काठमाडौं- युएस-बाङ्ला विमान दुर्घटनामा परेका घाइतेहरुमध्ये ग्राण्डी अस्पतालमा उपचार गराइरहेका चार घाइतेमध्ये दुई जना डिस्चार्ज भएका छन्। सफल उपचारपछि घर फर्किनेमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी रहेका छन्। ग्राण्डीमा विमान दुर्घटनामा थप दुई घाइतेको उपचार जारी छ। वनस्थलीका हरिप्रसाद सुवेदी र कीर्तिपुरका विनोदराज पौडेलको उपचार जारी रहेको अस्पतालले जनाएको छ। गत सोमबार युएस-बाङ्ला एयरलाइन्सको विमान काठमाडौंमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको थियो भने २२ जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।