काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीस गोपाल पराजुलीको राजीनामा आएसँगै डा गोविन्द केसीले अनशन कार्यक्रम स्थगित गरेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै डा केसीले आइतबारदेखि सुरु गर्ने भनिएको सत्याग्रह कार्यक्रम स्थगित भएको जनाएका छन्।
डा केसीले आफ्ना मागहरु यथावत रहेको बताउँदै प्रधानन्यायाधीश पराजुलीको सबै भ्रष्ट फैसला र क्रियाकलापलाई छानविनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताएका छन्।
यस्तै, डा केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्दै त्यसको सिफारिस बमोजिम विभिन्न निकायका दोषी पदाधिकारीलाई कारबाही गर्न सरकारको ध्यानकर्षण गराएका छन्।
डा केसीले प्रधानन्यायाधीश पराजुलीले राजीनामा दिनुपर्ने माग राखी अनशन बसेपछि उनलाई पक्राउ गरिएको थियो। अदालतको अवहेलना मुद्दा खेपिरहेका डा केसीले आइतबारदेखि अनशन बस्ने घोषणा गरेका थिए। प्रधानन्यायाधीशकै राजीनामा आइसकेपछि डा केसीले अनशनको कार्यक्रम स्थगित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।