एजेन्सी- उनीहरुले सधैँ स्कर्ट लगाउन मन गरे र गुडिया खेलाउने बानी बसाए। तर कसैलाई पनि आफ्नो लैंगिक समस्याका विषयमा कति समस्या छ भनेर देखाएनन्। ओ हेरलिहाई दाजुभाइले अहिले मुख खोलेका छन्। अब महिलाजसरी बस्ने आफ्नो पुरानो इच्छा सार्वजनिक गरेका छन्। दाइ जेमी २३ वर्षका भए र भाइ चोली २० वर्षका छन्। उनीहरु महिला बनेर जिउन चाहन्छन् र यसका लागि एकअर्कालाई सहयोग गर्छन्।
भाइ चोलीले दाइ जेमीलाई आफू पनि महिला बनेर बस्न रुचाउने बताएपछि उनीहरुले एक भएको महसुस गरे। आयरल्यान्डको डुब्लिनस्थित एक बारमा काम गर्दै आएका जेमी भन्छन्, ‘मलाई उसको रुचि सुनेपछि हिम्मत र साहस आयो। हामी बच्चैदेखि एकसाथ थियौँ, तर दुवैको रुचि महिला बन्नुछ भन्ने एकअर्कालाई थाहा थिएन।’ उनी एकअर्काबाट प्रभावित भएका मान्दैनन्। ‘मलाई लाग्दैन कि मेरो व्यवहारले उसलाई प्रभावित गर्यो। बरु हामी जन्मँदै यस्तो व्यवहार लिएर जन्मिएका थियौँ। चोली मेरो सबैभन्दा ठूलो समर्थक र सहयोगी हो। हामी एकअर्कालाई आफ्नो रुचिमा सहयोग गर्छौं,’ उनले भने।
चोली हेयरड्रेसिङका विद्यार्थी हुन्। उनी भन्छन्, ‘हामी दुवै ट्रान्सजेन्डर थियौँ। तर एकअर्कासँग हामीले यस विषयमा कहिल्यै मुख खोलेनौँ।’प्राय युवकहरुले बाल्यकालमा टिसर्ट र पेन्ट लगाएको सम्झन्छन्। तर ठिक विपरीत बाल्यकालबाटै लामो कपाल पाल्ने र स्कर्ट लगाउने स्वभाव यी दाजुभाइको थियो।
जेमीले १४ वर्षको उमेरपछि आफू समलिंगी भएको पत्तो पाए। त्यस्तै चोलीले १३ वर्षको उमेरमा यस्तो महसुस गरे। जेमीले त्यसपछि समलिंगीहरुको बारमा काम गर्न थाले। अहिले उनीहरुले शरिरमा महिलाको हार्मोन विकास गरेर महिला नै बन्ने योजना बनाएका छन्। उनीहरुको सोचाइमा ४७ वर्षकी आमा सराह पनि सकारात्मक छिन्। जेमी भन्छन्, ‘हाम्रो निर्णयपछि पनि परिवारले छोरा गुमाएको महसुस गर्नेछैनन् किनकी हामी उही व्यक्ति हौँ। केवल, हाम्रो खुसी थपिएको हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।