निन्द्रा कम लाग्ने समस्या प्रसस्त पाइन्छ, खास गरी वृद्धहरुमा यो समस्याले सताउँछ । ओछ्यानमा गएपछि निदाउन धेरै समय लाग्ने, बारम्बार विउझिने, विहान चाँडै विउझिने आदि समस्या रहन्छ ।
हाम्रो शरिरको स्वस्थ्यको लागि निद्रा अनि अत्याबश्यक हुन्छ । निस्चित समयमा भोक लाग्ने भने जस्तै हामीमा, निस्चित समयमा निद्रा लाग्छ साथै हामी निद्राबाट विउझिन्छछांै । निन्द्रा विभिन्न किसिमका हुन्छन् ।
१. हल्का निद्रा
२. गहिरो निद्रा , आराम दायी निद्रा
३. आँखाको गेडी हल्लिने निद्रा
खास गरी यी विभिन्न निद्रा हामी सुतेको बेलामा एकपछि अर्काे हुँदै चक्रिय रुपमा आइरहेका हुन्छन् । हल्का निद्रामा हामी कसैले बोलेको थाहा पाउँछौं । झसंग उठ्न सक्छौ । त्यस्तै आँखाको गेडी हल्लिने निद्रामा पनि । तर जब गहिरो निद्रामा हामी हुन्छौ, त्यतिबेला हामीलाई केही थाहा हुँदैन । यस्तो निद्रालाई ‘भाते निद्रा’ पनि भनिन्छ । हाम्रो मस्तिस्कको आरामको लागी यो अति आवश्यक छ । हाम्रो शरिरको स्वास्थ्यको लागि करिब ६ घन्टा निदा्रको आवश्यकता पर्छ । बालक तथा बिरामी पर्दा बढी लामो निद्राको आवश्यकता पर्छ । कहिलेकाहिँ एक दिनको निद्रा बिथोलिएमा अर्काे दिन यसले असर गर्दछ । त्यसैले भनिन्छ एक दिनको निद्राले ७ दिन पिरोल्छ ।
प्राय मानिसहरु निद्रा कम पर्ने गरेको गुनासो गर्छन । कसैलाई ओछ्यानमा पुगेपछि निद्रा लाग्न घण्टौं कुर्नु कोही निदाउने तर बिच विचमा विउझिने गर्छन् । कोही निदाएर उठेपछि फेरी निदाउन गाह्रो हुन्छ । जसले गर्दा भोलिपल्टसम्म फूर्तिलो नदेखिने हुन्छन् । कोही बढी निदाउने गर्छन् । खासगरि दिउसो बढी निद्रा लाग्ने निद्राले गर्दा काम गर्न गाह्रो हुने पढ्न नसक्ने, पटक पटक निद्राले सताउने गर्छ ।
निद्रामा देखिने अचम्मका समस्याहरु
निदाएको बेलामा डराउने, आत्तिने, चिच्याउने, नराम्रो सपना देख्ने भौलिपल्ट कुनै कुरा सम्झिने र कुनै सम्झिन नसक्ने ।
निदाएको बेलामा घरबाट वाहिर निस्कने र हिड्ने र धेरै हिडी सकेपछि मात्र चेत आउने र फेरी घर फर्किने ।
निदाएको बेलामा पिसाव छुट्ने ।
निद्राको वेलामा बोल्ने, दाँत चपाउने, निद्रामा घुर्ने, खुट्टा हल्लाउने आदि ।
निद्रावाट ब्युँझिदा शरिर चलाउन नसक्नेः यो यस्तो अवस्था हो, हामी अचानक निद्रावाट ब्युँझिन्छाै प्राय आत्तिदै सपना वा हामी डराइरहेका हुन्छौं । हामी शरिर चलाउन सक्दैनौं । बोल्न पनि सक्दैनौं । यसैले निसासिए जस्तो लाग्छ । केही मिनेटमा हामी बोल्न सक्छौं । हाम्रो शरिर चलाउन सक्छां । यो अवस्थालाई बोक्सीले छलेको भन्ने गरिन्छ । वास्ताममा यो सही होइन । यो निद्राको अवस्थामा देखिने प्यारालाइसिस हो । जुन १ देखि २ मिनेट मात्र रहन्छ ।
धेरै मानिसहरुमा उमेर ढल्कदै जाँदा निद्रा कम पर्ने हुन्छ । राती निद्रा नपर्दा अत्यन्त पडिादायी हुन्छ । मनमा अनेकौं कुरा खेल्छन् । दिमागले आराम पाउँदैन । छटपट्टी हुन्छ । पेट पोल्छ । खानामा अरुचि हुन्छ पसिना आउछ । शरिरका मांशपेशी दुख्छन् । भोलिपल्ट मन कमजोर हुन्छ । धेरै मनोरोगका बिरामीहरु निद्रा गडबड भएको वताउँछन् ।
राम्रो निद्राका लागि घरेलु उपाय
सुत्नेकोठा शान्त र हल्ला नहुने खालको हुनुपर्छ ।
दैनिक रुपमा शरिरिक ब्यायाम गर्ने ।
दिउसो भरसक नसुत्ने ।
सुत्नुअघि चिया, कफी नलिने र बढी खाना नखाने वा कम खाना पनि नलिने ।
जहिले पनि एउटै समयमा सुत्ने बानी वसाल्ने चाँडै सुत्ने र चाँडै उठ्ने बानी गर्ने ।
निद्रा लाग्ने वेलामा मात्र ओछ्यानमा जाने जाँडरक्सी सेवन नगर्ने ।
सुत्नुअघि मनतातो पानीले नुहाउनु उत्तम हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।