complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निगमको ८ करोडको तेल चोरी प्रकरण : तीन वर्षदेखि विशेष अदालतमै अल्झियो मुद्दा

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  १३:४४
1140x725

काठमाडौं- भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बीच बाटोमै चोरी गरी करिब ८ करोड रुपैयाँ बराबर नेपाल आयोग निगमलाई नोक्सान पुर्या एको भन्दै ९८ जना विरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दा तीन वर्षदेखि विशेष अदालतमै अल्झिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको सबै अंग पुगे पनि पक्षका कानुन व्यवसायीहरुले स्थगित गर्दा अझैसम्म फैसला हुन सकेको छैन। 

मंगलबार उक्त मुद्दा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र सदस्यद्वय चण्डीराज ढकाल र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा पेशी परेको थियो। तर, पक्षको कानुन व्यवसायीले उपस्थित हुन नसक्ने निवेदन दिएपछि अदालतले पेशी स्थगित गरेको छ। 

तेल चोरी प्रकरणमा आयल निगमको क्षेत्रीय कार्यालयका प्रमुखसहित ट्याङ्कर चालक र ट्याङ्कर धनी गरी ९८ जनाको मिलेमतो भएको दाबी गर्दै २०७१ भदौ ३१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। अख्तियारले पेट्रोलियम पदार्थ बीच बाटोबाटै चोरी गर्ने कार्यमा संलग्न भएको अभियोगमा निगमको क्षेत्रीय कार्यालय रुपन्देहीका तत्कालीन उप-निर्देशक समेतलाई विपक्षी बनाएको थियो।

भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीमा रहेको निगमको डिपोमा पेट्रोलियम पदार्थ आयात गर्ने क्रममा  निगमकै संलग्नतामा बीच बाटोबाटै इन्धन चोरी हुने गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो। अख्तियारले तेल चोरीमा संलग्न भएको भन्दै आयल निगमका ८ कर्मचारी, पेट्रोलियम व्यवसायी ४,  ट्याङ्कर धनी ६६ र चालक १९ जना विरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरुबाट ७ करोड ७७ लाख ८४ हजार बिगो असुल हुनुपर्ने माग गरेको थियो। 

अख्तियारले तेल चोरीमा निगमको क्षेत्रीय कार्यालयका उप–निर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दिपेन्द्र बस्नेतसहित ३ जना सहायक प्रबन्धक र २ उपप्रबन्धक रहेको दाबी आरोपपत्रमा गरेको छ। यस्तै, व्यवसायीमा शंकर भट्टराई, सुरेशप्रसाद उमर, राजु न्यौपाने र लोकप्रसाद भुषाल तेल चोरीमा संलग्न रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

त्यस्तै, अख्तियारले विपक्षी बनाएका ट्याङ्कर धनीमा हरिबहादुर कुँवर, राकेश कसौधन, पशुपति कशौधन, प्रिया गुरुङ, पप्पु कशौधन, चोपनारायण श्रेष्ठ, बालकृष्ण गैरे, प्रेमराज गैरे र पशुपति भारी छन्। भ्रष्टाचारको मुद्दा लाग्ने अधिकांश रुपन्देहीका व्यापारी हुन्। अख्तियारले डिपोका कर्मचारी, सम्बद्ध व्यवसायी र ट्याङ्कर धनीको मिलेमतोमा भारतबाट पेट्रोलियम पदार्थ ढुवानीको क्रममा कम परिमाण देखाई राजस्व हिनामिना गर्ने, बाटैमा पेट्रोलियम पदार्थ झिक्ने, निर्धारित परिमाणभन्दा बढी तेल आयात गर्ने जस्ता कार्य गरी राजस्व ठगी हुने गरेको दाबी आरोपत्रमा गरेको छ। 

१ करोड ९ लाख ३६ हजार बराबर पेट्रोलियम पदार्थको राजस्व नतिरेको, ६ करोड १७ लाख रुपैयाँको पेट्रोलियम पदार्थ झिकेको र कर्मचारीले ५१ लाख ४५ हजार रुपैयाँ घुस लिएको गरी राज्यलाई झन्डै ८ करोडको नोक्सान भएकाले त्यसको असुल उनीहरुबाट गरिनुपर्ने अख्तियारको आरोपपत्रमा उल्लेख छ। 

२०७१ बैशाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रुपमा छापा मार्दै तेल चोरिरहेको अवस्थामा करिब ३ दर्जनलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरु रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको आदेशमा धरौटीमा रिहा भएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

निगमका कर्मचारी र ट्याङ्कर धनीलाई सफाइ, चालक दोषी !

२०७१ जेठ ८ गते रुपन्देही जिल्ला अदालतले रुपन्देहीमा भएको तेल चोरी काण्डमा संलग्न भनिएका ट्याङ्करका चालकहरुलाई दोषी ठहर गर्दै ट्याङ्कर धनी र नेपाल आयल निगमका कर्मचारीलाई निर्दोष रहेको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलापछि चालक दोषी भएका थिए भने कर्मचारी र ट्याङ्कर मालिकहरुले सफाइ पाएका थिए। 

जिल्ला अदालतले ४ जना चालकलाई जनही १ महिना कैद सजाय र जरिवाना गर्ने फैसला सुनाएको थियो। चालकलाई दोषी ठहर गरे पनि सहचालकलाई भने अदालतले सफाइ दिएको थियो। जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको इजलासले चालकहरु रामचन्द्र चौधरी, शिवकुमार चौधरी र सुदीप कार्कीलाई १ महिना कैद र ६ हजार सय ४० रुपैयाँ जनही जरिवाना हुने फैसला सुनाएको थियो। त्यस्तै, चालक नेत्रबहादुर खड्कालाई १ महिना कैद र ४ हजार १ सय ६० रुपैयाँ जरिवाना हुने तत्कालीन फैसलामा भनिएको थियो। 

रामचन्द्र, शिव र सुदीपमाथि ६०–६० लिटर तेल चोरेको अभियोग थियो भने नेत्रमाथि ४० लिटर तेल चोरेको अभियोग थियो। तेल चोरी मुद्दा लागेका ट्याङ्कर धनीहरु हरिबहादुर कुँवर, पप्पुकुमार कसौधन, राजेश कसौधन, रुद्रप्रसाद शर्मा, प्रिया गुरुङ र  श्रवण गुरुङलाई अदालतले सफाइ दिएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै, चोरीमा सघाएको अभियोग लागेका नेपाल आयल निगम रुपन्देही भलवारी डिपोका तत्कालीन प्रमुख नागेन्द्र कुर्मीसहित कर्मचारीहरु दिपेन्द्र बस्नेत र रिवनकुमार राउतले पनि सफाइ पाएका थिए।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  १३:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्