काठमाडौं– गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले जेलबाटै अदालतमा भिडियो कन्फरेन्सको सुविधा सुरु गर्ने तयारी गरेका छन्। यसका लागि सात दिनभित्र योजना पेश गर्न उनले कारागार व्यवस्था विभागलाई निर्देशन दिएका छन्।
मंगलबार केन्द्रीय कारागारको निरीक्षण गरेपछि उनले समग्र कारागार योजना १५ दिनभित्र तथा भिडियो कन्सफरेन्सको योजना ७ दिनभित्र पेश गर्न निर्देशन दिएको गृह मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। हरेक पेशीमा बन्दीलाई अदालत लैजादा समस्या हुने गरेको गुनासोपछि मन्त्री थापाले जेलबाट अदालतमा भिडियो कन्फरेन्सको सुविधा सुरु गर्न लागेका हुन्।
७५ वर्ष नाघेका कैदीले पाउने सुविधा दिन समेत उनले निर्देशन दिएका छन्।
बिरामी कैदीहरुलाई छुट्टै कारागारमा राख्न तथा कैदी÷बन्दीको उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। कैदी÷बन्दीहरुको गुनासो गोप्य रुपमा मन्त्रालय पठाउन र आन्तरीक सुधार गर्न पनि उनले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।