• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

संक्रमणकालीन न्याय : गम्भीर अपराधमा कम सजाय हुनेगरी ऐन संशोधन गर्दै सरकार

64x64
नेपाल लाइभ सोमबार, चैत ५, २०७४  ००:२२
1140x725

काठमाडौं– द्वन्द्वकालीन मुद्दामा गम्भीर अपराधहरुमा कम सजाय हुनेगरी ३ वर्षअघि सर्वोच्च अदालतले गरेको फैसला देखाउँदै सरकारले ऐन संशोधन गर्ने अन्तिम तयारी गरेको छ।

द्वन्द्वकालीन मुद्दाको सम्बोधन १२ वर्ष अलमलमै परेको, यी मुद्दाहरुमा अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको तथा एमाले र माओवादी पार्टी एकीकरण समेत अघि बढेकाले केही दिनमा संशोधन विधेयक ल्याउने तयारी सरकारले गरेको छ।

विधेयकको मस्यौदा निर्माणको जिम्मा सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेललाई दिइएको छ। ऐन संशोधनकै लागि खरेलले केही दिनदेखि मानव अधिकार आयोगका पदाधिकारी, ऐनमा चासो दिइरहेका अन्तर्राष्ट्रिय समुदाय, द्वन्द्वपीडित समुदायका साथै सत्य निरुपण तथा मेलमिलाप बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँग दैनिक छलफलमा लागेका छन्।

महान्यायाधिवक्ता खरेलले ऐन संशोधन विधेयक जतिसक्दो छिटो केही महिनाभित्रै संसदमा दर्ता गर्ने तयारीमा साथ काम भइरहेको बताए। गम्भीर अपराधलाई दुई भागमा विभाजन गर्दै ऐन संशोधन हुने खरेलले बताए। सामान्य र गम्भीर अपराधलाई पुरानो ऐनले एकै ठाउँमा राखेकाले त्यसलाई सहज बनाउन लागेको उनको तर्क छ।

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपका लागि यसअघि राष्ट्रपति कार्यालयबाट जारी भएको अध्यादेशसँगै ऐन संशोधन विधेयक संसदमा पेश गर्ने तयारीमा सरकार रहेको खरेलले बताए। 

सर्वोच्चले २०७१ फागुनमा सत्य निरुपण र बेपत्ता ऐनका केही व्यवस्था खारेज गर्ने र केहीमा तत्काल संशोधन गर्नू भनी फैसला सुनाएको थियो। तर, ३ वर्षसम्म सरकारले उक्त ऐन संशोधन गर्न सकेको छैन।

सरकारले ‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ सम्बन्धी दुई आयोगको ऐन संशोधन तयारी गरेको हो।  बम विस्फोट, सामूहिक हत्या र अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतका केही गम्भीर अपराधलाई अलग गर्न ऐन संशोधन गर्नुपरेको खरेलले बताए। तर, मानव अधिकारकर्मी र पीडितहरुले भने पीडकलाई उन्मुक्ति दिन सकिने गरी सरकारले ऐन संशोधन गर्न लागेको आशंका गरेका छन्। 

विद्यमान ऐन अनुसार द्वन्द्वकालीन मुद्दाहरूको सम्बोधन गर्न ‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन’ सम्बन्धी दुई आयोग गठन भई उजुरी संकलन र प्रारम्भिक अनुसन्धानको कार्य गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चको फैसलालाई आफू अनुकूल व्याख्या गर्दै सरकारले ऐन संशोधन तयारी गरेको हो। संशोधन प्रस्तावमा ऐनमा रहेको गम्भीर अपराध अन्तर्गतको नौ नम्बर बुँदा हटाउने तयारी भइरहेको छ। उक्त बुँदामा रहेको ‘अन्तर्राष्ट्रिय मानव अधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवता विरुद्धको अपराध’ लाई हटाइएको छ।

ऐन संशोधनमा संलग्न महान्यायाधिवक्ता खरेलले ऐनलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्ने, नेपालका द्वन्द्वरत पक्षरूलाई मान्य हुने तथा विस्तृत शान्ति सम्झौताको भावना र मर्म अनुसार हुनेगरी  संशोधन गरिने तयारी अन्तिम चरणमा रहेको दाबी गरे।

