हर्टअट्याक (हृदयघात) वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आँउछ । १० सेकेण्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ ।
बिरामी एक्लै भएको अवस्थामा यस्तो पस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केहि छैन तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाँउन सकिन्छ । यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुदैन र बेस्सरी जोडसँग खोक्न सुरु गर्नुपर्छ ।
खोकी कफ निकाल्न सक्ने जति जोडको साथ हुनुपर्छ । यसरी गहिरो सास लिने र जोडसँग खोक्ने गर्नुपर्छ । यसोगर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज ) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार सुरु नहुन्जेल श्वास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।
हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने ।
यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ ।
हृदयघातका लक्षण
१) एक्कासी छातीको मध्य भागमा थिच्चिएको, कस्सिएको, पोल्ने र गह्रौँ भएको जस्तोगरी दुख्ने,
२) सास फेने गाह्रो हुने,
३) दुखाइ छातीको बाँयातिर, घाँटीमा, काँधमा, गिजातिर र डढाल्नु तिर पनि सर्दै जान सक्छ।
हृदयघातबाट बच्ने उपाय
१) धूमपान, सूर्तिजन्य पदार्थ र मादक पदार्थको सेवन नगर्ने,
२) खानपिनमा विशेष ध्यान दिने। नुन, चिल्लो–पिरो कम खाने,
३) नियमित व्यायम गर्ने,
४) तनाव कम लिने,
५) शरीरमा अनावाश्यक वजन भए घटाउने,
६) उच्च रक्तचाप/सुगर/कोलेस्टेरोल सम्बन्धी समस्या भएकाहरुले नियमित स्वास्थ्य परीक्षण गर्ने,
७) अत्याधिक छाती दुखेमा छिटोभन्दा छिटो चिकित्सककोमा जाने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।