काठमाडौं–बैदेशिक रोजगारीमा जाने कामदारलाई प्रयोग गरी सुन तस्करी गर्ने तीन जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त गौशलाले गोपिकृष्ण हल नजिकैको गेष्ट हाउसबाट तीन जनालाई ४ सय ५० ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा चामबहादुर केसी, नारायण कुँवर, खुम प्रसाद न्यौपाने छन्।
उनीहरुले बैदेशिक रोजगारबाट फर्किएका कामदारलाई प्रयोग गरी ल्याइएको सुन संकलन गरेका थिए।
कामदारहरुले ५० ग्रामसम्म सुन ल्याउन पाउने भएकाले उनीहरुलाई प्रयोग गरी सुन तस्करी गर्दै आएका थिए।
पक्राउ परेकाहरुबाट ९ वटा सुनको चुरा बरामद भएको गौशला वृत्तका डिएसपी अुनपम श्रेष्ठले बताए।
बरामद सुन २२ लाख ६ हजार ८ सय रुपैयाँ बराबरको भएको प्रहरीले जनाएको छ।
गत साता पनि प्रहरीले यसैगरी सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।