संशोधन प्रस्तावमा गम्भीर अपराध अन्तर्गत हत्या, बलात्कार, जबर्जस्ती बेपत्ता र यातनालाई राखिएको छ। त्यस्तै, अन्य अपराध अन्तर्गत अपहरण तथा शरीर बन्धक, अंगभंग वा अपांग बनाउने, व्यक्तिगत वा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड वा आगजानी र घरजग्गाबाट जबर्जस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापनलाई राखिएको छ। ऐनमा परिभाषा खण्डको ‘ञ’ मा राखिएको व्यवस्थालाई सरकारले दुई भागमा विभाजन गरी मुद्दाको गम्भीरतालाई हलुका पार्ने र कम सजाय गराउने प्रयास गरेको हो।

प्रस्ताव गरिएको संशोधन पारित भए चितवनको माडी घटनामा गुडिरहेको बसमा बम प्रहार गर्ने, बाल सैनिक प्रयोग र युद्ध कानुन सम्बन्धी अन्तर्र्रािष्ट्रय नियमविपरीत घटनाका दोषीले उन्मुक्ति पाउने मानव अधिकारकर्मीहरुको आरोप छ। माडीस्थित बाँदरमुढे खोलामा २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा यात्रुबस पर्दा ३८ जनाको मृत्यु भएको थियो। घटनामा ७२ जना घाइते भएका थिए। बसमा सवार नेपाली सेनालाई लक्षित गरी एम्बुस थापिएको दाबी त्यतिबेला माओवादीले गरेको थियो। तर, सेनाभन्दा धेरै सर्वसाधारण नागरिकले अनाहकमा ज्यान गुमाएको सो घटनामा माओवादीले गल्ती सकार्दै आत्मालोचना गर्दै आएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाँदरमुढे घटनाका पीडितले सामूहिक रुपमा सत्य निरुपण आयोगमा उजुरी गरिसकेका छन्। उजुरी छानबिनको चरणमा रहेकै समयमा सरकारले गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने गरी ऐन संशोधन गर्न लागेको हो। 

त्यस्तै, द्वन्द्वकालमा माओवादीले युद्धमा सहभागी गराएका करिब चार हजारभन्दा बढी बाल सैनिकले आफूहरूलाई दुरुपयोग गरिएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन्। उनीहरूको माग पनि सम्बोधन हुन नसक्नेगरी ऐन संशोधन गर्न लागिएको छ। उनीहरूले सत्य निरुपण तथा मेलमिलाप आयोगमा बाल सैनिक प्रयोग अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबीसहित दोषी माओवादी नेतृत्वलाई कारबाही हुनुपर्ने माग गर्दै उजुरी दर्ता गराएका छन्।

संशोधनमा बलात्कार मुद्दामा हदम्यादको व्यवस्था पनि हटाउन प्रस्ताव गरिएको छ। बलात्कार, बेपत्ता जस्ता मुद्दामा लाग्ने ६ महिना  हदम्याद हटाई जुनसुकै समयमा छानबिन गर्नसक्ने बनाउन लागिएको खरेलले बताए। द्वन्द्वकालीन मुद्दा भएकाले तत्कालीन  सन्दर्भका मुद्दा अनुसन्धानमा ल्याउन यस्तो संशोधन गर्न लागिएको उनले बताए। सर्वोच्च अदालतले पनि बलात्कार र बेपत्तामा हदम्याद हटाउन आदेश दिएको थियो।

यसअघि पनि विभिन्न सरकारले ऐन संशोधनको प्रयास गरेका थिए। तर, राजनीतिक दलहरु तथा अन्तर्राष्ट्रिय समुदायबीच सहमति नहुँदा असफल हुँदै आएको थियो। तर, यस पटक विगतभन्दा फरक रहेको महान्यायाधिवक्ता खरेलको तर्क छ। एमाले र माओवादी एउटै पार्टी निर्माण गर्ने लक्ष्यका साथ सरकारमा सहभागी भएकाले यस पटक ऐन संशोधन पारित हुने खरेल बताउँछन्।

