धेरै खानेकुराले अपच बाहेक यसले पेटभित्र विष बढाउँछ । धेरै भोजन खाएपछि पेटमा उत्पन्न हुने बिकार हटाउन विभिन्न तरिका अपनाउन सकिन्छ । धेरै मात्रामा खाएको खानाको असरबाट बच्ने उपाय यसप्रकार छन्ः
ग्रीन टीः धेरै खानेकुरा खाएपछि पेटभित्रको अनावश्यक विकार हटाउन ग्रीन टी महत्वपूर्ण मानिन्छ । धेरै खाना खानु भएको छ र बिहान उठ्दा पनि असहज हुन्छ भने बिहान उठ्ने बित्तिकै ग्रीन टी खानु राम्रो मानिन्छ । ग्रीन टीले ब्लडसुगरको तह र खानाप्रतिको आशक्ति समेत नियन्त्रण गरिदिने विभिन्न अध्ययनले देखाएका छन् ।
बिहानको भोजनमा दही, ब्ल्याकबेरी, ब्लुबेरी वा अन्य मौसमी फलफूल खानुहोस् । दहीले अपच हुनबाट बचाउँछ । अघिल्लो रात मदिरा सेवन गर्नुभएको छ भने बिहान दही र विभिन्न प्रकारका बेरीले पेट सफा गरिदिन्छ ।
रातीको खानले बिहानसम्म पनि असहज भइ्रहेको छ भने बिहान उठ्नेबित्तिकै नरिवल पानी पिउनुहोस् । नरिवल पानीमा प्रशस्त मात्रामा एन्टिअक्सिडियन्ट र पोटासियम हुन्छ । यो दुबै तत्वले बेलुका खाएको धेरै खाना र ह्याङओभरबाट मुत्तः गराउँछ । रातीको बढी नुनिलो खानेकुराको साइड इफेक्टबाट जोाउन पोटासयुक्त खानेकुराले सहयोग गर्छ । केरा र आलुमा प्रशस्त पोटास हुने भएकोले ब्रेकफास्टमा यी दुबै खानेकुरा समावेश गर्दा उपयुक्त हुन्छ ।
प्रशस्त पानी भएका फलफूल जस्तैः खरभुजा, स्ट्राबेरी, भुइँकटहर निकै प्रभावकारी मानिन्छन् । यी फलफुलको दोहोरो फाइदा हुन्छ । पहिलो त यी फलफुलमा प्रशस्त पानी हुन्छ जसले अघिल्लो रात खाएका पेटका बिकार हटाउन सहयोग गर्छ । दोस्रो यी फलफुलमा प्रशस्त फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई सहयोग गर्छ । यी फलफूलमा शरिरलाई आवश्यक भिटामिन र खनिज पनि हुन्छन् ।
बिहान उठ्न पनि गाहो भएको छ भने बिहान उठ्ने बित्तिकै कम्तिमा दुई गिलास मन तातो पानी पिउनुहोस, र त्यसको केही मिनेटपछि कालो चिया खानुहोस् । पानी र कालो चियाले तपाईं पेटको आन्तरिक बिकारलाई हटाउन सहयोग गर्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।