थाइराइड सम्बन्धी समस्याको अध्ययन गर्दा पुरुषको तुलनामा महिलामा बढी भएको पाइएको छ। अमेरिकामा गरिएको एक अध्ययन अनुसार १ प्रतिशत महिलामा थाइराइड समस्या देखिएको छ भने पुरुषमा कुल जनसंख्याको शून्य दशमलब ०१ प्रतिशतलाई मात्रै। नेपालका ओपिडीमा आइरहेका बिरामीको संख्याको अनुपातलाई विश्लेषण गर्ने हो भने पनि यो पुष्टि हुन्छ।
२० देखि ४० वर्षको उमेरमा थाइराइड हुने सम्भावना करिव २० प्रतिशत छ।
यसको कारण हो, पुरुषको तुलनामा महिलाको शरीर हर्माेनको मामलामा संवेदनशील हुन्छ।
थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाको शरीरले त्यसको असरमा प्रतिक्रिया देखाइहाल्छ। त्यसको तुलनामा पुरुषहरुको शरीरमा हर्मोनको मात्रा केही तलमाथि हुँदैमा खासै प्रभाव पार्दैन।
पुरुषमा हर्मोन १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिने हुन्छ भने महिलामा १ प्रतिशत तलमाथि हुँदा मात्रै पनि असर देखिन थाल्छ।
थाइराइडले ‘मेटाबोलिजम’लाई एकदमै नियन्त्रण गर्छ। शरीरको तापक्रम पनि नियन्त्रण गर्छ।
पुरुषको अण्डकोषबाट शुक्रकीट निस्कासनका लागि तापक्रमको भूमिका महत्वपूर्ण हुन्छ। उपयुक्त तापक्रममा नै शुक्रकीट उत्पादन हुने हो। तापक्रमको फेरबदलले पुरुषको शुक्रकीट उत्पादन कम हुन्छ। महिलामा पनि हर्मोनको गडबडले महिनावारीमा समस्या ल्याउँछ। जसका कारण बच्चा नबस्ने समस्या देखा पर्छ।
हरेक गर्भवती महिलाको थाइराइड स्क्रिनिङ गर्नुपर्छ। गर्भवती हुनुभन्दा पहिले नै थाइराइड भएको भए झनै सतर्कता अपनाउनुपर्छ।
नभए पनि हरेक गर्भवतीको स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ। थाइराइड भएको महिला गर्भवती भइसकेपछि औषधि सेवन गर्न छाडेका भेटिन्छन्, जुन गलत हो। हाइपर थाइराइड छ भने डाक्टरहरुको सल्लाहमा निर्णय लिनुपर्छ भने हाइपो थाइराइड छ भने औषधिको मात्रा थप बढाउनुपर्ने हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।