एजेन्सी– सेलिब्रेटीहरुको लोकप्रियताको चर्चा चलिरहन्छ। सामाजिक सञ्जालहरुमा सेलिब्रेटीहरुको फ्यान फलोअर्सले पछिल्लो समय धेरै अर्थ राख्ने गरेको छ। बलिउड अभिनेत्रीहरुमा को बढी लोकप्रिय भनेर बेलाबेला लेखाजोखा चल्ने गर्छ। यसमा पनि बलिउडदेखि हलिउडसम्मको सफरमा आफूलाई सफल साबित गरिसकेका प्रियंका चोपडा र दीपिका पादुकोणको लोकप्रियता धेरैको चासोमा पर्छ। फेसबुक, ट्विटर तथा इन्स्टाग्राममा कसका कति फलोवर्स छन् भन्ने विषय पनि खोजीको विषय बन्ने गर्छ।
केही समयअघिसम्म इन्स्टाग्रामको सर्वाधिक लोकप्रिय बलिउड अभिनेत्रीमा प्रियंका चोपडा थिइन्। पछिल्लो समय भने प्रियंकालाई पछि पार्दै दीपिका पादुकोणले पछि पारेकी थिइन्। इन्स्टाग्राममा दीपिकालाई अहिलेसम्म २ करोड २४ लाख ६६ हजारभन्दा बढीले पछ्याएका छन् भने प्रियंकाका २ करोड २१ लाख १ हजारभन्दा बढी फलोअर छन्। बलिउडदेखि हलिउडसम्म आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रियंकाभन्दा दीपिका कसरी अगाडि भनेर चासो लाग्न सक्छ। तर, पछिल्लो समय दीपिकाको चर्चा सर्वत्र बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।