• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

'बोक्सी' आरोपमा यातना खेपेकी राधाको आँसुको प्रश्न– मेरो के गल्ती थियो?

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  १६:१३
1140x725

देउकलिया, कैलाली।
उही गाउँ। साँझ पर्न थालेको छ। मान्छेको भीड थपिँदै गयो। भीडमा प्रायः चिरपरिचित अनुहार छन्। तर, उनलाई आफ्नै गाउँ केही विरानो झैं लागिरहेको छ। 

मञ्चमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरू तथा अन्य केही बसेका छन्। उनीहरूसँगै मञ्चमा रहेकी उनको अनुहारमा केही त्रासको भाव देखिन्छ। उनी, अर्थात् पछिल्लो समय राष्ट्रकै ध्यान तानेको 'बोक्सी' प्रकरणमा निर्घात कुटपिटमा परेकी १८ वर्षीया राधा चौधरी। 

यो कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ को देउकलिया गाउँ  हो। अन्धविश्वास पालिरहेका गाउँलेहरूलाई साक्षी राखेर एकजना 'भोलेबाबा' भनिने रामबहादुर चौधरी, 'पार्वतीमाता' भनिने किस्मती चौधरी लगायतका व्यक्तिहरूबाट निर्मम ढंगले कुटपिट तथा यातना भोगेकी राधा शुक्रबार साँझ आफ्नै गाउँमा आयोजित एक कार्यक्रममा सहभागी थिइन्। कार्यक्रममा कथित 'बोक्सी' प्रथा विरुद्धको एउटा चलचित्र पनि प्रदर्शन हुँदै थियो।

फागुन २४ गते विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा राधा भने रुढिवादी मानसिकताको सिकार भएर यातना सहँदै छटपटाइरहिन्। कक्षा ११ की छात्रा उनले त्यो दिनको घटना कसरी भुल्न सकून्! सात जनाले उनकै घरबाट घिसारेर ढोंगीबाबा रामबहादुरको घरमा पुर्‍याए। त्यहाँ ६ घन्टासम्म उनीमाथि बर्बर प्रताडना भइरह्यो। गाउँलेहरु रमिते बनिरहे।

शुक्रबार देउकलियामा तिनै अनुहारहरूमाझ राधाको सम्मान कार्यक्रम आयोजना गरिएको थियो। तर, उनको अनुहार भने भावशून्य थियो। सम्मान गरिँदा पनि उनको अनुहारमा कुनै उत्साह थिएन। उनै गाउँलेमाझ केही झुकेका उनका निर्दोष आँखा मानौं एउटै सवाल गरिरहेका थिए– 'घन्टौं निर्मम ढंगले कुटपिट र दुर्व्यवहार भोग्नुपर्ने गरी मैले त्यस्तो के गल्ती गरेकी थिएँ? घटना भइरहँदा तपाईं गाउँलेहरु त्यो कुकृत्य रोक्न किन कोही अघि सर्नुभएन?'

घटनाको दोस्रो दिन उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याइएकी राधालाई दुई दिनपछि महिला पुन:स्थापना केन्द्रको संरक्षणमा राखिएको थियो। 

उनको सम्मानमा शुक्रबार देउकलियामा आयोजित कार्यक्रममा राष्ट्रिय जागरण प्रतिष्ठानले बोक्सी प्रथा विरुद्ध जनचेतनामूलक ‘अग्निदहन’ नामक चलचित्र प्रदर्शन गरेको थियो। 

सम्मान कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विनोद घिमिरे, अधिकारकर्मीहरू उपस्थित थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

राधालाई कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, प्रहरी उपरीक्षक घिमिरे र बोक्सी प्रथा विरुद्ध जनचेतना अभियानका संयोजक कोविद शरणले संयुक्त रुपमा अभिनन्दन गरेका थिए। 

कार्यक्रममा राधालाई केही बोल्न अनुरोध गरियो। केही डराएको भावमा माइक समातेर सबैलाई नमस्ते गर्दै उनले आफ्नो नाम मात्र उच्चारण गर्न सकिन्। उनको गला अवरुद्ध भयो। आँखाबाट आँसु खसिरहे। यो माहौलमा सामुन्नेका सर्वसाधारण, सञ्चारकर्मी सबैका आँखा रसाए। राधालाई केही बोल्न फेरि अनुरोध गरिए पनि उनको वाक्य फुट्न सकेन। 

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले कुरीति तथा कुसंस्कार रोक्न समाजका सबै पक्षको अहम् भूमिका रहेको चर्चा गरे। 

उनले बोक्सीको आरोपमा राधामाथि निर्घात कुटपिट भइरहँदा रोक्नुको सट्टा टुलुटुलु हेरेर बस्ने र ताली पिट्नेहरु पनि उत्तिकै दोषी रहेको बताए। उनले घटनामा संलग्नलाई सहयोग गर्नेहरुलाई पनि कानुनी कठघरामा उभ्याउने बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राधालाई निर्घाट कुटपिट गरेको आरोपमा मुख्य अभियुक्त रामबहादुर चौधरी, उनकी सहयोगी किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रकाश चौधरी, चनकला चौधरी र सितारानी चौधरीलाई पक्राउ गरी प्रहरीले मुद्धा दायर गरिसकेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक घिमिरेले बताए।

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्