नेपाल लाइभ
अनुहारमा चमक ल्याउन 'फेस' योग (तरिका सहित)
अनुहारको चाउरीपनाबाट या चमक आएन भनेर चिन्तित हुनुहुन्छ ? उसो भए तपाईंका लागि ‘फेस योग’ अर्थात् अनुहारको योगासन तयार छ । बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन् । उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्। एक घन्टाको ६५ पाउन्ड लिएर आफूले सिकाउने २५ मिनेटको कार्यक्रमले अनुहारलाई सदाका लागि परिवर्तन गर्ने दाबी जुलियाको छ । उनीहरुको दाबी छ, ‘यो योगाले चाउरीपना हटाएर अनुहारलाई मुलायम बनाउँछ र स्वस्थ चमक ल्याउँछ । यसका साथै यसले आँखाको थकान र टाउको दुखाई पनि हटाउँछ।’
अनुहारको योग हप्तामा ६ दिन गर्ने हिसाबले तयार पारिएको छ र सातौं दिनमा मात्र रिजल्ट आउने दाबी जुलियाको छ । अनुहार योगाले अनुहारलाई ५ वर्ष घटाउने दाबी पनि गरिएको छ । यसअनुसार विभिन्न १८ प्रकारका फेसियल पोजहरु गर्न सकिन्छ । उदाहरणका लागि गाडीको जाममा परेका बेला मुखमा चारैतिर जिब्रो नचाएर ‘टङ ट्वीस्टर’ योगा गर्न सकिन्छ भने बाथरुममा बसेर ‘जिराफ’ योगा पनि गर्न सकिन्छ । जुलियाका अनुसार यसको सिद्धान्त के हो भने विशेष प्रकारका गतिविधिमार्फत् अनुहारका मांसपेशी सही हिसाबमा आउछन् । यसबाट कोलाजन र प्रोटीन तत्वहरु उत्पादन हुन्छन्, जसले छाला लचिलो हुन्छ र युवा अनुभूति दिन्छ ।
१.आओल (लाटोकोसेरो आकार) :

यसअनुसार दुवै आँखालाई समेट्दै (चित्रमाजस्तै) आंैलाले अंग्रेजी अक्षरको सी आकार बनाइ घुमाउनुपर्छ । निधारमा आराम महसुस गर्दै आँखा खुला राख्नुपर्छ । यो प्रक्रिया ३ पटक गर्नुपर्छ । एकपटकमा १० सेकेन्ड औंला घुमाउनुपर्छ।
२. भी (अंग्रेजी भी आकार) :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।