संक्रमणकालीन न्याय सम्बन्धी मुद्दाहरु अबको १ वर्षभित्र समाधान गर्नुपर्ने भएकाले ऐन संशोधन तत्काल पारित हुनुको विकल्प नरहेको खरेलको तर्क छ।

अघिल्लो सरकारले पनि प्रमुख सत्ता साझेदार एमाले र माओवादीबीच गठबन्धन बलियो पार्न दुई दलबीच भएको नौ बुँदे सम्झौता अनुकूल हुनेगरी ऐन संशोधन गर्न खोजे पनि सफल भएको थिएन। ऐन संशोधन गरी आफू अनुकूल बनाउने प्रयासमा दातृ निकायले असहमति जनाएको थियो। ऐन संशोधन हुन नपाउँदै केपी ओली नेतृत्वको सरकार ढलेपछि यो विषय त्यसबेला सेलाएको थियो। ओली नेतृत्वको सरकार परिवर्तन हुने धेरै कारणमध्ये द्वन्द्वकालीन मुद्दा व्यवस्थापन पनि एउटा भएको पुष्पकमल दाहालले आफू साउनमा प्रधानमन्त्री भएपछि संसदमा सम्बोधनका क्रममा बताएका थिए।

ओली नेतृत्वको सरकार ढलेपछि कांग्रेस र माओवादी केन्द्रबीच सातबुँदे सहमति भई साउनमा दाहाल नेतृत्वमा सरकार गठन भएको थियो। सात बुँदामध्येको एकमा द्वन्द्वकालीन मुद्दाको सम्बोधन पनि परेको थियो।

तत्कालीन समयमै कानुन मन्त्रालयले ‘सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्ति छानबिन सम्बन्धी ऐन २०७२’ संशोधन विधेयक मस्यौदा गरी गृह मन्त्रालय पठाएको थियो। उक्त विधेयकलाई राय, सुझाव र परामर्शका लागि संयुक्त राष्ट्र संघ, युरोपेली संघ, अमेरिकी दूतावास, इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) लगायत निकायमा गोप्य रुपमा पठाइएको थियो। उनीहरूले सर्वोच्चले दुई पटक गरेको फैसला र बालकृष्ण ढुंगेलको मुद्दाको नजिर पालना गरे मात्र आफूहरू ऐन संशोधनमा सहमत हुने बताएपछि आफू अनुकूल ऐन संशोधन प्रयासमा धक्का लागेको थियो। 

राष्ट्र संघले यसअघि नै आफूले ऐनबारे दिएको मार्गनिर्देशिका अनुसार मस्यौदा हुनुपर्ने जवाफ दिएको थियो। सोही मस्यौदालाई सरकारको कानुनी सल्लाहकारको नाताले सबैलाई मान्य हुनेगरी अहिले आफूले अघि बढाएको महान्यायाधिवक्ता खरेलको तर्क छ।

सर्वोच्चले पीडितले हालेको मुद्दामा फैसला गर्दै ऐनका केही शब्द हटाउन भनेको थियो। गम्भीर अपराधमा माफी दिन सकिने र कम सजाय गर्न सकिने प्रावधानलाई सर्वोच्चले हटाउन भनेको थियो। तर, सर्वोच्चले गरेको सो आदेशलाई देखाउँदै सरकारले आफू अनुकूल ऐन संशोधन तयारी गरेको हो।

२०५२ सालदेखि २०६२ सम्म चलेको द्वन्द्वकालीन मानव अधिकार हननको घटनाका दोषीलाई सजाय गर्न र समाजमा मेलमिलाप कायम गर्न आयोग गठन भएका छन्। सरकारले मानव अधिकार उल्लंघन सम्बन्धी छानबिन गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको खोेजी गर्न बेपत्ता छानबिन आयोग गठन गरेको छ।

मेलमिलाप आयोगमा ५० हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता आयोगमा २८ सय २३ उजुरी दर्ता छन्। ती उजुरीमा दुवै आयोगले बल्ल अनुसन्धान थालेका छन्।

प्रकाशित मिति: सोमबार, चैत ५, २०७४  ००:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्