• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खानामा ध्यान दिनुपर्ने कुरा

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  १७:४५
1140x725

शरीर सञ्चालन गर्न खाइने खानेकुराले हामीलाई पोषण दिन्छ भने कहिलेकाहीँ बिरामी पनि बनाउँछ। हाम्रो स्वादे जिब्रोले चट्याकचुटुक र मसालेदार खानेकुरा खाने जब बनाउँछ, समस्या त्यहीँबाट सुरु हुन्छ। हाम्रो समाजमा मासुलाई विशेष परिकार मानिन्छ। चाडबाड, खुसियाली र भोजभतेरमा एकैचोटि वा एकै दिनमा धेरै मासु खाने चलन छ। हामीले यो बुझ्नुपर्छ, एकैचोटि धेरै मासु खाए शरीरले सही उपयोग गर्न सक्दैन।

चिल्लो बढी पाइने रातो मासु (खसी, बोका, राँगा, बंगुर आदि) सँग अन्न (कार्बोहाइड्रेट) धेरै खाए शरीरमा धेरै बोसो जम्मा हुन्छ। त्यसैले तौल नियन्त्रण गर्न चाहनेले अन्न र चिल्लोको मात्रा नघटाई सुख छैन। रातो मासु नखाए पनि कोलेस्ट्रोल, ट्रिगलिसेरेड्स आदि बढेका र मोटोपन भएकालाई धेरै घिउ-तेल सेवनले अवश्य फाइदा गर्दैन।

साकाहारी हो भने भातको अनुपातमा धेरै तरकारी, सलाद र उपयुक्त मात्रामा दाल, गेडागुडी आदि खानु सन्तुलित आहार मानिन्छ। मांसाहारीले पनि धेरै तरकारी र सलादसँग थोरै मासुसहित ठिक्क मात्रामा भात वा अन्य अनाज खाँदा उपयुक्त हुन्छ। बढी मासु खानु स्वास्थ्यका लागि उपयुक्त हुँदैन भन्नुको अर्थ बढी प्रोटिन हाम्रो शरीरले पचाउँदैन भन्नु हाे।

त्यसमा पनि उमेर पाको हुँदै जाँदा मिर्गौलाको छान्ने क्षमता कमजोर हुन थाल्छ। ६० वर्ष नाघेपछि माछा, मासुका साथै दाल, गेडागुडी जस्ता प्रोटिनजन्य चिजबिज बढी मात्रामा खाँदा मिर्गौलालाई बोझ हुन्छ। रगतमा युरिक एसिड बढी भएका र कलेजोका रोगीहरुले पनि धेरै मासु खानु हानिकारक मानिन्छ। मिर्गौलाका दीर्घरोगीहरु (डायलाइलिस गरिरहेका बिरामी बाहेक) प्रोटिन मात्र नभई फोस्फोरस र पोटासियमजन्य खाद्य सेवनमा पनि नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु सुझाव दिन्छन्।

अण्डाको सेतो भागलाई उच्च गुणस्तरको प्रोटिन मानिन्छ। किनकि अण्डामा शरीरको लागि आवश्यक ४१ किसिमका एमिनोएसिड पाइन्छ। त्यसैले व्यायाम गर्नेलाई पनि अण्डा खाने सल्लाह दिइन्छ। तरकारी, गहुँ र चामलमा थोरै अनुपातमा भए पनि प्रोटिन पाइन्छ। स्वस्थ युवाले दिनमा करिब ० दशमलब ८ ग्राम प्रतिकिलो (व्यक्तिको वजन) का दरले मासु खाने सल्लाह दिइन्छ। तर, शारीरिक परिश्रम गर्ने व्यक्तिले १ ग्रामदेखि १ दशमलब ५ ग्राम (प्रतिकिलो) सम्म खानु आवश्यक हुने विज्ञहरुको मान्यता छ। यद्यपि यसमा सबै डाक्टर एकमत भने छैनन्।

मासु सेवनले क्यान्सरको जोखिम समेत बढाउँछ। रातो र प्रोसेस्ड मासुले ठूलो आन्द्राको क्यान्सर गराउँछ भन्ने तथ्य त प्रमाणित नै भइसकेको छ। तर, सबै मासुले क्यान्सर गराउन मद्दत गराउँछ भन्ने कुरामा भने चिकित्सा विज्ञान सहमत हुन सक्दैन।पोलेर खाएको मासुले मात्र होइन, पकाएर राखेको बासी तरकारी (खासगरी हरिया तरकारी) खाँदा पनि क्यान्सर गराउन सहयोग गर्छ।

