complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

हेमराज–आरुषी हत्या प्रकरण : खुल्ला त हत्याराको पहिचान?

64x64
नेपाल लाइभ मंगलबार, चैत ६, २०७४  ००:१६
1140x725

काठमाडौं– भारतको चर्चित हेमराज–आरुसी हत्याकाण्डमा हाइकोर्टको फैसलालाई चुनौती दिँदै हेमराज बञ्जाडेकी पत्नी खुमकला बञ्जाडेले दिएको निवेदन भारतीय सर्वोच्च अदालतले स्वीकार गरेको छ। हत्याकाण्डमा हाइकोर्टको फैसला बदर हुनुपर्ने र पुनः अनुसन्धान भई निर्णय हुनुपर्ने खुमकलाको मागमा सुनुवाइ गर्दै सर्वोच्चले नयाँ फैसला सुनाउनेछ।

यसअघि भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले हाइकोर्टको फैसलाप्रति असन्तुष्टि जनाउँदै सर्वाेच्च अदालतमा अपिल गरेको थियो। हाइकोर्टको फैसला विरुद्ध हेमराजकी पत्नीले दर्ता गरेको अपिल दोस्रो हो। २००८ मे १४ मा भएको आरुषी–हेमराज हत्याकाण्डमा प्रमाणको अभाव देखाउँदै इलाहावाल हाइकोर्टले २०१७ अक्टुबर १२ मा आरुषीका बुवा–आमा राजेश तलवार र नुपुर तलवारलाई रिहा गर्ने आदेश दिएको थियो।  

तर, हेमराजकी पत्नीले पुन जाहेरी दर्ता भएपछि तलबार दम्पतीलाई रिहा गर्ने वा नगर्ने विषयमा हाइकोर्टले गरेको फैसलाबारे अब सर्वोच्च अदालतले निर्णय गर्नेछ। नेपालको अर्घाखाँची धारापानी स्थायी घर भएकी खुमकलाले इलाहावाद हाइकोर्टको फैसलालाई चुनौती दिँदै हत्याकाण्डका अभियुक्त तलवार दम्पतीलाई निर्दोष ठहर गर्ने फैसला उल्टाउन समेत माग गरेकी छन्। उनले भारतमा मजदुरी गरिरहेका आफ्नो निर्दोष पतिको हत्या गरेको र आफूलाई न्याय चाहिएको दाबी निवेदनमा गरेकी छन्। 

खुमकलाले न्याय माग्दै गत पुसमा भारतीय सर्वोच्च अदालतमा जाहेरी  निवेदन दिएकी थिइन्। उनले दिल्ली पुगेर दर्ता गरेको निवेदन सर्वोच्चले ३ महिनापछि स्वीकार गरेको हो। उनले एक महिनाअघि फैसला पुनरावलोकनका लागि निवेदन दिएकी थिइन्। सुरु अदालतले दोषी ठहर गरेको र हाइकोर्टले त्यसलाई उल्टाएकाले सर्वोच्चले त्यसमा पुनः सुनुवाई गर्ने निर्णय गरेको छ।

 सर्वोच्चले खुमकलाको याचिका (निवेदन) दर्ता गरेपछि यसमा सर्वोच्चले हेर्न पाउने भएको हो। यसअघि सिबिआईले याचिका दर्ता गरेकोमा खुमकलाले दिएको जाहेरी पनि सर्वोच्चले स्वीकार गरेको छ। अब सर्वोच्चले दुई वटा जाहेरीको आधारमा नयाँ फैसला गर्नेछ।

खुमकलाले दर्ता गरेको निवेदनमा हाइकोर्टको फैसला गलत भएको दाबी गरिएको छ। हाइकोर्टले आफ्नो पतिको हत्या भएको स्वीकार गरेको तर कसैलाई दोषी ठहर नगरेकाले उक्त फैसला त्रुटिपूर्ण भएकाले बदर भई तलवार दम्पतीलाई सजाय हुनुपर्ने माग गरिएको छ।

सिबिआईले दर्ता गराएको निवेदनमा पनि हत्याको समयमा उपलब्ध व्यक्ति नै हत्यारा हुने सिद्धान्त नमानेकाले फैसला उल्टाई तलवार दम्पतीलाई सजाय हुनुपर्ने माग गरिएको छ। अन्तिम समयमा जलवायु विहारमा तलवार दम्पती सँगै रहेको उनीहरुले बयानमा स्वीकार गरेको निवेदनमा जिकिर गरिएको छ।  

