काठमाडौं- एक दिवसीय विश्वकप मान्यता सहित नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको हो। विमानस्थलमा क्रिकेट खेलाडीलाई भव्य स्वागत गरिएको छ। विमानस्थलमा प्रसंशकको भीडमाझ नेपाली क्रिकेट टिम होटलतर्फ गएको छ।
विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८औं स्थानमा खेल पूरा गर्दै ४ वर्षका लागि ऐतिहासिक एक दिवसीय मान्यता पाएको थियो।

नेपाली क्रिकेटको इतिहासमै सबै भन्दा ठूलो सफलता हात पारेर नेपाली टिम स्वदेश फर्किएको हो। नेपालले सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएको छ।
नेपाली खेलाडीको स्वागतका लागि सयौंको संख्यामा प्रशंसक विमानस्थल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।