चीनको च्यांसु प्रान्तमा केही वर्षअघि युवा वैज्ञानिकहरुले गरेको अनुसन्धानले बिहान पकाएको मासु साँझ (६ घन्टाको अन्तरमा) खाँदा फरक नपर्ने पाइयो। तर, साँझ पकाएको तरकारी वा मासु फ्रिजमै राखे पनि भोलिपल्ट त्यसमा अत्यधिक मात्रामा नाइट्रेटजन्य रसायन भेटिएकाले त्यसरी नियमित सेवन गरेमा क्यान्सर कोशिकाको निर्माणमा सहायता गर्ने देखियो।

पश्चिमा मुलुकहरुमा सन् १९८० भन्दा अगाडिको दशकमा मासु चिस्याउने प्रविधि नहुँदा धेरैमा पेटको क्यान्सर पाइन्थ्यो। तर, विगत तीन दशकको तथ्यांक हेर्दा त्यहाँ पेटको क्यान्सरका रोगीको अनुपात घटेको देखिन्छ। तर, ठूलो आन्द्राका बिरामीको अनुपात भने बढिरहेको छ। उता पूर्वी एसियाली मुलुकमा (विशेषगरी जापान, कोरिया र उत्तरी चीनमा) पेटको क्यान्सरका बिरामी सबैभन्दा ठूला संख्यामा भेटिन्छन्। यो सबै खानपानको संस्कृतिले निम्त्याएको अनुसन्धानकर्ताहरु उल्लेख गर्छन्। पकाउने विधि, स्वादको लागि राखिने नाइट्रेटजन्य पदार्थ, तरकारीको कम सेवन आदिले ती ठाउँमा क्यान्सरका रोगीहरु बढी देखिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वच्छ तरकारी र फलफूलको सेवनबाट एन्टिअक्सिडेन्ट र भिटामिन सी पाउन सकिन्छ, जसले क्यान्सर हुनबाट जोगिन मद्दत गर्छ। हामी नेपालीको हकमा केही वर्षअघि गरिएको एउटा अध्ययनमा पेटको क्यान्सरको अनुपात जापानभन्दा धेरै कम देखिन आयो। हामीकहाँ धेरै मानिसमा आइरनयुक्त खानाको कमीले रक्तअल्पता बढी पाइन्छ। शरीरको लागि अत्यावश्यक आइरनले रक्तकोशिकामा हेमोग्लोबिनको उत्पादन गर्ने काम गर्छ। हेमोग्लोबिनले फोक्सोबाट शोषित अक्सिजनलाई रक्तप्रणालीमार्फत शरीरका तन्तु र कोषिकाहरुमा पुर्‍याउने काम गर्छ।

शरीरको लागि चाहिने आइरन खानेकुराबाट लिन सकिन्छ। जस्तै: विभिन्न प्रकारका माछा-मासु, तोफु, गेडागुडी, फर्सीको बियाँ, सुख्खा बदाम, ओखर, मधेसी बदाम, सूर्यमुखी फूलको बियाँ, किसमिस, आलु, ब्रोकाउली, सागपात, पास्ता, खैरो चामल आदि।

तर, माछा-मासुबाट पाइने हेम आइरनको उपयोग शरीरले सजिलै उपयोग गरेर हेमोग्लोबिन बनाउन सक्छ भने साकाहारी खानाबाट पाइने नन-हेम आइरनबाट हेमोग्लोबिन बनाउन खासै सक्दैन। मासु र अन्य आइरनजन्य तरकारी, दाल आदि मिलाएर खाएमा शरीरमा आइरनको कमी हुन पाउँदैन।

शरीरमा आइरनको आपूर्ति राम्ररी गराउन खाना खाने समयभन्दा अघिपछि चिया, कफी, उच्च क्याल्सियमयुक्त खाना वा पेय पदार्थको सेवन पनि हानिकारक हुन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसले अन्य खानेकुराको आइरन शरीरले सोस्न बाधा गर्छ। भिटान सीजन्य तरकारीले भने आइरन उपयोग गर्न मद्दत गर्छन्। 

माछा र चिल्लोरहित मासुले वास्तवमा शरीरको तौल घटाउन मद्दत गर्छ। तर, मासुसँगै अन्न कति खाइन्छ त्यसमा भर पर्छ।

दिनभरि कुर्सीमा बसेर काम गर्ने र चिल्लो तरिकाले पकाएको मासु खानेहरुले अत्यधिक शारीरिक श्रम गर्ने किसानले खाएजति भात खाएमा मोटोपन, कोलेस्ट्रोल, डाइबिटिज आदि भएकालाई पक्कै असर गर्छ। चिल्लोरहित मासु (कुखुराको मासु र माछा) उपयुक्त तरिकाले पकाएर खाएमा मोटोपन, कोलेस्ट्रोल, हृदय रोग, क्यान्सर केही नहुने अनुसन्धानले नै देखाएको छ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  १७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्