महमा ११ वटा महत्वपूर्ण मिनिरल्स पाइन्छन्, जुन हाम्रो शरीरको बनावट र विकासका लागि निकै आवश्यक छ।
महको प्रयोग विभिन्न प्रयोजनका लागि गरिन्छ। कुनै पुरानो घाउचोट निर्मूल पार्नका लागि महको प्रयोग गर्ने गरिन्छ। मुहारमा चमक ल्याउन र फिट रहन पनि यसको नियमित सेवन गर्ने गरिएको छ। हरेक कुराका केही नकारात्मक गुण पनि हुन्छन्। त्यो महमा पनि लागू हुन्छ। त्यसैले प्रयोग गर्नुअघि सचेत हुनैपर्छ।
महको इतिहास निकै लामो छ। १८औं शताब्दीका मानिसहरु महको गुणकारी तत्वबाट यति प्रभावित थिए कि उनीहरुको रोजाइमा मह नै पर्ने गर्थ्यो।
महका फाइदा यस्ता छन् :
१. मह निकै सजिलोसँग पाचन प्रणालीमा घुल्ने गर्छ। रक्तसञ्चार प्रणालीमा पनि यसले निकै फाइदा पुर्याउँछ।
२. मह शक्तिवर्द्धन औषधि पनि हो।
३. तपाईं मरुभूमि जस्तै ठाउँमा अलपत्र पर्नुभएको छ र खानेकुराको अभाव छ भने त्यो बेला मह अमृत साबित हुन सक्छ।
४. ह्याङओभरबाट निस्कनका लागि मह फाइदाजनक छ।
५. महले पेटको ग्यास हटाउन र जलेको घाउको चोट हटाउन मद्दत पुर्याउँछ।
६. खाली पेटमा महलाई मनतातो पानी र कागतीको साथ नियमित सेवन गर्नाले अनावश्यक फ्याट कम हुन्छ। साथै शरीरलाई तन्दुरुस्त बनाउँछ।
७. 'मह फर लभ' पनि भन्ने गरिन्छ। यसको नियमित सेवनले श्रीमान्-श्रीमतीको शारीरिक स्वास्थ्य ठिक बनाउँछ, जसले उनीहरुबीच प्रेमलाई अझै बजबुत बनाउँछ।
हामी जे खान्छौं, त्यसलाई सही तरिकाले प्रयोग गर्यौं भने रोगव्याधिबाट धेरै टाढा रहन सक्छौं। मह पनि यस्तै अचूक औषधि हो। जसलाई नियमित प्रयोग गरी भरपूर लाभ लिन सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।