काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीले 'लिस्ट ए' को खेलमा ५० विकेट लिने नेपाली खेलाडीको कीर्तिमान बनाएका छन्। सोमपालले शनिबार नेदरल्यान्ड्स विरुद्धको खेलमा सुरुवती २ ओभरमै २ विकेट लिँदै नेपालका लागि 'लिस्ट ए'मा ५० विकेट पूरा गरेका हुन्। खेल आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भइरहेको हो। गत बिहीबार एकदिवसीय मान्यता पाएपछि नेपालको यो पहिलो खेल भएपनि खेल 'लिस्ट ए' कै हुनेछ। प्रतियोगिता सकिएपछि मात्र नेपालको खेलले एकदिवसीय मान्यता पाउनेछ।
उनले ५० औं विकेटको रुपमा नेदरल्यान्ड्सका बेन कुपरलाई शून्य रनमा आरिफ शेखबाट क्याच गराए। त्यसअघि उनले वेस्ले वारेसीलाई पनि आरिफ शेखबाट शून्य रनमै क्याच गराएका थिए।गजारी प्रतियोगितामा सोमपालले अहिलेसम्म ६ विकेट लिइसकेका छन्। सोमपालले 'लिस्ट ए' का ३७ खेल खेल्दै ५० विकेट लिएका हुन्। उनको लिस्ट ए' को खेलमा उत्कृष्ट प्रदर्शन ५ विकेट लिएर २७ रन दिनु हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।