एजेन्सी– भारतीय विदेशमन्त्री सुष्मा स्वराजले सन् २०१४ मा ईराकमा बेपत्ता भएका ४० भारतीय मध्ये ३९ जना मरिसकेको बताएकी छिन्।
राज्यसभालाई सम्बोधन गर्दै विदेशमन्त्री स्वराजले चरमपन्थी संगठन आइएसआइएसले बेपत्ता बनाएका ३९ भारतीयको ज्यान गएको पुष्टि गरिन्।
विदेशमन्त्री स्वराजले इराकको मोसुलमा बेपत्ता भएका सबै ३९ जना अब जीवित नरहेको बताइन्।
बेपत्ता भएका सबै व्यक्तिलाई लिएर भारतभित्र अनिश्चियको स्थिति थियो।
उनले बेपत्ता पारिएका ४० मध्ये हरजित मसिह मुसलमान बनेर त्यहाँबाट भाग्न सफल भएको समेत बताइन्।
विदेशमन्त्री स्वराजका अनुसार मृत्युको पुष्टि मृतकको परिवारजनको डिएनए नमूनाको परीक्षणबाट भएको हो।
त्यसमा ३१ जना पञ्जाव, ४ जना हिमाञ्चल र बाँकी पश्चिम बंगाल र बिहारका मानिस थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।