हत्या पुष्टिका लागि ड्राइभर उमेश शर्माले अदालतमा बयान दिएको र हत्या भएको रात कुनै पनि नयाँ व्यक्ति तलवार निवासमा नआएकाले उनीहरुले नै हत्या गरेको पुष्टि हुने हेमराजकी श्रीमतीले दिएको निवेदनमा उल्लेख गरेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

२००८ मे १५ मा आरुषीको हत्या भएको थियो भने मे १६ मा नेपालका हेमराजको शव भेटिएको थियो। उक्त समयमा निवासमा तैनाथ भएका सुरक्षागार्डले छोटो अवधिमै दुई हत्या भएको र घरमा अन्य व्यक्ति प्रवेश हुन नसक्ने र प्रवेश गरेको आफूलाई जानकारी नभएको भनी बयान दिए पनि त्यसलाई हाइकोर्टले बेवास्ता गरेको जिकिर पनि गरिएको छ।

सिबिआई विशेष अदालतले हत्याको घटनामा तलवार दम्पतीलाई नै दोषी ठहर गरेको थियो। २०१३ नोभेम्वरमा सिबिआई अदालतका न्यायाधीश एस लालले तलवार दम्पतीलाई आजीवन काराबासको  फैसला सुनाएको थियो। यस प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै थप पाँच वर्ष अत्तिरिक्त सजाय हुने फैसला समेत सो अदालतले तय गरेको थियो।

के हो हेमराज–आरुषी हत्याकाण्ड?

डेन्टिस्ट राजेश तलवारकी १४ वर्षीया छोरी आरुषी र उनको घरमा काम गर्ने हेमराजको १५ र १६ मे २००८ मा नोएडा जलवायु विहारस्थित तलवार निवासमा हत्या भएको थियो। आरुषी आफ्नै घरमा मृत भेटिएकी थिइन् भने हेमराजको एक दिनपछि शव फेला परेको थियो। सो घटनामा प्रहरीले सुरुमा घरमा काम गर्ने हेमराजमाथि शंका गरेको थियो। तर, उनी पनि उक्त घरबाट गायब भएको पाइएपछि थप अनुसन्धान अघि बढाइएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भोलिपल्ट हेमराजको शव खोला किनारमा भेटिएपछि यो प्रकरण रहस्यमय भएको थियो।

उत्तरप्रदेश प्रहरीले सुरुमा मुद्दा अनुसन्धान गर्दा घरमा काम गर्नेमाथि शंका गरे पनि पछि तलवार दम्पतीमाथि नै शंका गरेको थियो। तलवार दम्पतीले आरुषी र हेमराजलाई आपत्तिजनक अवस्थामा देख्दा आवेगमा आई हत्या गरेको निष्कर्ष प्रहरीले निकालेको थियो।

यो मुद्दा सिबिआईको जिम्मामा पुगेको थियो। २६ नोभेम्वर २०१३ मा सीबिआईको तल्लो अदालतले तलवार दम्पतीलाई दोषी ठहर गरेको थियो।

यसको पछाडि प्रहरीले दाबी गर्दै आएको एउटै तर्क थियो, तलवार दम्पतीले आफ्नी छोरी र नोकरबीच यौन सम्बन्ध हुने गरेको थाहा पाएपछि दुवैको हत्या गरे।

३० महिनाको अनुसन्धानपछि सिबिआईले २०१० डिसेम्बरमा अदालतमा रिपोर्ट पेश गरेको थियो।  उसले तत्काल देख्ने साक्षी नहुँदा यकिनका साथ कसले हत्या गरेको भनी किटेर भन्न नसकिएको प्रतिवेदनमा उल्लेख गरेको थियो।

तर, त्यसलाई खारेज गर्दै सिबिआई कोर्टले आरुषीका अभिभावकलाई दोषी ठहर गरेको थियो। सो फैसला विरुद्ध तलवार दम्पती इलाहावाद हाईकोर्ट पुगेका थिए। यो प्रकरण अब सर्वोच्च अदालत पुगेसँगै उसले गर्ने अन्तिम निर्णयले नै हत्याकाण्डको दोषी यकिन हुने देखिन्छ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०७४  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्