काठमाडौं- नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा उपराष्ट्रपति पुनलाई पदको सपथ गराएकी हुन्।
समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायममुकायम प्रधानन्यायाधीश, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसद लगायतको उपस्थिति थियो।
पुन आइतबार दोस्रो कार्यकालका लागि उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।