एजेन्सी– बलिउड अभेनेत्री आलिया भट्ट फिल्म सुटिङका क्रममा घाइते भएकी छिन्। स्रोतका अनुसार उनी बुल्गेरियामा घाइते भएकी हुन्, जहाँ ‘ब्रह्मास्त्र’को सुटिङ भइरहेको थियो। उनको काँधमा चोट लागेको स्रोतमा उल्लेख गरिएको छ। आलियाले केही दिनअघिको एक अन्तवार्तामा फिल्मको सुटिङ समयतालिका निकै कठिन र अप्ठ्यारो रहेको बताएकी थिइन्। सुटिङको समय तालिका निकै व्यस्त भएकाले घाइते अवस्थामा पनि आरामका लागि घर आउन असमर्थ भएको स्रोतमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।