• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

उत्तर प्रदेशले रोक्न सक्ला मोदी–रथलाई?

64x64
नेपाल लाइभ आइतबार, चैत ४, २०७४  ०३:०१
1140x725

एजेन्सीहरू- ५ सय ४५ सदस्यीय भारतीय लोकसभाको तीन स्थानका लागि भएको उप निर्वाचनको परिणामलाई लिएर खासै चर्चा नहुनुपर्ने हो। तर, गत बुधबार परिणाम सार्वजनिक भएको उत्तर प्रदेशको दुई र बिहारको एक निर्वाचन क्षेत्रको विषयलाई लिएर अहिले भारतीय राजनीति तातेको छ। 

खासगरी भारतीय सञ्चार माध्यमले उत्तर प्रदेश लोकसभा निर्वाचनमा देखिएको परिणामलाई महत्वका साथ उठाइरहेका छन्। किनभने एक वर्षअघि मात्रै उत्तर प्रदेश राज्यमा भएको विधानसभा निर्वाचन ‘क्लिन स्विप’ गरेको भारतीय जनता पार्टी (भाजपा) लोकसभा उप निर्वाचनमा पराजित भयो। यी निर्वाचन क्षेत्र  मुख्यमन्त्री योगी आदित्यानाथ र उप मुख्यमन्त्री केशवराज मौर्यले राजीनामा गरेपछि रिक्त थिए। 

इलाहावादको फूलपुर निर्वाचन क्षेत्रमा मौर्यले पहिलो पटक भाजपालाई चुनाव जिताएका थिए। नेपालसँगै सीमा जोडिएको गोखरपुर भाजपाको पुरानो गढ थियो। योगी आफै‌ं यो निर्वाचन क्षेत्रबाट लगातार पाँच पटक लोकसभाका सांसद बनेका थिए भने उनीअघि उनकै गुरु गोरखपुर पीठका महन्थ अवैधनाथले तीन पटक जितेका थिए।

दुवै क्षेत्रमा अखिलेश यादवको समाजवादी पार्टी (सपा)का उम्मेदवारले जित हात पारेका छन्। यादवलाई स्थानीय राजनीतिमा आफ्नो चिरप्रतिद्वन्द्वी मानिने मायावतीको बहुजन समाज पार्टी (बसपा) ले समर्थन गरेको थियो। 

सन् २०१४ को लोकसभा निर्वाचनमा उत्तर प्रदेशमा ७१ स्थानमा जित हात पारेको भाजपाका लागि अहिले २ स्थान गुमाएको भन्दा पनि दुवै क्षेत्रीय दलको मिलन ठूलो चिन्ता बनेको छ। अखिलेश र मायावतीको पार्टीको तालमेलले सुखद परिणाम पनि दिएको छ। 

सन् २०१४ को लोकसभा निर्वाचनमा ८० मध्ये ७१ स्थानमा भाजपा र दुई स्थानमा उसकै सहयोगी पार्टीले जित हासिल गरेको थियो। उत्तर प्रदेशको राजनीतिमा लामो समयदेखि दबदबा बनाएको सपा ५ स्थानमा खुम्चिएको थियो भने ३ करोड भोट ल्याएको बसपाले खाता पनि खोल्न सकेको थिएन। 

एक वर्षअघि राष्ट्रिय राजनीतिको मुद्दामा लडिने लोकसभा र स्थानीय मुद्दामा लडिने विधानसभा निर्वाचनमा एकैखाले परिणाम आएपछि क्षेत्रीय दल धेरै हदसम्म झस्किएका थिए। 

यसैले पनि यसपालिको उप निर्वाचनमा परस्पर प्रतिद्वन्द्वी सपा र बसपालाई एकै ठाउँमा आउन विवश बनाएको थियो। उपनिर्वाचनको परिणामपछि दुवैले भविष्यमा पनि तालमेल गर्दै जाने घोषणा गरेका छन्। दुवै दलले लोकसभा उपनिर्वाचनलाई ’टेस्ट केस’ का रुपमा लिएका थिए। दुवै दलबीच गठबन्धन गर्ने घोषणा निर्वाचनको मितिभन्दा ८ दिनअघि मात्र भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

करिब साढे दुई दशकदेखि एक अर्काको खुट्टा तान्दै आइरहेका दुवै दल पहिलो पल्ट एक–अर्काको उम्मेदवारलाई लिएर सकारात्मक देखिएका थिए। 

यो निर्वाचनले मायावतीको पक्षमा दलित भोट चट्टानझैँ अडिग रहेको पनि देखाएको छ। यादव र मुसलमान सपाको भोटर बैंकका रुपमा रहँदै आएको छ। 

परिणामले भारतको केन्द्रीय राजनीतिमा नयाँ तरंग ल्याएको छ। उत्तर प्रदेशमा राम्रो प्रदर्शन नगरी कुनै पनि दलले केन्द्रमा सरकार बनाउन कठिन मानिन्छ। 

२१ करोड जनसंख्या रहेको उत्तर प्रदेशबाट लोकसभामा सबैभन्दा बढी ८० सांसद चुनिन्छन्। त्यसैले भारतीय राजनीतिमा ’दिल्ली पुग्ने बाटो लखउन हुँदै जान्छ’ भन्ने चलन नै छ। ३० वर्षपछि सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले बहुमत ल्याउनुमा पनि उत्तर प्रदेशबाट प्राप्त गरेको ७१ सिटको जित महत्वपूर्ण थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत वर्ष उत्तर प्रदेशमा भएको विधानसभा निर्वाचनमा भाजपाले दुई तिहाई स्थानमा जित हासिल गरेको थियो। यसपछि धेरैले सन् २०१९ को सुरुमा हुने लोकसभा निर्वाचनमा मोदीको विजयी रथलाई रोक्न नसकिने बताउँदै आइरहेका थिए। यस अवस्थामा अहिलेको परिणाम भाजपाका लागि सुखद मानिदैन्।

सपा र बसपाबीच यसअघि सन् १९९३ मा पनि गठबन्धन भएको थियो। बाबरी मस्जिद ढालेपछि भारतीय समाज विभाजित भएको स्थितिमा भाजपाले उत्तर प्रदेशमा चुनाव जित्ने अनुमान धेरैले गरेका थिए। केन्द्रीय राजनीतिमा लालकृष्ण आडवाणी र उत्तर प्रदेशमा कल्याण सिंहको दबदबा अहिले नरेन्द्र मोदी र योगी आदित्यनाथको भन्दा कम थिएन।

यस समयमा बसपा नेता काशीराम र सपाका मुलायम सिंह यादवले गठबन्धन गर्दै भाजपालाई उत्तर प्रदेशमा सरकार बनाउन रोकेका थिए। अहिले फेरि स्थिति उस्तै देखिन थालेको छ। त्यसैले यतिबेला सन् १९९३ झैं लखनऊमा नारा लाग्न थालेको छ–

‘माया – अखिलेशके हात मिले। 
योगी मोदीके होस उडे।’

सन् १९९३ मा बिजेपीलाई सत्तामा जानबाट रोकेपछि लखनऊमा पहिलो पल्ट यस्तो नारा लागेको थियो–

‘मिले मुलायम – काशीराम
हावा होगई जय ! श्रीराम’

प्रकाशित मिति: आइतबार, चैत ४, २०७४  ०३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्