काठमाडौं- उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएका नन्दबहादुर पुनले आज सपथ ग्रहण गर्दैछन्।
आज अपराह्न ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम छ। शनिबार भएको उम्मेदवारी दर्तामा उपराष्ट्रपतिमा पुनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका थिए। पराष्ट्रपति पदमा निर्वाचित पुनलाई आइतबार निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ।
उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो। उपराष्ट्रपतिमा पुनले दोहोरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई दोहोर्याउने वाम गठबन्धनका प्रमुख दुई नेताले सहमति गरेका थिए। सोही अनुसार राष्ट्रपतिमा भण्डारी निर्वाचित भइसकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।