १:२५ मा  अपरेसन सुरु भयो। त्यतिबेला उक्त घरको गेटमै ठूलो ताल्चा लागेको थियो। 

‘घनले ताल्चा फुटाएर भित्र त छिर्‍यौं। तर मान्छे भने कोही पनि फेला परेनन्,’अपरेसनमा खटिएका एक प्रहरी सुनाउँछन्, ‘जबकि २ सयभन्दा बढी चिनियाँ यो घरमा बस्छन् भनिएको थियो।’ मासिक १२ लाख तिरेर चिनियाँले त्यस घरलाई आफ्नो अखडा बनाउँदै आएका थिए। पछि त्यस वरपरका घरहरुबाट प्रहरी ७३ चिनियाँ पक्राउ गरेको थियो।

चिनियाँ नागरिकसँग प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल।

पक्राउ परेका र फरार भएका चिनियाँ नागरिकको आइजी खनालदेखि मन्त्रीसम्म कनेक्सन भएको पाइएको छ। सुरक्षा निकायका व्यक्तिले कुनै पनि विदेशी नागरिकसँग भेट तथा छलफल गर्दा परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्ने हुन्छ। र त्यसको रिपोर्टसमेत गर्नुपर्ने हुन्छ। तर कुनै जानकारी नदिई आइजी खनालले नेपालमा बसेर अपराध गरेका भनिएका चिनियाँ नागरिकसँग बर्दीमै भेटघाट गरेको पाइएको छ।

अखडा छाडेर होटल पुगेका चिनियाँ गायब
ग्याम्बिलिङ माफियाका मुख्य नाइकेहरु चेन सितियाङ, रोङफेङलगायतका चिनियाँ बालुवाटारस्थित एक घरमा भाडा लिएर बस्दै आएका थिए। प्रहरीले छापा हानेर केही व्यक्ति पक्राउ गरे पनि ठूलो संख्याका चिनियाँ उम्कन सफल भएका थिए। 

स्रोतका अनुसार उनीहरुले सो अखडा छाडेपछि मात्रै प्रहरीले अपरेसन सुरु गरेको थियो। आफ्नो अखडा छाडेर उनीहरू रोयल स्यान्ड, सबरिना, चाङ्गसु र पुरानो गजुर होटलमा पुगेका थिए। 

ती होटलमा पुगेका उनीहरु त्यसपछि कहाँ गायब भए भन्ने कुरा अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। अध्यागमनलाई पत्राचार गरेर उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

चिनियाँ अधिकारी असन्तुष्ट
करिब ३ हजारको हाराहारीमा पक्राउ गर्ने योजनामा रहेको चिनियाँ पक्ष पहिलो चरणमा करिब ३ सय पक्राउ गर्नुपर्ने चिनियाँ अधिकारीको योजना थियो। ‘तीन सय जनालाई पक्राउ गरेर विमान चार्टर गरेर पठाएपछि थप पक्राउ गर्ने चिनियाँ योजना थियो,’एक उच्च अधिकारीले सुनाए, ‘तर जम्मा १ सय २२ चिनियाँ मात्रै पक्राउ गरेर मिडियामा स्टन्ट गरियो। सूचना जम्मै लिक भयो। त्यसपछि चिनियाँ अधिकारी असन्तुष्ट बने।’

५० भन्दा बढीको हाराहारीमा नेपाल आएका चिनियाँ सुरक्षा अधिकारी नेपाल प्रहरीको फितलो अपरेसनबाट असन्तुष्ट बनेको बताइएको छ। करिब ७० घरमा छापा हान्नुपर्नेमा मनमैंजु, बाँसबारी र बुढानीलकण्ठका मात्रै ९ घरमा छापा हानियो। तर ललितपुर, धुलिखेल, पोखरा चितवनलगायतका ठाउँमा अपरेसन नै गरिएन।

अझ यस्तो अपरेसन त संद्दिग्ध व्यक्तिले चाल नपाओस् भनेर मध्यराति सबै ठाउँमा एकै समयमा संचालन गरिन्छ। तर मध्य-दिउँसो, कोठाबाट सबै बाहिर निस्किेका बेला अपरेसन गर्नुले शंका गर्ने ठाउँ देखिएको छ।

सफ्टवेयर कम्पनीको नाममा छिरेको थियो चिनियाँ गिरोह

पक्राउ परेका र फरार चिनियाँ सफ्टवयेर कम्पनी सञ्चालन गर्ने उद्देश्य बनाएर नेपाल छिरेको पाइएको छ। उनीहरुले एक महिनाको अवधिमा साढे २ अर्बभन्दा बढीको सफ्टवेयर कम्पनी सञ्चालन गर्ने भन्दै भिसा आवेदन दिएको पाइएको छ।

यसरी अर्बौं लगानी गरी कम्पनी खोल्ने भन्दै भिसा आवेदन दिएपछि सरकारी निकायले उनीहरुको सुक्ष्म निगरानी गरेका थिए। गत चैत १२ मा सुन लिङ, सुन जी, झाङ याङ, वु हाईसेङ र झु जियाङले नेपालमा सफ्टवेयर निर्माण भन्दै कम्पनी नै दर्ता गरेका थिए। सोही आधारमा उनीहरुलाई भिसा दिइएको थियो।

चिनियाँको एक समूह यही योजना बनाएर नेपाल प्रवेश गरेपछि अन्य समूहले पनि विभिन्न सफ्टवेयर कम्पनी खोल्ने भन्दै नेपाल आएको देखिएको छ। यसरी नेपाल प्रवेश गरेका उनीहरूले चीनमा अपराध गर्दै आएको पाइएको छ।

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका-९ क... आइतबार, साउन १०, २०८३
लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ शुक्रबार राति करिब ११:०० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी वरिष्ठ हवल्द... शनिबार, साउन ९, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास आत्मदाह गर्न खोज्ने २७ वर्षीय विशाल तामाङलाई प्रहरी नियन्त्रणमा लिएर छाडेको छ। तामाङ रामेछापको दोरम्बा गाउँपालिका–१ का स्थानीय हुन्... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
राष्ट्रपति पौडेलसँग प्रमुख विपक्षी दलका नेता आङ्देम्बेको भेट सोमबार, साउन ११, २०८३
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जका सडकमा सेना सोमबार, साउन ११, २०८३
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्