काठमाडौं– सर्वसाधारणको धेरै गुनासो पर्नेमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले छड्के निरीक्षण गरेका छन्।
छड्के निरीक्षणका क्रममा अध्यागमन डेस्कमा अधिकांश कर्मचारी अनुपस्थित थिए।
खाजा खाने बहानामा डेस्क नै खाली गराएर कर्मचारी बाहिर गएपछि मन्त्री थापाले छानबिन गरी उनीहरुमाथि कारबाही गर्न अध्यागमन प्रमुखलाई निर्देशन दिएका छन्। मन्त्री थापा आफैंले डेस्कमा अनुपस्थित कर्मचारीहरुको विवरण लिएका थिए।
उनले अध्यागमन कर्मचारीहरुको बारेमा धेरै गुनासो आउने गरेको बताउँदै सुधार गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री थापाले विमानस्थलको सुरक्षा अवस्थाको बारेमा पनि सुरक्षा अधिकारीसँग जानकारी लिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।