• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

थाइराइड परीक्षण कस्ताे अवस्थामा गर्ने ?

64x64
नेपाल लाइभ शनिबार, चैत ३, २०७४  ००:१६
1140x725

अमेरिकास्थित थाइराइड एसोसिएसनका अनुसार सामान्यतया कुनै पनि लक्षण नदेखिएका ३५ वर्षमुनिका मानिसले पाँच वर्षमा एक पटक थाइराइड परीक्षण गर्दा हुन्छ । जाँचका क्रममा लक्षण नदेखिएका मानिसलाई थाइराइडको समस्या देखियो भने पुनः जाँच गर्नुपर्ने हुन्छ । ३ देखि ६ महिनामा पुनः परीक्षण गरेर हेर्नुपर्ने हुन्छ । तर, हामीकहाँ यस्तो चलन छैन । यहाँ त एकपटकको परीक्षणमा थाइराइडको समस्या देखियो भने तुरुन्तै औषधि लेखिदिने चलन छ । ३५ वर्षमुनिका मानिसमा कुनै लक्षण देखिएको छैन र एकपटकको परीक्षणमा थाइराइडमा समस्या देखिँदैमा औषधि दिइहाल्नु हुँदैन ।

थाइराइड ग्रन्थीबाट उत्पादन हुने ‘टि थ्री’ र ‘टि फोर’ हर्मोन बढ्ने÷घट्ने कारणले थाइराइडको समस्या आउँछ । कहिलेकाहीँ तनाव, माइग्रेन, परीक्षण समय, महिनावारीजस्ता कारणले पनि थाइराइड हर्मोनमा तलमाथि हुन सक्छ । यस्तो समयमा परीक्षण गर्दा आएको रिपोर्टका आधारमा नै औषधि चलाइहाल्नु हुँदैन । त्यसकारण थाइराइड परीक्षणबाट आएको रिपोर्ट हेरेपछि चिकित्सकले बिरामीबारे थप बुझ्न जरुरी हुन्छ । अमेरिकन थाइराइड एसोसिएसनले लक्षण नदेखिएका व्यक्तिमा एकपटकमा थाइराइडको समस्या देखियो भने ३ देखि ६ महिना ‘पर्ख र हेर’ भनेको छ ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, चिकित्सकले अध्ययन गर्ने किताबहरुमा थाइराइडको परीक्षण जुनसुकै समयमा गर्दा हुन्छ भन्ने उल्लेख गरिएको हुन्छ । व्यावहारिक रुपमा हेर्दा बिहानको समयमा परीक्षण गर्नु सबैभन्दा राम्रो पाइएको छ। बिहान, दिउँसो, साँझ र राति परीक्षण गर्दा रिपोर्टमा तलमाथि हुने समस्या हुन्छ । त्यसकारण थाइराइडको परीक्षणलाई हामीले बिहान गर्न सुरु गरेका छौँ । एकपटक हामीकहाँ एक जनाको दिउँसो थाइराइड परीक्षण गरिएको थियो । परीक्षणका क्रममा थाइराइडको सामान्य मात्रा भन्दा तीन गुणा बढी देखियो । दुई दिनपछि पुनः बिहान गर्दा रिपोर्ट सामान्य नै छ । पछि हामीले उनको विषयमा थप बुझ्दा दुई दिनअघि जाँच गराउन आउँदा उनको माइग्रेनले टाउको असाध्यै दुखेको रहेछ । माइग्रेनकै कारण उनको थाइराइडको मात्रा तीन गुणासम्म बढी भएको रहेछ । अरु लक्षण नदेखिएका कारण उनलाई पुनः परीक्षण गर्न भनिएको थियो । फलस्वरुप पछिल्लो परीक्षणमा उनमा थाइराइडको समस्या देखिएन ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यस्तै २२ वर्षकी एक युवतीको परीक्षणका क्रममा उनको रिपोर्टमा थाइराइडको समस्या देखियो । तर, उनलाई पनि कुनै लक्षण देखिएको थिएन । उनको रिपोर्ट अनुसार केही लक्षण देखा परिसकेको हुनुपथ्र्याे । यसकारण हामीले उनको पनि पुनः परीक्षण गर्ने निर्णय लियौँ । पछिल्लो परीक्षणमा उनको रिपोर्ट पनि सामान्य आयो । हामीले उनको विषयमा पनि थप जानकारी माग्यौँ । अघिल्लो पटक जचाउन आउँदा उनी तीन चार दिनदेखि राति राम्रोसँग सुतेकी नै रहिनछन् । परीक्षाका कारण रातभरि पढ्ने र ननिदाउँदा बढेको मानसिक तनावका कारण उनको थाइराइड ह्वात्तै बढेको रहेछ । तर, दुई तीन दिनपछि गरिएको परीक्षणमा उनको रिपोर्ट सामान्य आयो । यसैगरी, महिनावारी भएको समयमा परीक्षण गर्दा पनि रिपोर्ट तलमाथि हुन सक्छ । पिसाबमा प्रोटिन जाने समस्या भएका, स्टेरोइडका औषधि लिएकाको रिपोर्टमा पनि थाइराइड घटबढ हुन सक्छ ।

त्यसकारण परीक्षणका क्रममा समस्या देखियो भने बिरामीको ‘हिस्ट्री’ लिने र लक्षण नदेखिएकाहरुलाई पुनः परीक्षण गर्न सुझाउनुपर्छ । हामीकहाँ ल्याब, उपचारमा संलग्न डाक्टर र बिरामीबीच ‘कम्युनिकेसन ग्याप’ छ । जसका कारण आवश्यक सूचना आदानप्रदान नहुँदा कतिपय थाइराइडको समस्या नभएकाहरुले पनि औषधि खानुपरिरहेको छ । त्यसैले थाइराइडसँगै अन्य स्वास्थ्य परीक्षण गर्दा खानपान, आफ्नो स्थिति, समय र वातावरणमा ध्यान दिनुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०७४  ००:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्