• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सप्तरीमा १ महिनामा बलात्कारका ९ घटना, अधिकांशमा आफन्त र छरछिमेकी संलग्न

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  ०४:२३
1140x725

राजविराज– सप्तरीमा एकपछि अर्को बलात्कारका घटना दोहोरिन थालेका छन्। प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्दै मुद्दा दर्ता गरिरहेको छ, तर बलात्कारको शृंखला भने रोकिएको छैन।
फागुन पहिलो साता प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गर्‍यो। १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनी मृतक बालिकाकै ठुलोबुबाका छोरा हुन्।

आफ्नै कोठामा सुतिरहेकी बहिनीलाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ। ‘बालिका चिच्याएपछि घट्ना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घट्यो,’ एसपी मुकेशकुमार सिंहले घटना अनुसन्धानको स्मरण गर्दै भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दवाउने प्रयास भइरहेको छ।’

सोही दिन तिलाठी–कोइलाडी गाउँपालिका ७ मन्सापुरकी ११ वर्षीया एक बालिका बलात्कारको शिकार भइन्। आरोपीलाई भोलिपल्टै पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।

यसैगरी, फागुन २७ मा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भयो। आरोपी शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलान्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी हुन्। 

त्यसको एकदिन अघिमात्रै २५ वर्षीया महिलाको सामूहिक बलात्कार भयो। आरोपीहरु बिष्णुपुर गाउँपालिका ५ का ३५ वर्षीय जिवछ राम र ३ का २८ वर्षीय इसराइल मियाँ विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। फागुन २३ मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता छ। फागुन २५ मा उजुरी दर्ता भएदेखि नै आरोपी फरार छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन्। 

पछिल्लो पटक गत शुक्रबार मात्रै लिफ्ट मागेर माइक्रोमा चढेकी एक युवतिलाई माइक्रोबसका चालक र सहचालकले नै सामूहिक बलात्कार गरे। छिन्नमस्ता–काठमाडौं चल्ने बा५प ३१४१ नम्बरको माइक्रो बसभित्रै १७ वर्षीय ती किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ। 

घटनाका आरोपी सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यलाई प्रहरीले पक्राउ गरेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रहरीका अनुसार विगत एक महिनाभित्रै सप्तरीमा बलात्कारका ९ वटा घटना भएका छन्। अधिकांश घटनामा परिवारका सदस्य र छिमेकीहरु संलग्न पाइएको छ भने केही घटनामा मात्रै बाहिरी व्यक्तिहरु संलग्न भएको प्रहरीको भनाइ छ। 

एसपी सिंहका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २१ वटा बलात्कार र १० वटा बलात्कार उद्योगका घटना भएका छन्। जसमा १८ जनालाई पक्राउ गरिएको र अन्य आरोपीको खोजी भइरहेको छ। जिल्लामा बढ्दो बलात्कारका घटनालाई न्यूनीकरण गर्न सामाजिक सचेतना आवश्यक रहेको उनले बताए। 

‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ एसपी सिंहले भने, ‘जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले अझै भयावह रुप लिन सक्छ।’

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्